• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

समता समाज छुवाछुत निर्मूल हुनुपर्दछ भन्ने सङ्गठन हो : नेपाली (भिडियो अन्तर्वार्ता)


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    जातीय समता समाजका केन्द्रीय सल्लाहकार काँशीराम नेपालीले आफ्नो सङ्गठन नेपाली समाजबाट छुवाछुत निर्मूल हुनुपर्दछ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।

    गार्मेन्ट व्यवसायीसमेत रहनुभएका नेपालीले युगदर्शन मिडियालाई २०८२ असार १८ गते बुधबार भिडियो अन्तर्वार्ता दिँदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    आफ्नै कार्यस्थल काठमाडौँको शङ्खमूलबाट उहाँले भन्नुभयो– ‘जातीय समता समाज भनेको जातका नाम यथावत् रहे पनि छुवाछुत निर्मूल हुुनुपर्दछ भन्ने सङ्गठन हो ।’

    आफ्नो सङ्गठन धनी र गरिबलाई एउटै आर्थिकस्तरमा ल्याउने पक्षमा रहेको उहाँको भनाइ थियो ।

    समता समाजले पहिले सहभोज र मन्दिर प्रवेश कार्यक्रम सञ्चालन गरेको स्मृतिको सन्दर्भमा उहाँले भन्नुभयो– ‘अहिले सहभोजको खास अर्थ देखिन्न । धेरैजसो मान्छेले आम रूपमा सबैकहाँ खाने गर्दछन् ।’

    अन्तर्वार्ताको क्रममा उहाँले जातीय छुवाछुत तथा भेदभाव काठमाडौँमै गम्भीर रूपमा रहेको जिकिरि गर्नुभयो ।

    ‘छुवाछुतको सबैभन्दा अप्ठ्यारो अवस्था काठमाडौँमै छ । काठमाडौँमा हरेक दलितले उपथर राखेर बसेका छन्’ दमाई र सार्कीको सन्दर्भ जोड्दै उहाँले काठमाडौँमा सार्कीलाई बढी हेला गरिने गरेको प्रसङ्गसमेत जोड्नुभयो ।

    सङ्घीयता

    सङ्घीयताको सन्दर्भमा उहाँले दलित समुदायका लागि उचित यो प्रणाली नरहेको स्पष्ट पार्नुभयो ।

    अन्तर्वार्ताको क्रममा उहाँले भन्नुभयो– ‘जुन किसिमको सङ्घीयता आएको छ नेपालमा, सङ्घीयताले देशलाई टुक्रै पार्ने हो, जुटाउने होइन ।’

    समाजको काठमाडौँ जिल्ला अध्यक्षसमेत रहनुभएका नेपालीले सङ्घीयताको भ्रममा नपर्न सम्पूर्ण नेपाली जनतासित आग्रह गर्नुभयो ।

    एकता समाजमा आबद्धता

    आफू दाङको विपन्न वर्गमा जन्मिएको स्मरण गर्दै उहाँले सोही कारणले बाल्यकालमा पढ्न नपाएको र पढ्न नपाएपछि भारततिर रोजगारीका लागि गएको जानकारी दिनुभयो ।

    भारतको लुधियानामा एक जना फणिन्द्र गौैतमसितको सङ्गतले तत्कालीन एकता समाज (हालको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) मा सङ्गठित भएको उहाँको भनाइ थियो ।

    त्यस्तै, भारतमा नेपालीमाथि हुने भेदभावको सन्दर्भमा उहाँले वर्गीय आधारमा त्यस्तो हुने बताउनुभयो ।

    ‘नेपालीमाथि भेदभाव भारतीयले गरेका महसुस भयो तर त्यसमा दुईओटा क्याटोगरीका मान्छे पाइयो’ उहाँले भन्नुभयो– ‘जो तल्लो वर्गको मान्छे छन्, तिनलाई मात्रै बढी भेदभाव हुने, अलि माथिल्लो वा राम्रो काम गर्नेलाई भेदभाव छैन ।’

    गार्मेन्ट व्यवसायमा संलग्नता

    गत डेढ दशकदेखि काठमाडौँमा गार्मेन्ट व्यवसाय सञ्चालन गरिरहनुभएका नेपालीले आफ्नो रुचि सानैदेखि त्यतातर्फ भएको स्वीकार्नुभयो ।

    ‘गार्मेन्टमा मेरो सानैदेखि एउटा लक्ष्य थियो । त्यसैले नेपालमै गएर आफ्नो कला देखाउनुपर्छ भन्ने उद्देश्यले म गार्मेन्टतिरै आकर्षित भएको हो’ उहाँले भन्नुभयो ।

    काठमाडौँमा गार्मेन्ट व्यवसायमा स्थापित हुनुभएका नेपालीले अहिले भने दक्ष कामदारको अभाव भएको गुनासो व्यक्त गर्नुभयो ।

    ‘पहिला कामदारको समस्या थिएन । अहिले कामदारको बढी समस्या छ । राम्रा कामदार वा छोरामान्छे कामदार विदेश जान्छन् ।

    त्यसकारण अधिकांश कम्पनीमा छोरामान्छेभन्दा छोरीमान्छे काम गरेका भेटिन्छन्’ उहाँले आफूले पनि छोरीमान्छे नै कामदारको रूपमा राखेको जानकारी दिनुभयो ।

    गार्मेन्ट व्यवसायमा बजारको कुनै समस्या नरहेको उहाँको दाबी थियो ।

    उहाँले भन्नुभयो– ‘बाह्रै महिना मैले बजारको काम गर्दिनँ, फेरि पनि बजारको अभाव हुँदैन ।’

    यस सन्दर्भमा उहाँले व्यवसायमा इमानदारिताको धेरै नै महत्त्व रहने बताउनुभयो ।

    ‘आफूमा कत्तिको इमानदारिता छ भन्ने प्रमुख कुरा हो । कोही हुन्छन् नि, केही अर्डर हजुरले दिनुभयो । अर्डर दिने बेलामा एउटा दियो, स्याम्पल देखायो, डिलिभरी दिने बेलामा अर्को दियो भने त्यस्ताको बजार हुँदैन’ उहाँको अनुभूति थियो ।

    उहाँले व्यवसायमा आउन चाहनेप्रति लक्षित गर्दैै भन्नुभयो– ‘गर्न सक्ने र गर्छु भन्ने मान्छेका लागि यहाँ १२ घण्टा गर्छ भने विदेशमा गएर १८ घण्टा काम गर्नुपर्दैन, स्वदेशमै फाइदा छ । स्वदेशमै बस्नुपर्छ, स्वदेशमै काम गर्नुपर्छ ।’

    गार्मेन्ट क्षेत्रमा चाइनिज, बङ्गलादेशी र नेपाली कच्चा पदार्थ उपयोग हुने गरेकोमा बढी भारतीय कच्चा पदार्थ प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै, सरकारले सिटिइभिटीमार्फत सबै क्षेत्रको तालिम दिइरहँदा गार्मेन्ट क्षेत्रको तालिम नदिएकोमा उहाँले आलोचना गर्नुभयो ।

    दलितको इसाईकरण

    दलित समुदाय आफ्नो उद्धारको नाममा क्रिस्चियन (इसाई) धर्मप्रति आकर्षित भएको सन्दर्भ जोड्दा उहाँले ठोकुवा गर्नुभयो–

    ‘क्रिस्चियन धर्मले उद्धार त हुँदै हुँदैन तर समाजमा विभाजन पक्कै ल्याउँछ । यसको विरोध गर्नुपर्दछ ।’

    क्रिस्चियन धर्म प्रचारकले एकतर्फी प्रचार बाँडिरहेको उहाँको आरोप थियो ।

    उहाँले भन्नुभयो– ‘क्रिस्चियनहरू सबै बिग्रेका कामभरि अरूलाई जिम्मा दिन्छन्, नराम्रोभरि यिसुकहाँ लगेर छोडिदिन्छन् ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/@yugdarshan2076 वाच गर्नुहोला)

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.