खलङ्गा । प्युठानको जुम्रिकाँडामा अखिल (छैठौं) को ‘देश कि विदेश’ कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
प्युठान नगरपालिका–५ जुम्रिकाँडास्थित सिद्ध माध्यमिक विद्यालयमा २०८२ असार ८ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अखिल (छैठौं) प्युठानका अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्व रहेको सो अभियानमा जिल्ला समितिका सदस्य सागर सुनार र अखिल नेपाल युवक सङ्घ प्युठानका भिरेन्द्र विकको पनि आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रशान्त सुनार अध्यक्ष रहनुभएको ७७ सदस्यीय एकाइ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा सिर्जना विक, सचिवमा रामसरी बुढा, सहसचिवमा कमल न्यौपाने र कोषाध्यक्षमा निर्मला परियार रहनुभएको छ ।
