• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युद्धमा अमेरिका होमिए दुर्दशा निम्तिने इरानको चेतावनी


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । इरानका उपविदेशमन्त्री सइद खतिबजादेहले इजरायली हमलामा अमेरिका सामेल भए त्यसले सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने चेतावनी दिएका छन् । बिबिसीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    Advertisement

    खतिबजादेहले यो अमेरिकाको युद्ध नभएको भन्दै यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे उनलाई आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने एक राष्ट्रपतिका रूपमा सदा स्मरण गरिने उनको दाबी थियो ।

    अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई दलदलमा परिणत गर्ने, निरन्तर आक्रामकता भइरहने अनि बर्बर ज्यादतीको अन्त्यमा ढिलाइ हुने पनि बताए ।

    ट्रम्पको दुविधा

    दक्षिण इजरायलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि उनको टिप्पणी आएको हो । इरानी सञ्चारमाध्यमले अस्पताललाई नभई नजिकैको सैन्य इलाकामा निसाना दागिएको विवरण दिएका छन् ।

    इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हमलामा ७१ जना घाइते भएका छन् ।

    इजरेलको सेनाले इरानका परमाणु संरचनामा हमला गरिरहेको बताएको छ, जसमा अराकस्थित निष्क्रिय हेभी वाटर रियाक्टर तथा नतान्ज केन्द्र रहेका छन् । तेहरानले इजरेलद्वारा भएका आक्रमणमा उसको हताहतीबारे अद्यावधिक विवरण दिएको छैन ।

    बिहीबार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने कि नहुने भन्नेबारे आगामी दुई साताभित्र निर्णय लिने बताएको छ ।

    ‘निकट भविष्यमा हुन पनि सक्ने/नहुन पनि सक्ने इरानसँगको वार्ताको सम्भावना अझै उल्लेखनीय रहेको तथ्यका आधारमा मैले दुई साताभित्र (युद्धमा सामेल हुने कि नहुने) निर्णय लिने छु’ ट्रम्पले दिएको सन्देश ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उद्धृत गरिन् ।

    इरानका लागि कूटनीति पहिलो रोजाइ

    उपविदेशमन्त्री खतिबजादेहले कूटनीति पहिलो रोजाइ भएको तर बमबारी भइरहेको बेला कुनै वार्ता थाल्न नसकिने बताए ।

    इरानले इजरेलमा गरिरहेको हमलालाई उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको आर्टिकल ५१ अन्तर्गतको आत्मरक्षाको सङ्ज्ञा दिए ।

    जुन १३ मा इजरेलले इरानी परमाणु केन्द्रमा आक्रमण गरेर अनि कैयन् उच्च जेनरल तथा परमाणु वैज्ञानिकको हत्या गर्दा आफ्नो देश कूटनीतिक प्रयासको माझमा रहेको उनले औँल्याए । उनले इरान र अमेरिकाबिच ओमानको मध्यस्थतामा भइरहेको वार्ताप्रति इङ्गित गरेका हुन् ।

    इरानले परमाणु सम्झौता स्वीकारेको भए द्वन्द्व नहुने भनेर राष्ट्रपति ट्रम्पले गरेका टिप्पणीबारे प्रतिक्रिया दिँदै खतिबजादेहले इजरेलले इरानमाथि आक्रमण गरेर भाँड्नु अगाडि आफ्नो देश वार्तामै रहेको बताए ।

    ‘हामी मस्कट (ओमानको राजधानी) मा छैटौँ चरणको वार्ता गर्ने योजनामा थियौँ । वास्तवमा हामी सम्झौताको संघारमा पुगेका थियौँ’ उनले भने– ‘अरूले भन्दा यो कुरा राष्ट्रपति ट्रम्पलाई राम्रोसँग थाहा थियो कि हामी सम्झौताको नजिक पुगेका थियौँ ।’

    ट्रम्पले सामाजिक सञ्जालमा गर्ने भ्रमपूर्ण र विरोधाभासयुक्त टिप्पणीको पनि उनले भर्त्सना गरे ।

    अमेरिकी विशेषदूत स्टिभ विटकफ तथा इरानी विदेशमन्त्री अब्बास अरागचीबिच गत शुक्रबार यता कैयन्पटक फोन कुराकानी भएको रोएटर्सले जनाएको छ ।

    परमाणु बम निर्माणको अन्तिम घडीमा इरान पुगिसकेको भन्ने इजरायली दाबीलाई पनि खतिबजादेहले अस्वीकार गरे ।

    अनुमानको भरमा युद्ध छेड्ने कुरा गलत भएको भन्दै उनले अगाडि भने– ॅयदि हामीलाई परमाणु बम चाहिएको थियो भने हामीले पहिले नै बनाइसक्थ्यौँ ।’

    यसबिच, युरोपेली विदेशमन्त्रीले इरानी समकक्षी अब्बास अरागचीलाई शुक्रबार जेनेभामा भेटेर तनाव मत्थर पार्नेबारे कुराकानी गर्न लागेका विवरण आएका छन् ।

    इजरेलले आक्रमण गरेपछि पहिलोपटक इरानी विदेशमन्त्रीसँग ब्रिटेन, जर्मनी, फ्रान्स, अनि युरोपेली युनियनकी वरिष्ठ कूटनीतिज्ञले प्रत्यक्ष वार्ता गर्न लागेका हुन् । (बिबिसी)

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.