• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुम्बिनी वाङ्मयद्वारा मासिक कार्यक्रम सम्पन्न


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • दाङ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालबाट १२ जिल्लामा गरिने जिल्लाव्यापी कार्यक्रमको मासिक शृङ्खला दाङ जिल्लाको भक्ति थापा स्मृतिपार्कमा २०८२ असोज २५ गते शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    दाङका नारी स्रष्टाको पहिचान र योगदान विषयमा सन्ध्या रेग्मी र विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाको भूमिका विषयमा ऋषि आजादले कार्यपत्र पेस गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभाका सभामुख माननीय तुलबहादुर घर्तीमगरले नारी स्रष्टाको भूमिकाको विषयमा बोल्दै विभेदरहित संस्कृति निर्माणमा लाग्न साहित्यकार र कलाकारलाई आग्रह गर्नुभयो ।

    समाजमा अहिले पनि उत्पीडित वर्ग उत्पीडक वर्गबिच मनोवैज्ञानिक दरार भएको, त्यही दरारबाट समाज विभक्त बनेको तथा त्यही नै विभेदको मूल कारण हो भन्दै २०६३ सालले उत्पीडित वर्ग र समुदायलाई समानुपातिक समावेशीका आधारमा सत्तामा त ल्यायो तर विभेद हटाउने विषयमा निष्ठापूर्वक काम हुन नसकेको उहाँको भनाइ थियो ।

    दाङका स्रष्टाको पहिचान कार्यपत्रमाथि बुनु लामिछानेले टिप्पणी गर्नुभएको थियो भने विभेदरहित संस्कृति निर्माणको विषयमा सबै वक्ताले आआफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानका संस्थापक पुरुषोत्तम खनालले आफूहरूले मिहिनेत गरेर स्थापना गरेको संस्था निरन्तर क्रियाशील भइरहँदा खुसी लागेको बताउँदै रचनात्मक क्रियाकलापमा यो संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

    डा. टिकाराम उदासीले नारीस्रष्टाको विषयमा एकमुष्ट विवरणसहित तथ्य प्रस्तुत गर्नुभएकोमा कार्यपत्र प्रस्तोता रेग्मी र टिप्पणीकर्ता बुनु लामिछानेलाई धन्यवाद दिंदै विभेदरहित संस्कृति निर्माणमा साहित्यकार र कलाकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    उत्तमकृष्ण मजगैयाले कार्यपत्रमाथि सुधारको सुझावसहित विभेदलाई एकमुष्ट रूपमा प्रस्तुत गरिएको भन्दै विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाको भूमिका हुने बताउननुभयो ।

    प्रतिष्ठानका उपाध्यक्ष तिलक लामिछाने र महासचिव पुरुषोत्तम पाण्डेयले रचनावाचनसँगै संस्थाका भावी योजना प्रस्तुत गर्नुभयो ।

    कार्यक्रममा रामगोपाल यादव, केशरी यादव, शनिराम चौधरी, तीला पन्थी ‘सुस्मिता’, पुरन शर्मा, शारदा शर्मा, डा. कृष्णराज डिसी, चन्द्रबहादुर थापा, दीपक शर्मा समीरले कवितावाचनसँगै मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा केशरी यादव, शनिराम चौधरी, तीला पन्थी ‘सुस्मिता’ लाई संस्कृति संरक्षण र साहित्यमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

    कार्यक्रममा अवधी संस्कृति संरक्षण प्रतिष्ठान गढवाका कलाकारले विशेष सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    प्रतिष्ठानको दाङ जिल्ला अध्यक्ष निमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष राधा गौतमको स्वागत र सचिव गुरुप्रसाद कुमाल ‘बुलबुल’ को सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.