• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भट्टको समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ विमोचन


  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिवसमेत रहनुभएका मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ विमोचन भएको छ ।

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले २०८२ मङ्सिर २० गते आयोजित एक कार्यक्रममाझ सो पुस्तक विमोचन गर्नुभएको हो ।

    सो अवसरमा नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका सिंहले लिखित मन्तव्य प्रस्तुत गर्दै विवेचनात्मक पुस्तक लेख्नुभएकोमा भट्टलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    ‘कमरेड जलजला’ पुस्तकमा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उहाँको भनाइ थियो ।

    उपन्यासमा “गीता” को ‘निष्काम भावना’ को अर्थ आमू्ल परिवर्तनको आन्दोलनमा व्यक्तिगत फलको आशा नगर्नु रहेको सिंहले स्पष्ट पार्नुभयो ।

    दीनानाथ शर्मा

    कार्यक्रममा मन्तव्य राख्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा साहित्यकार दीनानाथ शर्माले ‘कामरेड जलजला’ उपन्यासका सबै पात्र नेपाली कम्युनिस्ट आन्दोलनसित सम्बन्धित तर काल्पनिक रहेको बताउनुभयो ।

    जलजला चौथो महाधिवेशन धारकी जनतासँग घुलमिल हुन सक्ने र जुझारु चरित्र रहेकी महिला भएको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले बागलुङमा जुन महिला सङ्गठन छ, त्यसको इतिहास जलजलाले स्थापना गरेको महिला समितिसँग जोडिन्छ ।’

    उहाँले ‘कामरेड जलजला’ उपन्यासको अध्ययनबाट नेपाल कम्युनिस्ट आन्दोलनप्रति शोध गर्न चाहने विद्यार्थीलाई पनि मदत पुग्ने बताउनुभयो ।

    प्रदीप ज्ञवाली

    नेकपा (एमाले) का उपमहासचिव तथा प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवालीले पठन संस्कृति खस्केर सामाजिक सञ्जालका केही शब्दबाट धारणा बनाउने अहिलेको समयमा ‘कामरेड जलजला’ माथिको अर्को विवेचनात्मक कृति आउनु स्वागतयोग्य काम भएको बताउनुभयो ।

    जलजला उपन्यास पढिनसकेका पाठकका लागि भट्टको पुस्तकले मदत गर्ने धारणा उहाँले राख्नुभयो ।

    उपन्यासमार्फत कम्युनिस्ट पार्टीभित्रको अन्तरसङ्घर्ष र फुट देखाइएकाले उपन्यासले इतिहासको केही पक्ष पनि समेटेको धारणा उहाँले व्यक्त गनर्नुभयो ।

    डा. पुष्करराज भट्ट

    लघुकथामा विद्यावारिधि गर्नुभएका भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले अनुभव नभए पनि पुस्तकका लेखकले समालोचना विधाप्रति न्याय गरेको बताउनुभयो ।

    प्रगतिवादी समालोचनामा क्रान्तिकारी आशावाद जगाउनु आवश्यक रहेको बताउँदै उहाँले प्र्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताउनुभयो ।

    उहाँले पाठकको अपेक्षाअनुसार कुनै कृतिको मूल्याङ्कन गर्नु सही नभएर पुस्तककै विषयवस्तुको आधारमा मूल्याङ्कन गरिनुपर्ने धारणा राख्नुभयो ।

    बाबा बस्नेत

    नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतले उपन्यासको क्षेत्रमा ‘कामरेड जलजला’ उपन्यास ‘सगरमाथा’ नै भएको दाबी गर्नुभयो ।

    उक्त उपन्यासले प्रेमप्रकाशसँगै विश्वदर्शन पनि प्रदान गरेको दाबी गर्दै उहाँले लेखक भट्टले त्यसको विवेचना गरेर महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।

    उहाँले ‘कामरेड जलजला’ उपन्यासलाई महाउपन्यासको संज्ञासमेत दिनुभयो ।

    खेम थपलिया

    प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताउनुभयो ।

    समालोचनालाई व्यर्थको कार्य बताउने प्रतिधु्रवीय तर्कको खण्डन गर्दै उहाँले यस खालको समाचलोचनाले महत्त्व राख्ने विचार व्यक्त गनुृभयो ।

    उहाँले लेखक भट्टको समालोचनालाई निर्धक्कसाथ प्रगतिवादी वा माक्र्सवादी समालोचना भन्न सकिने दाबीसमेत गर्नुभयो ।

    डा. हरिप्रसाद सिलवाल

    समालोचक हरिप्रसाद सिलवालले रूप पक्षको तुलनामा अन्तरवस्तुमा ध्यान दिने माक्र्सवादी समाचोचनाअनुसार नै भट्टको पुस्तक आएको बताउनुभयो ।

    प्रस्तुत पुस्तक पद्धतिपरक ढङ्गले नै आएको दाबी गर्दै उहाँले ‘कामरेड जलजला’ जस्तो अपूर्ण उपन्यासको विवेचना गर्ने कार्य कष्टसाध्य तर प्रशंसायोग्य भएको बताउनुभयो ।

    समालोचक सिलवालले लेखक उपस्थित नभईकन कुनै पनि कृतिको रचना हुन नसक्ने भएकाले ‘कामरेड जलजला’ उपन्यासमा मोहनविक्रम सिंहको विचार, दर्शन र सहभागिता देखा पर्नु अन्यथा नभएको बताउनुभयो ।

    बलभद्र भारती

    विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको दाबी गर्नुभयो ।

    उपन्यासको परिवेश नेपाल, भारत मात्रै नभएर विश्व नै रहेकाले प्र्रस्तुत कृतिको विश्वव्यापी महत्त्व रहेको बताउनुभयो ।

    सो क्रममा उहाँले यस्तो उपन्यासलाई दस्तावेजीकरण गरेर लेखक भट्टले महत्त्वपूर्ण काम गरेकोसमेत स्पष्ट पार्नुभयो ।

    भीष्म जोशी

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले ७७ वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा क्रियाशील व्यक्तित्वद्वारा लिखित ‘कामरेड जलजला’ उपन्यासको विवेचना गर्ने कार्य गरेकोमा लेखक भट्टलाई धन्यवाद दिनुभयो ।

    जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको उहाँको जिकिर थियो ।

    माक्र्सले संसारको व्याख्या मात्र नभएर रूपान्तरणमा जोड दिएको प्रसङ्ग जोड्दै उहाँले जलजला उपन्यासले पनि त्यही विचारमा जोड दिएको बताउनुभयो ।

    कार्यक्रममा लेखक भट्टले सङ्क्षिप्त मन्तव्य राख्दै पुस्तकाकारमा आफ्नो पहिलो साहित्यिक कृतिमाथि धारणा राख्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

    नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका रामप्रकाश पुरीको अध्यक्षता तथा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा मीना पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्र्र्रीय सल्लाहकार आनन्द शर्मा, राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अधिवक्ता एकनारायण भण्डारी, सीमाविद तथा पत्रकार रतन भण्डारीलगायत ठुलो सङ्ख्यामा लेखक, साहित्यकार र पाठकको उपस्थिति रहेको थियो ।

     

     

    शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.