नयाँ दिल्ली । भारतमा संविधान जारी भएको ७६ वर्षपछि धर्म निरपेक्षमाथि बहस उठेको छ । सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था मानिने राष्ट्रिय स्वयंसेवक संघका महासचिव दत्तात्रय होसबालेको तर्फबाट बिहीबार आएको एक वक्तव्यले भारतीय राजनीतिक वृत्त तरंगित भएको छ ।
भारतको संविधानका पिता बाबा साहेब भीमराव अम्बेडकरले बनाएको भारतीय संविधानको प्रस्तावनामा समाजवाद र धर्मनिरपेक्ष भन्ने शब्द थिएनन् । इमरजेन्सीको बेलामा देशमा समाजवाद र धर्मनिरपेक्ष यी शब्द घुसाइएको होसबालेले वक्तव्यमा लेखेका छन् ।
भारतको संविधान सन् १९४९ जनवरीमा निर्माण भएको थियो भने सन् १९७७ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा संकटकाल घोषणासँग देशमा समाजवाद र धर्मनिरपेक्ष लागु गरिएको थियो । भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र उल्लेख छ ।
भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भाजपाका अधिकांश नेताहरु आरएसएसबाटै स्थापित भएका हुन् । आरएसएसले भारतलाई हिन्दूराज्य बनाउनुपर्ने विषय वकालत गर्दै आएको छ ।