• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विद्युत्कर्मी साहित्यिक समाजले लोहनीको योगदानलाई सम्झियो


  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक कार्यक्रममार्फत वरिष्ठ साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गरेको छ ।

    Advertisement

    समाजका अध्यक्ष विष्णु आचार्य अतृप्तको अध्यक्षता तथा अग्रज साहित्यकार लोहनीको प्रमुख आतिथ्यमा घट्टेकुलो, काठमाडौँस्थित महापुष्कर सभाकक्षमा २०८२ मङ्सिर २६ गते शुक्रबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विशेष अतिथि नई एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अन्य अतिथि वरिष्ठ साहित्यकार तथा शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्धकार श्रीबाबु कार्की, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल गायतको उपस्थिति रहेको थियो।

    त्यस्तै, विद्युत्कर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रूपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमाल ‘शब्दसेना’, आयोजक समाजका पूर्व उपाध्यक्ष राजु शर्मा, आठौँ कार्यसमितिका पदाधिकारी, सदस्य शारदा पराजुली, मुकुन्द प्रसाद प्रसाईं, भोला शर्मा, सङ्गीता अधिकारी, रिता चालिसे, मिमन पुलामी, अनिल पौडेल, रामराजा ओझा, नारायणप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार लोहनीलाई माला, दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियोे ।

    त्यसैगरी ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ अर्थात् ‘जसको सिर्जना हो, उहाँलाई नै सुनाउने’ खण्डको कार्यक्रममा सभाकक्षमा उपस्थित सबैले सम्मानित स्रष्टा लोहनीद्वारा विभिन्न कालखण्डमा रचिएका कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता आदिका रचना उहाँलाई नै सुनाएका थिए ।

    सो अवसरमा मन्तव्य राख्दै सम्मानित व्यक्तित्व लोहनीले ८८ वर्षको उमेरमा पनि आफूमा साहित्य सिक्ने र सिकाउने ऊर्जा अझै कायम रहेको विचार प्रकट गर्दै सत्यको पक्षमा आफूले निडरतापूर्वक कलम चलाएको तर प्राप्तिको लागि भनेर नलेखेको धारणा राख्नुभयो ।

    समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै आयोजक समाजका अध्यक्ष आचार्यले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा विशेष अतिथि प्रसाईं, समाजका पूर्व अध्यक्ष एवम् अतिथि साहित्यकारद्वय विमल भौकाजी र श्रीबाबु कार्कीले रचना वाचनको पृष्ठभूमिमा विद्युतकर्मी साहित्यिक समाजको सिर्जनात्मक गतिविधि र लोहनीको साहित्यिक देनका बारेमा सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो ।

    करिब दुई घन्टासम्म चलेको उक्त कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा अतिथि साहित्यकारलाई मायाको चिनो प्रदान गरिनुका साथै लोहनीकी पत्नी महालक्ष्मी लोहनीको हातबाट तयार भएको स्वादिलो खाजा वितरण गरिएको थियो ।

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.