खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यमा अगस्त २६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
“प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्घर्ष गरौँ” मूल नाराका साथ सम्पन्न सो समारोहको उद्घाटन प्रमुख अतिथि सोमरेले मैनबत्ती बालेर गर्नुभएको थियो।

समारोहमा केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्तीमगर र नारायण विक, क्षेत्रीय सदस्यहरू बाबुराम पोख्रेल, ओमप्रकाश तिवारी, सुरेश क्षेत्री र लालबहादुर चुँदाली, महिला क्षेत्रिय सदस्य सेती राना, सांस्कृतिक विभाग क्षेत्रीय समितिका योगेन्द्र दर्लामी, विद्यार्थी सङ्घकी लक्ष्मी रास्कोटीको आतिथ्य रहेको थियो ।
दुर्गा शर्माको अध्यक्षतामा तथा कमला बगालेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सीता पोखरेल र कलाकारले स्वागत गर्नुभएको थियो ।
