• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना संक्रमित भन्छन्ः आइसोलेसनमा हदैसम्मको वेवास्ता हुँदोरहेछ


  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । केही दिन अघि सरकारले कोरोना नियन्त्रण तथा उपचारमा करिब १० अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो । यस्तै, दातृ निकायलेसमेत सोही हाराहारीमा खर्च गरेको पाइएको छ ।

    Advertisement

    तर, झण्डै २० अर्ब रुपैयाँ खर्च भएको विवरण आइरहँदा कोरोना संक्रमितको अवस्था के छ त ? उनीहरुले राम्रो उपचार पाएका छन् ? वा परीक्षणदेखि आइसोलेसन सम्मको व्यवस्था कस्तो छ ? संक्रमित भन्छन्, कोरोना संक्रमितप्रति वेवास्ता मात्रै होइन, हददर्जाको लापरवाही रहेछ । भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा भर्ना भएका एक संक्रमितको अनुभव उनकै शब्दमाः

    ‘मलाई सामान्य ज्वरो आएपछि एउटा प्राइभेट अस्पतालमा जाँच गराउन गएको थिएँ । डाक्टरले कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गराउन लगाए । पाँच हजार पाँच सय रुपैयाँ तिरेर पीसीआर परीक्षण गराएको थिएँ । परीक्षणमा संक्रमण पुष्टि भयो । त्यसपछि स्थानीय तहले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा ल्याएर भर्ना गरेको हो ।

    यो अस्पतालमा आएदेखि डाक्टर एक पटक पनि भेट्न आएका छैनन् । आइसोलेसन भनेको गेस्टहाउस व्यवसाय जस्तो रहेछ । जहाँ संक्रमितलाई ल्याएर राखिन्छ र त्यसवापत सरकारबाट अस्पतालले पैसा लिन्छ । तर, व्यवस्थापन यति नाजुक छ कि, हात धुनलाई साबुनसमेत नभनिकन राखिदिँदैनन् । ट्वाइलेट बाथरुम आफैँ सफा गर्नुपर्ने रहेछ । कोरोना पोजेटिभ भएपनि आइसोलेसनमा रहेका अधिकांशको स्वास्थ्य अवस्था सामान्य छ । तर, सरसफाईका अभाव र वेवास्ताले थप बिरामी परिने हो कि भन्ने डर छ ।

    आइसोलेसनमा बसेदेखि उपचार पाउनु त परको कुरा, सोधपुछसमेत खासै हुँदैन । डाक्टरले कहिलेकाहिँ आफ्नै अफिसबाट फोन गरेर स्वास्थ्य अवस्था सोध्ने रहेछन् । हामी आफैँ ज्वरो नाप्ने गछौँ । कुनै समस्या भयो भने फोनबाटै डाक्टरलाई भन्ने गरिन्छ तर, , डाक्टर नजिक आउँदैनन् ।

    अस्पतालले यहाँ १४ दिन राखेर घर पठाइदिने बताएको छ । घर पठाउने बेलामा पनि थप परीक्षण नगरेरै पठाउने रहेछ । हामीले आन्दोलन गरेरै पुनः परीक्षणको माग गरेका छौँ । तर, अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै बिना परीक्षण घर पठाउँदो रहेछ ।

    यसरी सुरुमा परीक्षण गर्दा पनि साढे पाँच हजार खर्च गरेर आफैँ परीक्षण गर्नुपर्ने, आइसोलेसनमा डाक्टरले वेवास्ता गर्ने, ट्वाइलेट बाथरुम धेरै जनाले एउटै प्रयोग गर्नुपर्ने, ट्वाइलेटको सफाई आफैँ गर्नुपर्ने, साबुनसमेत भनेको बेलामा नपाउने हो भने कोरोना संक्रमितप्रतिको सरकारको दायित्व कहाँ नेर पुरा भयो त ? अनि अर्बौं रुपैयाँ कहाँ कसरी खर्च भयो ?

    यसरी नै वेवास्ता गर्ने र घर पठाउँदा पनि परीक्षण नगरीकन पठाउने हो भने संक्रमितलाई किन आइसोलेसनमा राख्नुपर्यो ? त्यो भन्दा त बरु घरमै राख्दा राम्रो हुन्छ । कम्तिमा अरु रोगीसँगको सम्पर्कमा रहन त पर्दैन । सरसफाई पजि हुन्छ । भनेको बेलामा र आफूले चाहेअनुसार खानपान गर्न पाइन्छ ।

    त्यसकारण मेरो आग्रह के हो भने कोरोना संक्रमण हुँदैमा डराउन आवश्यक छैन । उच्च मनोबलका साथ बसौं । सरसफाई गरौं । अरुसँग प्रत्यक्ष सम्पर्कमा नबसौं । कोरोनाको अहिलेसम्म कुनै उपचार छैन । त्यसमाथि सरकारको त झन् पुरै लापरवाही र वेवास्ता रहेछ । सबैभन्दा महत्वपूर्ण कुरा मनोबल दह्रो गरौं । यसले खास केही फरक पार्दैन ।

    अन्तमा मेरो सरकारलाई एउटा प्रश्न छः आइसोलेसनमा राखिएकालाई समेत सरकारले वेवास्ता गरिरहेको छ र बिना परीक्षण घर पठाएको छ भने अर्बौं रुपैयाँ कहाँ कसरी खर्च भएको हो ?’

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.