खलङ्गा । देशमा नै अवसर खोज्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ अखिल (छैठौँ) जिल्ला समिति प्युठानले सञ्चालन गर्दै आएको ‘देश कि विदेश’ अभियान मल्लरानीको चौरपानीमा पुगेको छ ।
अखिल (छैठौं) २०८२ असार ६ गते शुक्रबार चौरपानीको शारदा माध्यमिक विद्यालय पुगेको हो ।

कार्यक्रमको मूल उद्देश्य विद्यार्थीमा राष्ट्रिय जिम्मेवारीबोध, विकल्पको पहिचान तथा देशमै केही गर्ने मनोवृत्ति विकास गर्नु रहेको अखिल (छैठौं) ले जनाएको छ ।
सो अवसरमा मन्तव्य राख्दै अभियानका संयोजक तथा अखिल छैठौँ जिल्ला समिति प्युठानका अध्यक्ष बसन्त राज गोराथोकीले भन्नुभयो– ‘देशमै पनि सपना देख्न सकिन्छ । सपना पूरा गर्न सकिन्छ । हामी हिजो हिँड्न डराउने थियौँ, आज सङ्गठित भएर अघि बढिरहेका छौँ । यही नै परिवर्तनको बाटो हो ।’

अभियानमा अखिल (छैठौँ) जिल्ला समिति सदस्य सदीक्षा पोख्रेल अतिथि हुनुहुन्थ्यो भने अभियानको सञ्चालन अखिल (छैठौँ) जिल्ला समिति सदस्य विपिसा परियारले गर्नुभएको थियो ।
