• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • सिक्का (इन्डोनेसिया) । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडान बुधबारका लागि रद्द गरिएको अधिकारीले बताएका छन् ।

    Advertisement

    पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकीलाकीमा मङ्गलबार विस्फोट भएपछि अधिकारीले यसको सतर्कतास्थिति चारस्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।

    “पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकीलाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ” विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा बताएको छ ।

    रद्द गरिएका उडानमा अस्ट्रेलियाका सहरमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवा समावेश छन् । त्यस्तै एयर इन्डिया, एयर न्युजिल्यान्ड, सिङ्गापुरको टाइगर एयर र चीनको जुनेयाओ एयरलाइन्सले पनि ज्वालामुखीका कारण उडान रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ ।

    जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा बाली जाने र आउने उडान रद्द भएको पुष्टि गरेको छ ।

    “पूर्वानुमानले आज रातिसम्म खरानीको बादल सफा हुने अपेक्षा गरिएको छ । नतिजाका रूपमा आज दिउँसोका उडान आज साँझपछि सञ्चालन गर्न ढिलाइ हुनेछ” जेटस्टारले भन्यो ।

    फ्लोर्समा लोकप्रिय पर्यटकीय हटस्पट लाबुआन बाजोका लागि प्रस्थान गर्ने धेरै घरेलु एयर एसिया उडान पनि रद्द गरिएका छन् ।

    बालीको नगुराह राई विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय मार्गमा टापुभित्र र बाहिरका ३२ ओटा उडान रद्द गरिएको बताएको छ ।

    विमानस्थलका एक ग्राहक सेवा एजेन्टका अनुसार उडान रद्द भए पनि उड्डयन हब अझै पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

    ‘यो मार्ग र एयरलाइन्समा पनि निर्भर गर्दछ’ नाम उल्लेख गर्न नमान्ने ती एजेन्टले भने ।

    फ्लोरेस टापुको माउमेरे नजिकैको अपेक्षाकृत सानो विमानस्थल फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल बिहीबार बिहानसम्म बन्द गरिएको अधिकारीले सामाजिक सञ्जालमा बताएका छन् । (रासस/एएफपी)

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.