• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ७. आदर्शको पहाड

  • ८. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ९. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • १०. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

भदौ २३ गतेको घटनाका लागि सरकार जिम्मेवार : राजमो


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भदौ २३ गतेको घटनाका लागि मुख्यतः सरकार नै जिम्मेवार भएको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ भदौ २४ गते प्रेसवक्तव्य जारी जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    देशको वर्तमान स्थितिलाई देशीविदेशी शक्तिले उपयोग गर्न सक्नेतर्फ सतर्क बनाउँदै राजमोले सही र सन्तुलित राजनीतिक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    वक्तव्यमा घटनाप्रति क्षोभ व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति समवेदना, घाइतेको स्वास्थ्यलाभको कामना तथा घाइतेको निःशुल्क उपचार गर्न माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “२०८२ भदौ २३ गते जेनजीको आन्दोलनको दौरानमा सरकारले गरेको क्रुर दमनको कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गम्भीर प्रकारको क्षोभ तथा आक्रोश प्रकट गर्दछ । सरकारद्वारा मारिएका मृतकप्रति श्रद्धाञ्जली तथा उनीहरूका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । त्यसका साथै घाइतेको निःशुल्क उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।

    राष्ट्रिय जनमोर्चाले पहिले नै यो स्पष्ट गरेको थियो कि सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक छ । त्यसबारे सर्वोच्च अदालतले पनि सरकारको नाममा परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतले त्यसबारे कानुन बनाएर नै नियमन गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतको त्यो निर्देशनअनुसार नगरेर सरकारले दर्ता गर्ने सूचनालाई पालना नगरेको भन्दै एकैसाथ विभिन्न सामाजिक सञ्जालमाथि रोक लगाउने काम गरेको थियो । सरकारको त्यस प्रकारको स्वेच्छाचारी कारबाहीका कारणले नै जनतामा व्यापक आक्रोश उत्पन्न भयो ।

    त्यसबाट हिजोको दुखदायी घटना घट्न पुग्यो । त्यसका लागि मुख्य रूपले सरकार नै जिम्मेवार छ ।

    हिजोको प्रदर्शनलाई दबाउनका लागि सरकारले अनावश्यक बलप्रयोग गरेको देखिन्छ । त्यसैको परिणाम १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये कैयौँ जना गम्भीर रूपमा घाइते छन् । यति ठुलो दमनको लागि राष्ट्रिय जनमोर्चाले कडा शब्दमा सरकारको विरोध र भर्त्सना गर्दछ ।

    हिजोको घटना सामान्य नभई त्यो अत्यन्त गम्भीर प्रकारको रहेको छ । त्यो एउटा राष्ट्रिय प्रश्न बनेको छ । त्यसकारण त्यसबारे हामीले अन्य पक्षसित पनि छलफल गरेर एउटा साझा समझदारी बनाउन प्रयत्न गर्नेछौँ । विभिन्न देशी वा विदेशी प्रतिक्रियावादी शक्तिले यो स्थितिलाई आफ्ना निहित स्वार्थका लागि प्रयोग गर्ने प्रयत्न पनि गर्न सक्दछन् । त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    अन्तमा, अहिले देशमा जुन प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको छ, त्यसबारे सही र सन्तुलित प्रकारको नीति अपनाउन नसकेमा त्यसका दूरगामी गम्भीर प्रकारका दुष्परिणाम हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।”

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
    युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी
    आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान
    द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ
    नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री
    श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    भर्खरै

    • १.
      पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

    • २.
      युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

    • ३.
      आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान

    • ४.
      द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

    • ५.
      नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

    • ६.
      श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

    • ७.
      भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

    • ८.
      पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.