• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

नेतन्याहूसहित ३७ जनाविरूद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी


  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू। फाइल तस्बिर।

    इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध टर्कीले पक्राउ पुर्जी जारी गरेको छ।

    Advertisement

    गजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजनिक अभियोजकको कार्यालयले इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, र सेनाप्रमुख इयाल जामिरविरूद्ध नरसंहार र मानवताविरूद्धको अपराधमा मुद्दा दर्ता भएपछि पक्राउ आदेश जारी भएको हो।

    अभियोजक कार्यालयका अनुसार गजामा भएका युद्ध अपराध तथा पछिल्लो महिनामा गजातर्फ राहत लिएर जाँदै गरेको ट्रकमा इसराइली सेनाले गरेको आक्रमणका घटनामा यी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको छ।

    इसराइलले टर्कीको कदमको कडा आलोचना गरेको छ।

    इसराइली विदेशमन्त्री गिडेओन साआरले यसलाई राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको प्रचारको हतियार भनेका छन्।

    हमासले भने टर्कीको कदमको स्वागत गरेको छ।

    ‘यो कदमले तुर्क जनताको न्यायप्रतिको प्रतिबद्धता र नेतृत्वको उच्च मानवीय दृष्टिकोणलाई प्रमाणित गर्छ,’ हमासले विज्ञप्तीमा भनेको छ।

    टर्कीको यो कदमले गजामा अमेरिकी मध्यस्थतामा भएको युद्धविराम  कार्यान्वयनका लागि बन्न लागेको बहुराष्ट्रिय सुरक्षा बलमा टर्कीको भूमिकामाथि प्रश्न उठाएको छ।

    यसअघि यो साता इस्तानबुलमा मुस्लिम बहुल मुलुकहरूको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनाअन्तर्गत ‘इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स’ (आइएसएफ) गठनबारे छलफल गरेको थियो।

     यो बलले नयाँ प्यालेस्टिनी सुरक्षा बललाई तालिम दिने र गाजामा स्थायित्व कायम गर्ने जिम्मेवारी पाउने तयारीमा छ।

    महिना दिनअघि इसराइल र हमासबीच युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

    अमेरिकी अधिकारीहरूका अनुसार हमासलाई युद्धविराममा राजी गराउन टर्कीले भूमिका खेलेको थियो। त्यसकारण टर्की पनि आइएसएफमा सहभागी हुन सक्ने देशहरूमध्ये एक हो।

    तर इसराइलले भने गाजामा टर्कीको सैनिक उपस्थितीबारे असहमति जनाएको छ।

    गजामा नरसंहार र युद्ध अपराधको मुद्दामा गत वर्षमात्रै नेतन्याहूविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको थियो।

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.