पेरिस । हजारौं यात्रिहरूलाई फ्रान्सको एयर ट्राफिक कन्ट्रोलको हड्तालका कारण समस्याको सामना गर्नु परेको छ ।
Advertisement
यस हड्तालका कारण बिहीवार र शुक्रबार फ्रान्समा धेरै उडानहरू रद्द गरिएका छन्, जसको प्रभाव अमेरिकाको अन्य भागहरूमा पनि परेको छ । सस्तो उडान सेवा दिने एयरलाइन रायनएयरले १७० भन्दा बढी उडानहरू रद्द गर्नुपरेको जनाएको छ । जसले ३० हजार भन्दा बढी यात्रिहरूको छुट्टीको योजनामा असर परेको छ ।
फ्रान्सका दुई युनियनहरूले काम गर्ने समयअवधिको माग गर्दै दुई दिने हड्ताल गरिरहेका छन्, जसको कारण पेरिसका मुख्य एयरपोर्टहरूमा एक चौथाई र नाइस एयरपोर्टमा आधा उडानहरू रद्द गर्नुपरेका छन् । फ्रान्सका यातायात मन्त्री फिलिप ट्याबरोटले युनियनहरूको माग र छुट्टिको यो महत्वपूर्ण समयमा हड्तालमा जानको लागि उनीहरूको निर्णयलाई अस्वीकार्य गरेको छ।