• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

इरानमाथिको आक्रमणबाट अमेरिकालाई फाइदा नभएको खामेनेईको भनाइ


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाले आफ्नो परमाणु केन्द्रलाई ध्वस्त पार्ने गरी आक्रमण गरेको दाबी गरे पनि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकालाई कुनै फाइदा नभएको बताएका छन् ।

    Advertisement

    जुन २४, २०२५ का दिन इजरायलसँग युद्धविराम सहमति भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै इरानी नेताका खामेनेईले सो दाबी गर्नुभएको हो ।

    उहाँले अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रम बिथोल्नेतर्फ कुनै ठुलो उपलब्धि हासिल नभएको बताए बरु आफ्नो देशले कतारस्थित अमेरिकी हवाई सैन्य अखडामा गरेको जबाफी आक्रमणले गम्भीर धक्का पुऱ्याएको उनले दाबी गरे ।

    यसअघि, राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी आक्रमणले इरानका तीन महत्त्वपूर्ण परमाणु केन्द्रहरू पूर्ण सखाप भएको बताएका थिए ।

    पेन्टागनको खुफिया निकायले गरेको प्रारम्भिक विश्लेषणमा इरानी परमाणु क्षमतामा खासै हानि नभएको भनेर अमेरिकी सञ्चारमाध्यममा हालै चुहाइएको विवरणलाई ट्रम्पले अस्वीकार गर्दै आक्रोश प्रकट गरेका थिए ।

    फोर्दोको भूमिगत केन्द्रमा अमेरिकाले शक्तिशाली बङ्कर बस्टर बम खसालेको थियो ।

    इरान के भन्छ ?

    जुन १३ मा इजरेलसँग प्रत्यक्ष लडाइँ सुरु भएदेखि सार्वजनिक रूपमा ओझेल परेका खामेनेइले जुन २६ बिहीबारका दिन टेलिभिजन सम्बोधन गर्दै एक साता लामो उनको मौनता तोडेका थिए ।

    उनी सीमित सञ्चार सम्पर्कका साथ कुनै बङ्करमा बसिरहेको ठानिएको छ । उनले कहाँबाट सम्बोधन गरे भन्ने पनि इरानी अधिकारीले खुलाएका छैनन् ।

    बिहीबारको सम्बोधनमा खामेनेईले इरानमा फेरि आक्रमण भए मध्यपूर्वका अमेरिका अखडामा थप आक्रमण गर्ने धम्की दिए ।

    ट्रम्पले इरानको परमाणु केन्द्रमा भएको आक्रमणको क्षतिलाई बढाइचढाइ गरेको उनले दाबी गरे ।

    ‘तिनले केही हासिल गरेनन् अनि कुनै उद्देश्य पूर्ति भएनन्’ कतारस्थित अमेरिकी अखडामा इरानले गरेको आक्रमणलाई इङ्गित गर्दै उनले भने– ‘यो घटना भविष्यमा दोहोरिन सक्छ । यदि (इरानमाथि) कुनै आक्रमण गरिए दुस्मनका निम्ति मूल्य चर्को हुनेछ ।’

    सिबिसी न्युजका अनुसार इरानलाई फेरि वार्ताको टेबलमा फर्काउन ह्वाइट हाउसले कैयन् विकल्पबारे सोचविचार गरिरहेको छ, जसमा इरानको गैरसैनिक परमाणु कार्यक्रमलाई लगानी जुटाउन सहयोग गर्ने उपाय पनि रहेको छ तर इरानका विदेशमन्त्रीले बिहीबार इरानी टेलिभिजनसँग बोल्दै अमेरिकासँग वार्ताको कुनै योजना नभएको बताए ।

    इरानले आफ्नो परमाणु कार्यक्रम गैरसैनिक प्रकृतिको भएको र परमाणु अस्त्र बनाउने योजना नभएको भन्दै आएको छ । (बिबिसी)

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.