• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘चुडेल्नी’ कथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी‘ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ कात्तिक २८ गते शुक्रबारका दिन बेलबारीको सुदर्शन रिसोर्ट लालभित्तीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कथासङ्ग्रहको शीर्षकथा ‘चुडेल्नी’ को परिचर्चा गर्दै बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले साहुले जाल गरेर बढाएको ऋण चाँडै चुक्ता गराउन चुडेल्नी बनाइएकी पात्र भएको बताइन् ।

    ‘प्रेतात्मा’ कथामा विज्ञान वा चिकित्साशास्त्रले प्रेतात्मा हुँदैन भनेर प्रेतात्माको अस्तित्व अस्वीकार गरेको कुरा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले बताए ।

    बोक्सी हुँदैन भन्ने निष्कर्ष ‘बोक्सी’ कथाले दिएको संविधानसभा सदस्यसमेत रहेकी परिचर्चाकार मधु गुरुङ (रत्नदेवी) ले बताइन् ।

    उचित पात्र चयनका साथ ‘मुर्कुटा’ कथाले सशस्त्र द्वन्द्वको चित्र गर्दै भूतप्रोत, मुर्कुटा भन्ने कुरा प्राकृतिक र भ्रम मात्र हो भनेर अन्धविश्वासलाई चिरेको परिचर्चाकार स्रष्टा समाज बेलबारीका अध्यक्ष जे.बी. थुलुङले बताए ।

    प्रहरी सङ्गठनभित्र पनि कसैकसैले पदको दुरूपयोग गर्ने गरेको, प्रहरी सङ्गठनलाई नै बदनाम पार्ने किसिमका विकृति/विसङ्गतिलाई बढावा दिएको र एउटी सुन्दर नारीप्रति कतिपय पुरुषको मनोविज्ञान र व्यवहार कति घृणित हुन्छ भन्ने तथ्य ‘बोक्सो’ कथाले छर्लङ्ग पारेको परिचर्चाकार प्रगतिशील लेखक सङ्घकी केन्द्रीय सदस्य तिला लेकालीले बताइन् ।

    स्नातकोत्तर पढेका शिक्षितले पनि महिलालाई विभेद गरेको उदाहरण दिँदै विशेष गरी अशिक्षित र कमजोर महिलालाई होच्याउने विभेदपूर्ण विभिन्न नाम दिएर कमजोर बनाउने समाजमा विद्यमान कुरीतिलाई ‘डाइनी’ कथाले उजागर गरेको परिचर्चाकार कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले बताए ।

    गणतन्त्रमा पनि महिलालाई उपप्रमुख, उपाध्यक्ष मात्रै बनाउनुपर्छ भन्ने व्यङ्ग्यसमेत गर्दै ससाना कुरालाई पनि पालिकाको न्यायिक समितिमा लानुपर्ने, शक्ति हुने त्यस्ता मुद्दामा आफ्नो पक्षमा फैसला गराउन धेरै समर्थकलाई भेला गराउने अमर्यादित मानसिकताको विपक्षमा ‘डङ्किनी’ कथा उभिएको परिचर्चाकार बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले बताइन् ।

    ‘चुडेल्नी’ कथासङ्ग्रहले श्रमसंस्कृतिको उदाहरण दिएर प्रगतिशील लेखनको धार पक्रेको परिचर्चाकार बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीले बताए ।

    धिमाल्नी पात्रमार्फत सर्वसाधारण मानिसमा अहिले पनि अन्धविश्वास रहेकोले अन्धविश्वासलाई हटाउनुपर्ने सन्देश ‘राक्षसनी’ कथाले दिएको परिचर्चाकार बेलबारी प्रज्ञा–प्रतिष्ठानकी सदस्य निरू गौतमले बताइन् ।

    ‘किचकन्नी’ कथाले किचकन्नी, चुडेल्नीजस्ता कुरा मनगढन्ते चिन्ता मात्र रहेको, यथार्थमा ती नरहेको परिचर्चाकार कण लघुकथा मञ्च कोशीका अध्यक्ष दीप मङ्ग्रातीले बताए ।

    कथाकार ईरानराईले बेलबारीका साहित्यकारहरू पनि परिचर्चा, समीक्षा गर्न सक्ने अवस्थामा पाइला हालेकोमा धन्यवाद र शुभकामना दिँदै भूत, चुडेल्नी, प्रेतात्मा जस्ता चिज देखिने, भेटिने तर तिनीहरूको अस्तित्व नरहेको जिकिर गर्नुभयो ।

    कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र सचिव उमा सिँजापतीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.