• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

एमसीसीसित अमेरिकी सामरिक स्वार्थ जोडिएकाले विरोध गरिएको हो: पुरी (भिडियो)


  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर/काठमाडौँ

    Advertisement

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सित अमेरिकाको सामरिक स्वार्थ जोडिएकाले विरोध गरिएको बताउनुभएको छ । दशदलीय मोर्चाको आयोजनामा आज २०७७ असार २ गते माइतिघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘एमसिसीमा आर्थिक परियोजना पनि हो भन्ने जान्दाजान्दै पनि हामीले त्यसको किन विरोध गरेका छौँ ?’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको नाममा अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बढ्ने भएपछि हामीले त्यसको विरोध गरेका हौँ ।’ उहाँले एकातिर, त्यो देशको राष्ट्रिय सार्वभौमिकताको र अर्कातिर, हाम्रो स्वतन्त्र असंलग्न परराष्ट्र नीतिको विरुद्धमा हुने भएकाले नेकपा (मसाल) ले एमसिसीको विरोध गरेको बताउनुभयो । उहाँले हिन्दप्रसान्त रणनीति (आइपिएस) अमेरिकीको सामरिक योजना भएकाले त्यसअन्तर्गतको एमसिसी विशुद्ध आर्थिक परियोजना नभएको पनि बताउनुभयो ।

    नेपालको इतिहासमा देशमा राष्ट्रघाती सन्धिसम्झौता हुँदा प्रतिपक्षी दलको खबरदारी हुने गरेको प्रसङ्गमा प्रवक्ता पुरीले भन्नुभयो– ‘हाम्रा लागि दुःखको कुरा हो, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नै जसरी भए पनि एमसिसी पारित गर्ने प्रयासमा छ ।’ उहाँले नेपाली काङ्ग्रेसकै कारण पनि नेपालमा एमसिसी पारित गरिन थाल्नु चिन्ताको विषय बताउनुभयो ।

    एमसिसी पारित नभए विश्व समुदायसामु नेपालको विश्वसनीयता गुम्ने वर्तमान सरकारको अभिव्यक्तिको विरोध गर्दै उहाँले भन्नुभयो– ‘एमसिसी फेल भएर नेपालका विश्वसनीयता विश्वसामु गुम्छ भने गुमोस् । तर देशको राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका सामु यस्तो विश्वसनीयता केही पनि होइन ।’ उहाँले देशका शासकलाई विदेशसित सन्धिसम्झौता गर्दा देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र असंलग्न परराष्ट्र नीतिप्रति अडिग रहन आग्रह गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसिसी नेपालको राष्ट्रिय हित, स्वाधीनता, आर्थिक हित, असंलग्न परराष्ट्र नीति सबैको प्रतिकूल भएको बताउँदै यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । एमसिसी पारित गरिएमा त्यसले नेपालको आन्तरिक र परराष्ट्र सम्बन्धमा दूरगामी प्रभाव पर्ने बताउँदै उहाँले अमेरिकी सामरिक स्वार्थसँग जोडिनु हाम्रा लागि खतरनाक हुने चेतावनी पनि दिनुभयो । उहाँले एमसिसी तत्कालै खारेज गर्न आग्रह गर्नुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले एमसिसी हजार वर्षको योजना भएको बताउँदै नेपालमा एमसिए मार्फत् उक्त योजना पाँच वर्षभित्र सकिने भनिए पनि त्यसको सक्रियता हजार वर्षसम्म रहिरहने बताउनुभयो । नेकपा (क्रान्तिकारी–माओवादी) का पिबिएम दिनेश शर्माले बङ्गलादेशलाई विद्युत विक्री गरिने नाममा गोरखपुरतिर प्रसारण लाइन बन्नुले नै एमसिसीमा राष्ट्रघातको गन्ध आएको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (माले) का पिबिएम सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्मर कार्की, नेकपा (माओवादी–केन्द्र) का पिबिएम तिलक थापा मगर, नेकपाका केन्द्रीय उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का नारायण थापा र राष्ट्रिय जनजागरण परिषद्का सुधीर कर्माचार्यले पनि सम्बोधन गर्नुभएको थियो ।

    त्यसैगरी, कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गर्दै एमसिसी खारेज अभियानका आरसी न्यौपाने, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) का भावना विद्रोही, हाम्रो पार्टी नेपालमा ब्रह्माण्ड, पुष्पलाल अध्ययन समाज काठमाडौँका बोर्णबहादुर कार्की र युवाविद्यार्थी अभियानका घाइते निरज नवीनले पनि मन्तव्य राख्नुभएको थियो ।

    एमसिसी विरुद्धको उक्त कार्यक्रममा नेपाल राष्ट्रियता तथा जनअभियान संरक्षण मञ्च र एमसिसी खारेज युवाविद्यार्थी अभियानले पनि एक्यबद्धता प्रकट गरेका थिए ।

    कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जनगागरण परिषद् र नेकपा (संयुक्त) ले गरेका थिए ।

    मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.