नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा अवस्थित सामुदायिक विद्यालयहरुमा रहेका अपाङ्गता भएका १९ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरि ५० हजार बराबरको सामाग्री मंगलबार वितरण गरिएको हो ।
आफ्नै वडामा रहेका बाल शिक्षा मावि, जनता आधारभुत विद्यालय र बुद्ध आधारभुत विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्माका गरि अपांगता भएका १९ विद्यार्थीलाई एक बर्ष भरि पुग्ने गरि स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो ।
राज्यस्तरको सेवा सुविधाबाट बन्चित भएका अपाङ्गता विद्यार्थीलाई हौसला प्रदान होस् र विद्यार्थीहरूको पढाइ प्रति लगाव बढोस् भनी सम्बन्धित विद्यालयको प्रतिनिधि र अपांगता विद्यार्थीहरूको अभिभावकको रोहोबरमा स्टेशनरी सामाग्री वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
यस्तै बुद्ध आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्षोत्तम भट्टराईले कार्यक्रममा बोल्दै शिवराज नगरपालिकामै वडा नम्बर २ ले सह्रनिय काम गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद व्यक्त समेत गर्नुभयो ।
त्यसैगरी वडा नम्बर २ मा कार्यरत ६ महिला स्वयंसेवीकालाई एक–एक थान दराज समेत आज वितरण गरिएको छ । बर्षौँ देखि गैर पारिश्रमिक रातदिन नभनि सुत्केरी लगायत बिकरल अवस्थामा फिल्डममा खत्तिएर काम गर्नुपर्ने र कागजात, औषधी लगायत अन्य सामाग्री घर लगेर सुरक्षित राख्न कठिनाइ भएकोले ५० हजार बराबरको दराज प्रदान गरिएको वडाले जनाएको छ ।
महिला स्वयंसेवीका पार्वती सापकोटाले वडामै पहिलो पटक नौलो कार्य गरेकोमा प्रशंसा गर्दै आफूहरू निकै उत्साहका साथकाम गर्ने र अगामी समयमा वडाले यस्तै नौलो योजना ल्योस भनी शुभकामना र धन्यवाद समेत दिनुभयो ।
स्वयंसेवीकालाई काम गर्न हौसला प्रदान हुने र कागजपत्रका साथसाथै औषधी सुरक्षित राख्न सहज हुने अध्यक्ष चौधरीले दावी गर्नुभयो ।