खलङ्गा । प्युठान जिल्ला प्युठान नगरपालिका वडा नं. ७ पुण्यखोलाको क्षेत्रविकास माध्ययमक विद्यालयमा ‘देश कि विदेश’ अभियान सम्पन्न भएको छ ।
Advertisement
अखिल (छैठौं) प्युठान जिल्ला समितिद्वारा सञ्चालित सो अभियान २०८२ असार ९ गते सोमबार सो स्थानमा पुगेको हो ।
जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा २१ सदस्यीय एकाइ समिति गठन गरिएको छ ।

समितिको अध्यक्षमा सन्तोष नेपाली तथा उपाध्यक्षमा मनिषा सुनार, सचिवमा अमन सुनार, सहसचिवमा ममता सुनार र कोषाध्यक्षमा समीर नेपाली रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन जिल्ला समितिकी सदस्य माया घर्तीले गर्नुभएको थियो ।
