• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको : ट्रम्प


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • युक्रेन । युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफुले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

    Advertisement

    वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो ।

    “हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै लामो फोन संवाद गरेका छौँ । यो साँच्चै नै धेरै लामो कल थियो । फोनवार्तामा हामीले इरानसहित धेरै बिषयमा कुरा गर्‍यौँ र हामीले युक्रेनसँगको युद्धको बारेमा पनि कुरा गर्‍यौँ । म छलफलबाट खुसी छैन,” राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा उनीहरूलाई बताउनुभयो ।

    युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुग्नुभएको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “अहँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिन ।”

    अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँच वटा वार्तापछि उहाँले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताउनुभएको थियो ।

    रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उहाँले युद्ध अन्त्यका लागि रूसी नेताको धारणाप्रति निराशा व्यक्त गर्नुभयो । हालैका हप्ताहरूमा उहाँले इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो भने पुटिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाब दिनुभएको थियो ।

    उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गर्नुभएको मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ ।

    क्रेमलिनका सहयोगी युरी उशाकोभले भन्नुभयो, “हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गर्ने बताउनुभएको छ । रुसले यी लक्ष्यहरु त्याग्ने छैन ।”

    मस्कोले लामो समयदेखि युक्रेनमा आफ्नो अधिकतमवादी उद्देश्यलाई द्वन्द्वको ‘मूल कारण’ बाट छुटकारा पाउनको लागि भएको बताउँदै आएको छ, तर, किएभले उसको नाटोको सदस्यता प्राप्त गर्ने महत्वाकाङ्क्षाहरू त्याग्न माग गर्दै आएको छ।

    – डेनमार्कमा जेलेन्स्की –
    युक्रेनमा मस्कोले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता लाखौं मानिसको ज्यान लिइसकेको छ र अहिले रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभागमा नियन्त्रण जमाएको छ ।

    पुटिनले ट्रम्पसँग युक्रेनमा शान्ति स्थापनाका लागि युद्धविराम गर्ने बिषयमा मस्कोले वार्तालाई निरन्तरता दिइरहने बताउनुभएको छ ।

    उशाकोभले भन्नुभयो, ‘उहाँले वार्ता प्रक्रियालाई निरन्तरता दिन रुसी पक्ष तयार रहेको पनि बताउनुभयो । हामी द्वन्द्वको राजनीतिक संवाद र वार्ताबाट समाधान खोजिरहेका छौँ ।

    मस्कोले महिनौँदेखि युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा सहमत हुन अस्वीकार गर्दै आएको छ ।

    किएभ र उसका पश्चिमी सहयोगीहरूले पुटिनले युक्रेनमा रुसको प्रगतिलाई अगाडि बढाउने क्रममा प्रक्रियालाई बाहिर निकालेको आरोप लगाउँदै आएका छन् ।

    रुसको सहयोगी इरानमा अमेरिकाले आणविक आक्रमण गरेपछि पुटिनले मध्यपूर्वका सबै द्वन्द्व ’कूटनीतिक तवरले’ समाधान गरिनुपर्नेमा ट्रम्पसँगको वार्तामा ‘जोड’ दिएको क्रेमलिनले जनाएको छ ।

    वासिङ्टनले पश्चिमी सैन्य सहयोगमा निर्भर रहेको किएभलाई झट्का दिँदै केही हतियार ढुवानी रोक्ने निर्णय गरेको केही दिनपछि यो कुराकानी भएको हो ।

    युक्रेनमा बिहीबार भएको रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको किएभले जनाएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयू) का शीर्ष अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

    जेलेन्स्कीले डेनमार्कमा युरोपेली सङ्घका सहयोगीहरूलाई अमेरिकी सैन्य सहायताको बारेमा उब्जिएको शङ्काले ब्रसेल्स र नेटोसँग अझ बढी सहयोगको आवश्यकतालाई बलियो बनाएको बताउनुभयो ।

    उहाँले किएभले ट्रम्पको ‘बिनाशर्त युद्धविराम’लाई सधैँ समर्थन गरेको पनि बताए ।

    युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्प र जेलेन्स्कीले शुक्रबार एकअर्कासँग कुरा गर्ने योजना बनाएका थिए ।

    बुधबार किएभले ह्वाइट हाउस र पेन्टागनले केही हतियार ढुवानी रोकेपछि त्यसको असरबारे वासिङ्टनसँग स्पष्ट पार्न खोजेका थिए।

    जेलेन्स्कीले भन्नुभएको थियो, ‘युक्रेन, हाम्रो रक्षा र हाम्रा जनताका लागि अमेरिकाको निरन्तर समर्थन हाम्रो साझा हितमा छ ।

    रूसले पश्चिमा देशहरुलाई किएभमा हतियार नपठाउन निरन्तर आग्रह गर्दै आएको छ ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.