• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

इजरायलद्वारा गाजा सहरमा सैनिक कारबाही तीव्र


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • गाजा/यरुशलेम । इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

    Advertisement

    अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तिव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन् ।

    गाजास्थित केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू देखिएको जानकारी नभएको जनाएका छन् । तर अधिकांश क्षेत्रहरूमा हवाई आक्रमण र मानवरहित विमानद्वारा गरिएका बम आक्रमणहरू निकै तीव्र रूपमा भइरहेको उनीहरूले पुष्टि गरेका छन् ।

    आक्रमणपछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति मार्फत भन्नुभयो,“गाजा अहिले ठूलो संकटमा छ । हाम्रो सेना आतङ्ककारी संरचना विरुद्ध कठोर कारबाही गर्दैछ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो ।”

    उहाँले थप भन्नुभयो, “हामी हाम्रो उद्देश्य पूरा नभएसम्म पछि हट्ने छैनौं ।”
    प्यालेस्टिनी सरकारी समाचार संस्था वाफा ले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमणलाई तीव्र बनाएको जानकारी दिएको छ । स्थानीय स्रोतहरूको हवाला दिँदै वाफाले लगभग निरन्तर बमबारी भइरहेको उल्लेख गरेको छ ।

    इजरायली सेनाको रेडियो प्रसारण अनुसार, हालसम्म करिब तीन लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन् । गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको मानिन्छ ।

    सोमबार, अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियोले इजरायल भ्रमणको क्रममा पत्रकार सम्मेलनमा भन्नुभयो,“गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन् । तर त्यो सम्भव हमासको अन्त्य भएपछि मात्र हुनेछ।” उहाँले इजरायललाई पूर्ण समर्थन रहने प्रतिवद्धता जनाउनुभयो ।

    यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो । इजरायली सेनाका प्रवक्ताले हाल गाजा सहरको करिब ४० प्रतिशत भू–भाग सेनाको नियन्त्रणमा रहेको र आगामी दिनमा कारबाही अझ तीव्र हुने जानकारी दिनुभएको थियो ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.