• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बहराइनमा नेपाली महिलाहरू २० घण्टासम्म उभिएर काम गर्छन् : पोखरेल (भिडियो अन्तर्वार्ता)


  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    बहराइन नेपाली एकता समाजका महासचिव देवनारायण पोख्रेलले बराइनका नेपाली महिलाले २० घण्टासम्म उभिएर काम गर्ने गरेको खुलासा गर्नुभएको छ ।

    युगदर्शन मिडियासित २०८२ मङ्सिर २४ गते भिडियो कुराकानी गर्दै महासचिव पोखरेलले सो खुलासा गर्नुभएको हो ।

    ‘बहराइनमा नेपाली महिलाका समस्या जटिल छ’ उहाँले भन्नुभयो– ‘त्यहाँका कतिपय महिलाले २० घण्टासम्म उभिएर काम गर्नुपर्ने बाध्यता छ ।’

    वैधानिक प्रकारले बहराइन देश नेपाली महिलाका लागि खुल्ला नभएको जानकारी दिँदै उहाँले त्यसका बाबजुद जुन नेपाली महिलाहरू बहराइन पुग्छन्, उनीहरूको समस्या गम्भीर भएको स्पष्ट पार्नुभयो ।

    साउदी अरबको कफाला प्रणालीले जस्तै बहराइनका नेपाली महिलालाई यही प्रकारको अर्को प्रणालीले प्रभावित पारेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कफालाजस्तै प्रणाली बहराइनमा पनि छ । त्यसको दुष्प्रभावमा यहाँका मुख्यत: नेपाली महिलाहरू परेका छन् ।’

    बहराइनमा सी.पी.आर. नामक कार्ड प्राप्त गरेमा भने नि:शुल्क उपचारको व्यवस्था हुने जानकारी गराउँदै उहाँले यो कार्ड नेपाली महिलाले कमै पाउने गरेको बताउनुभयो ।

    देश सानो तर रोजगारी

    अन्तर्वार्ताको क्रममा पोखरेलले बहराइन सानो देश भए पनि रोजगारी सिर्जना गर्न सक्ने मुलुक भएको बताउनुभयो ।

    ‘त्यहाँको कुल जनसङ्ख्या १७ लाखको हाराहारीमा छ’ उहाँले भन्नुभयो– ‘तर होटेल/रेस्टुरेन्ट, पेट्रोलियम पदार्थ, निर्माण क्षेत्र, औद्योगिक क्षेत्रमा नेपालीले काम पाउँछन् ।’

    उहाँले पछिल्लो समयमा बहराइनमा हजारौँ नेपालीहरू रोजगारीका लागि पुगेको बताउनुभयो ।

    वैदेशिक रोजगारीको बेथिती

    महासचिव पोखरेलले वैदेशिक रोजगारीको बेथिती बहराइनमा जाने नेपालीले पनि भोग्नुपरेको बताउनुभयो ।

    ‘नेपालका म्यानपावर कम्पनीले आठ घण्टा काम र एक सय ५० देखि दुई सय बहराइन दिनारमा काम पाउने गरी कागजपत्र बनाउँछन्’ उहाँले भन्नुभयो– ‘तर बहराइन पुगेपछि अर्को कागज बनाइन्छ । त्यसमा बढीमा एक सय १० दिनार दिने र कामको घण्टा असीमित बनाइन्छ ।’

    फ्री भिसा फ्री टिकटको लाभ बहराइनका नेपालीलाई मिलेको छ कि छैन भन्ने युगदर्शनको जिज्ञासामा उहाँले यस्तो जानकारी आजसम्म आफूहरूलाई प्राप्त नभएको बताउनुभयो ।

    यता, संयुक्त अरब इमिरेट्स (युएई) मा जस्तो भिजिट भिसाको विकृति भने बहराइनमा नरहेको उहाँको भनाइ थियो ।

    ‘युएईमा जस्तो भिजिट भिसाका कारण अवैधानिक नेपालीको समस्या बहराइनमा खासै छैन’ पोखरेलले भन्नुभयो– ‘त्यहाँ यस खालको समस्या देखा पर्‍यो भने दूताबाससितको समन्वयमा समाधान गर्ने गरेका छौँ ।’

    यस्ता केस आउँदा बहराइनमै बसेर काम गर्न सक्ने वातावरण मिलाउन सक्दो प्रयास गर्ने, त्यसो गर्नु सम्भव नभए नेपाल फिर्ता पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै उहाँले खाडी मुलुकका अन्य देशमा जस्तो भाषा नबुझेकै कारण झुटा अभियोग ब्यहोर्नुपर्ने अवस्था अत्यन्तै कम रहेको बताउनुभयो ।

    ‘यहाँ हिन्दी र अङ्ग्रेजी भाषा चल्छ । यी भाषा नजान्नेका लागि पनि अनुवादको व्यवस्था मिलाइएको हुन्छ । त्यसले गर्दा अन्याय परेको समस्या खासै छैन’ उहाँले भन्नुभयो ।

    दूताबासका लागि आवाज

    अन्तर्वार्ताको क्रममा उहाँले जापानमा नेपाली दूताबासका लागि आफूहरूले लामो सङ्घर्ष गरेको स्मरण गर्नुभयो ।

    ‘पहिला बहराइनमा नेपाली राजदूताबास थिएन । यहाँ नेपालीलाई समस्या पर्दा साउदी अरबस्थित दूताबाससित समन्वय गर्नुपर्दथ्यो’ उहाँले भन्नुभयो– ‘बहराइन नेपाली एकता समाजले यहीँ दूताबास स्थापना गर्नका लागि सात हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गरेको थियो । हाल राष्ट्रिय जनमोर्चाका महासचिव रहनुभएका मनोज भट्टसहितका साथीहरू परराष्ट्र मन्त्रालयमा पुगेर ज्ञापन बुझाएका थियौँ ।’

    उहाँका अनुसार सो ज्ञापनपत्र बुझाएको केही महिनाभित्रै बहराइनमा नेपाली दूताबास स्थापना भएको थियो ।

    अहिले बहराइनको दूताबासले अन्य देशका दूताबासले जस्तो काम गर्न नसके पनि सामान्यत: काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अन्य दूताबासले जसरी आफ्ना नागरिकका समस्या तत्कालै समाधान गर्न सक्छन्, त्यस्तो त नेपाली दूताबासले गर्न सकिरहेको छैन । फेरि पनि केही न केही काम भएकै छन् ।’

    अन्य सङ्गठन

    बहराइनमा नेपालीका अन्य सङ्गठन पनि क्रियाशील रहेको उहाँले बताउनुभयो ।

    ‘बहराइनमा नेपालीका अन्य सङ्गठन पनि छन् । नेपाली कङ्ग्रेस, नेकपा (एमाले), माओवादीलगायतका भ्रातृ सङ्गठन छन्’ उहाँले अगाडि भन्नुभयो– ‘हामीले वर्गीय दृष्टिकोणबाट ती सङ्गठनसित सम्बन्ध राख्दछौँ । राजनीतिक दलका भ्रातृ सङ्गठनसित हाम्रो सहकार्य बढी हुने गरेको छ ।’

    त्यहाँ जातीय र क्षेत्रीय प्रकारका थुप्रै सङ्गठन रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । ती सङ्गठनले स्पष्ट राजनीतिक दिशा लिने अवस्था नभएकाले कुनै खास इस्युमा बाहेक सहकार्य कमै हुने गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै गैरआवासीय नेपाली सङ्घसित पनि त्यति बढी सहकार्य नहुने गरेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘एनआरएनले युरोप र खाडी मुलुकमा दोहोरो नागरिकताको कुरा उठाएको छ, त्यो विचारलाई हामीले गलत ठान्दछौँ ।’

    आफूहरूले प्रवासी नेपालीहरू रोजगारीका लागि मात्रै बहराइन आएको र पछि नेपाल नै फर्किने गरेकाले एनआरएन भन्न नमिल्ने धारणा राखेको उहाँले बताउनुभयो ।

    मताधिकार र प्रतिनिधित्व

    अन्तर्वार्ताको क्रममा उहाँले विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वका लागि बहराइन एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजमार्फत निरन्तर आवाज उठाउने काम भइरहेको जिकिर गर्नुभयो ।

    ‘बहराइन नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वको पक्षमा आवाज उठाउँदै आएको छ’ उहाँले भन्नुभयो– ‘यो माग पूरा नहुञ्जेलसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ ।’

    उहाँले मताधिकार र प्रतिनिधित्वका लागि ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न प्रकारले निरन्तर आवाज उठाउने गरेको स्मरण गर्नुभयो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाज

    अन्तर्राष्ट्रिय एकता समाजका केन्द्रीय सदस्यसमेत रहनुभएका पोखरेलले यो सङ्गठनको स्थापना भएपछि विश्वभरि नै नेपालीको पक्षमा काम हुने गरेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय नेपाली एकता समाज स्थापना भएपछि नेपालीको एकता विश्वव्यापी रूपमा विस्तार भएको छ ।’

    उहाँले अन्तर्राष्ट्रियकै ब्यानरमा विश्वभरिका नेपालीका समस्या समाधान गर्न समन्वयको काम भइरहेको पनि बताउनुभयो ।

    विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वको पक्षमा पनि अन्तर्राष्ट्रियले आवाज उठाइरहेको उहाँको दाबी थियो ।

    प्रवासी सिपको सरकारले कदर गरेन

    अन्तर्वार्ताको क्रममा उहाँले प्रवासी नेपालीले विदेशमा सिकेको सिपको सरकारले कदर नगरेको आरोप लगाउनुभयो ।

    ‘दशौँ वर्ष विदेशमा बसेर, सिप सिकेर नेपाल भित्रिएका युवा फेरि केही समयपछि विदेशतिरै जानुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो– ‘नेपाल सरकारले प्रवासी सिपको कदर गरेन । प्रवासी नेपालीका सिप सरकारको प्राथमिकतामा पर्दैनन् ।’

    सरकारले सञ्चालन गरेको भनेको स्वरोजगारमूलक योजना वा विनाधितो ऋणजस्ता योजना प्रभावकारी नभएको पनि उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यस्ता योजनाबाट सीमित व्यक्तिले फाइदा उठाए पनि ग्रामीण दूरदराजका युवाले यसबाट कुनै लाभ लिन नसकेको भनाइ उहाँको थियो ।

    सरकारकै कारण जेनजी

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन सरकारकै कारणले उठेको भनाइ उहाँको थियो ।

    उहाँले भन्नुभयो– ‘सरकारी पक्ष आफ्नो सुखसुविधामा नै तल्लीन भयो । नेपाली जनताले सरकारबाट कुनै लाभ पाएनन् । त्यसको प्रतिक्रियास्वरूप जेनजी अगाडि आए ।’

    अहिले जेनजीको नाममा सरकारले बने पनि यो सरकारले स्वयम् जेनजीकै माग पूरा गर्न नसकेको उहाँको धारणा थियो ।

    ‘अबको निकास जननिर्वाचित संसद् नै हो’ उहाँले भन्नुभयो– ‘जननिर्वाचित सरकार नै अहिलेको राजनीतिक विकल्प हो । यसो भयो भने फेरि नेपाली जनताले अभिभावकत्व पाउनेछन् ।’

    उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्दछ भने त्यो पनि एउटा राजनीतिक निकासको विकल्प हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

    (महासचिव पोख्रेलसँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=0fXGcWHa9Agवाच गर्न अनुरोध गर्दछौँ ।)

    बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.