• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भेनेजुएलाको आरोप– आइसिसी जिम्मेवारीबाट पन्छियो


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • काराकास । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले काराकास स्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीहरूले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् । अदालतले वास्तविक प्रगति नभएको भन्दै उक्त कार्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

    Advertisement

    आइसिसीले सन् २०२४ मा भेनेजुएलाका अधिकारीहरूसँग सहकार्य गर्दै सन् २०१७ को विरोध प्रदर्शनका क्रममा दक्षिण अमेरिकी देशमा गरिएको मानवता विरुद्धका सम्भावित अपराधहरूको अनुसन्धान गर्न काराकासमा कार्यालय स्थापना गरेको थियो । आइसिसीका उप–अभियोजक मामे मन्डिए नियाङले भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने जानकारी दिनुभएको छ ।

    यसैबीच, भेनेजुएलाका अधिकारीहरूले एक विज्ञप्ति जारी गरी आइसिसीले ‘थोरै मात्र पनि प्रतिबद्धता वा सहयोगको भावना नदेखाएको’ आरोप लगाएका छन् । उनीहरूले अदालतले भेनेजुएलाका विभिन्न पहलहरूमा कुनै योगदान वा सुझाव नदिएको र आफूले ग्रहण गरेको जिम्मेवारीबाट ‘गैरजिम्मेवार रूपमा टाढा रहेको’ दाबी गरेका छन् । साथै, आइसिसीमाथि ‘राजनीतिक उद्देश्यका लागि न्यायलाई उपकरण बनाउने’ प्रयासमा कुनै कदम नचालेको आरोप पनि लगाइएको छ ।

    अर्जेन्टिना, कोलम्बिया, चिली, प्याराग्वे, पेरु र क्यानडाले सन् २०१८ मै भेनेजुएलामाथि मानव अधिकार उल्लङ्घनको आरोपसहित आइसिसीमा उजुरी दर्ता गराएका थिए । त्यसपछि सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति निकोलस मदुरोसँगको सम्झौता अनुसार आइसिसीलाई भेनेजुएलामा औपचारिक रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको थियो ।

    सन् २००२ मा स्थापित आइसिसी विश्वको एकमात्र स्वतन्त्र अन्तर्राष्ट्रिय अदालत हो, जसले नरसंहार, युद्ध अपराध तथा मानवता विरुद्धका गम्भीर अपराधहरूको अनुसन्धान र कारबाहीमा समर्पित छ ।

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.