• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आधारकार्ड भारतस्थित नेपालीको मुख्य समस्या बनेको छ : पौडेल


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    मूल प्रवाह अखिल नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेलले आधारकार्ड भारतस्थित नेपालीको मुख्य समस्या बनेको बताउनुभएको छ ।
    २०८२ भदौ १ गते युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    भारतस्थित नेपालीका मुख्य समस्याबारे राखिएको जिज्ञासामा उहाँले आधारकार्डले गम्भीर समस्या उत्पन्न गरेको बताउनुभयो ।

    ‘भारतमा नागरिकताको रूपमा सिटिजनसिप कैयौँ वर्षसम्म स्थायी बसोबास गरेपछि मिल्दछ’ उहाँले भन्नुभयो– ‘आधारकार्ड त एक सय ८२ दिन भारतमा बसोबास गरेको प्रमाणपत्र भए मिल्दछ ।’

    आधारकार्ड भारतीय नागरिकता नभएको स्पष्ट पार्दै उहाँले त्यसलाई खालि भारतमा बसोबास गरेको प्रमाणस्वरूप दिइने बायोम्याट्रिक पहिचानपत्र भएको बताउनुभयो ।

    यस सन्दर्भमा उहाँले भारतको सर्वोच्च अदालतले दिएको फैसलातर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    ‘तर भारतमा आधारकार्ड नभएका कारण नेपालीले धेरै नै दुःख पाएका छन्’ उहाँले भन्नुभयो– ‘आधारकार्ड नबनेका कारण नेपालीले तलब पाएका छैनन । पेन्सन रोकिएको छ । बिमाको रकम रोकिएको छ । बालबालिका भर्ना गर्नमा समस्या बनेको छ । नेपालतिर विप्रेषण पठाउनमा समस्या उत्पन्न भइरहेको छ ।’

    यता सन् १८१६ को सुगौली सन्धिपछि भूभागसहित भारतीय बन्न पुगेका पूर्वोत्तर भारतका नेपालीले अहिले आधारकार्ड पाएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अहिले उनीहरूको त्यो मागको बारेमा पनि विवाद उत्पन्न गर्न खोजिएको छ ।’

    मैदानी इलाकामा भने नेपालीले आधारकार्ड कारण प्रशस्त समस्या व्यहोरिरहेको उहाँको भनाइ थियो ।

    नेपालीको बुझाइमा पनि समस्या

    अन्तर्वार्ताको क्रममा उहाँले आधारकार्डबारे भारतस्थित नेपाली र नेपालमै समस्या रहेको बताउनुभयो ।

    ‘भारतमा बसोबास गरिरहेका नेपालीमा नै आधारकार्डसम्बन्धी बुझाइमा समस्या छ’ उहाँले भन्नुभयो– ‘कैयौँ नेपालीले आधारकार्ड पाउँदा भारतीय नागरिकता पायौँ, हामीले सबै अधिकार पायौँ भनेर बुझेको पाइन्छ ।’

    उहाँले यस्तो बुझाइलाई कमजोरीको सङ्ज्ञा दिनुभयो ।

    यस्तो समस्या नेपालमै पनि भएको उहाँले जिकिर गर्नुभयो ।

    ‘नेपालकै कतिपय जिल्लाका सिडिओमा त्यो खालको समस्या छ’ तनहुँ जिल्लाको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘कतिपय नेपालीलाई नागरिकता बनाउन नेपाल आउँदा आधारकार्ड छ ? भनेर सोधियो । छ भनेपछि पहिला आधारकार्ड त्याग गरेर आउनुस् भनियो । नागरिकता दिइएन ।’

    सोही दिन परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाउनुभएका अध्यक्ष पौडेलले यसबारे मन्त्री देउवाले आश्वासन दिनुभएको सुनाउनुभयो ।

    ‘आजै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासमक्ष यो विषय पनि उठाएका थियौँ’ पौडेलले भन्नुभयो– ‘मन्त्रीज्यूले नेपालका सिडिओलाई सर्कुलर गर्नेछौँ भनेर हामीलाई आश्वासन दिनुभएको छ ।’

    आगामी सेप्टेम्बर ६–७, २०२५ मा मूल प्रवाहको केन्द्रीय समिति बैठक बस्न थालेको जानकारी दिँदै उहाँले यीलगायत विभिन्न विषयमा ठोस निर्णय गरिने जानकारी उहाँले दिनुभयो ।

    सन् १९५० को सन्धि

    अन्तर्वार्ताको क्रममा अध्यक्ष पौडेलले आफूहरू सन् १९५० को सन्धि खारेज हुनुपर्दछ तर खारेज नहुँदासम्म त्यसका प्रावधान कार्यान्वयन हुनुपर्ने माग राख्नुभयो ।

    यस्तो माग दोहोरो प्रकृतिको भएन र भन्ने युगदर्शनको जिज्ञासामा उहाँले भन्नुभयो– ‘दोहोरो हुँदैन । सन् १९५० को सन्धि दुर्ई सार्वभौमसत्तासम्पन्न देशको बिचमा हुन नसक्ने खालको असमान छ । यसलाई तुरुन्त खारेज गरिनुपर्दछ तर यो सन्धि खारेज नहुँदासम्म जुन प्रावधान त्यहाँ छन्; जस्तै : राष्ट्रिय व्यवहारको कुरा, त्यसलाई कार्यान्वयन गरिनुपर्दछ । ती अधिकार प्रयोग गर्न हामीले कञ्जुस्याइँ गर्दैनौँ र गर्नु उचित होइन ।’

    सन्धिप्रदत्त राष्ट्रिय व्यवहारको सन्दर्भमा उहाँले त्यसको प्रयोग मूलतः भारतले नै गरेको बताउनुभयो ।

    ‘नेपालीले भारतमा के राष्ट्रिय व्यवहार पाएका छन् र ? एक सय ८२ दिन बसोबास गरेको प्रमाण भए पाइने आधारकार्डसम्म त नपाएर त्यो अवस्था छ । नेपाली नागरिकता वा पासपोर्टको आधारमा मोबाइलको सिम पाइने भने पनि भारतमा त्यो लागु भएको छैन’ उहाँले भन्नुभयो– ‘तर यहाँ लाखौँ भारतीयले नेपालको नागरिकता नै पाइरहेका छन् ।’

    अध्यक्ष पौडेलले सन् १९५० को सन्धि, त्यसमा व्यवस्था भएको राष्ट्रिय व्यवहारको प्रावधानले नेपाललाई भयानक क्षति पुगिरहेको निष्कर्ष व्यक्त गर्नुभयो ।

    मताधिकार र प्रतिनिधित्व

    परराष्ट्रमन्त्रीलाई बुझाइएको १२ बुँदे ज्ञापनमा विदेशस्थित नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वलाई प्रमुखताका साथ उठाइएको उहाँको भनाइ थियो ।

    ‘विदेशस्थित नेपालीको मताधिकार हाम्रो सङ्गठनको प्रतिष्ठाको विषय हो’ उहाँले भन्नुभयो– ‘यो विषय पनि ज्ञापनपत्रमा सामेल छ । मन्त्रीज्यूले यसको आवश्यक प्रक्रिया मिलाउन केही समय लाग्न सक्छ । फेरि पनि हामी प्रक्रियामा जान्छौँ भन्नुभएको छ ।’

    सार्क मुलुकका नेपालीलाई एनआरएन नमान्ने र यसरी भारतका नेपालीलाई मताधिकार नदिने सरकारको नीतिको उहाँले विरोध गर्नुभयो ।
    उहाँले भन्नुभयो– ‘तेस्रो मुलुकलाई मात्र एनआरएन मान्ने नीति गलत हो । तेस्रो मुलुकका नेपालीलाई जस्तै भारतस्थित नेपालीलाई पनि ती सबै अधिकार दिइनुपर्दछ ।’

    उहाँले यस विषयमा आगामी दिन सशक्त आवाज उठाएर जाने बताउनुभयो ।

    विद्यार्थीको प्रसङ्ग

    अन्तर्वार्ताको क्रममा उहाँले भारतमा रहेका नेपाली विद्यार्थीको बारेमा समेत व्यवस्थित तथ्याङ्क कसैसँग नरहेको जिकिर गर्नुभयो ।

    ‘कति विद्यार्थी भारतमा छन् भन्ने हामीसँग तथ्याङ्क छैन’ नेपाल सरकारसित पनि यस्तो तथ्याङ्क नरहेकोतर्फ इसारा गर्दै उहाँले भन्नुभयो– ‘आगामी दिनमा भारतमा रहेका नेपाली विद्यार्थीलाई सङ्गठित गर्न ठोस योजना बनाउनेछौँ ।’

    पहिलेजस्तो भारतमा धेरै विद्यार्थी नरहे पनि पछिल्लो समयमा विद्यार्थीको सङ्ख्यामा भारतमा पुनः बढेको उहाँले बताउनुभयो ।

    उडिसाको किट युनिभर्सिटीको प्रसङ्गले आफूहरूलाई गम्भीर बनाएको बताउँदै उहाँले यसबारे ठोस काम गरिने बताउनुभयो ।

    मसाल र राजमो सही पार्टी

    अध्यक्ष पौडेलले आफूहरू विशुद्ध सामाजिक सङ्गठन भएको दाबी गर्नुभयो ।

    ‘मूल प्रवाह सामाजिक सङ्गठन हो’ उहाँले भन्नुभयो– ‘तर यसका सदस्यले राजनीतिक चेतना विकास गर्छन् भने हामीले त्यसलाई प्रेरित गर्नेछौँ ।’

    आफूहरू भारतस्थित नेपालीको श्रमपसिना बगाउने नेपालीको प्रतिनिधि सङ्गठन भएको दाबी गर्दै उहाँले भारतका नेपालीको यो अवस्थाका लागि नेपालका सत्ताधारी पार्टीहरू नै जिम्मेवार रहेको किटानी गर्नुभयो ।

    ‘त्यसकारण हामीले नेपालका सत्ताधारी पार्टीलाई समर्थन गर्न सक्दैनौँ । नेपालमा अन्य राजनीतिक पार्टीभन्दा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा नै सही पार्टी हो । यी पार्टीहरू बलियो बने भने हामी भारतस्थित नेपालीका समस्या समाधान हुनेछन् ।’

    दुई सय २० बढी स्थानमा सङ्गठन

    अन्तर्वार्ताको क्रममा उहाँले भारतमा दुई सय २० भन्दा बढी स्थानमा मूल प्रवाहको सङ्गठन रहेको दाबी गर्नुभयो ।

    उहाँले अरुणाचल प्रदेश, जम्मुकस्मिर, उत्तराखण्डलगायत देशैभरि आफूहरू फैलिएको बताउनुभयो ।

    ‘हाम्रो नामै छ नि मूल प्रवाह । हामी भारतस्थित नेपालीका मूल प्रवाह हौँ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

    पछिल्लो समयमा पहिलाजस्तो भारततर्फ जाने नेपालीको सङ्ख्या घटेको स्वीकार गर्दै उहाँले अहिले पनि मूल प्रवाहको सङ्गठन बलियो भएको बताउनुभएको हो ।

    आगामी केन्द्रीय समितिको बैठकबाट होलटाइमर कार्यकर्ताको सङ्ख्या वृद्धि गरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउने उहाँको दाबी थियो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=-KdkewR4f0Y वाच गर्न अनुरोध छ)

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.