• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार दिने


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • तम्घास, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए लिएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद १ लाख ५१ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    Advertisement

    २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

    यस्तै, ३.९९ देखि ३.९० जीपीए ल्याउने विद्यार्थीले ५१ हजार प्राप्त गर्नेछन् भने ३.८९ देखि ३.८० जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई २५ हजार पुरस्कार दिइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

    उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न र भविष्यमा अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन पुरस्कार योजना ल्याइएको उनले बताए । यो योजनाले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

    गाउँपालिकाले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने बताएको छ । पालिकाले ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालय, विद्यार्थी र समुदाय लक्षित कार्यक्रमलाई थप सुदृढ गर्दै लैजाने नीति प्रस्तुत गरेको छ ।
    गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई मा ३.२ जीपीएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    यस्तै उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच विस्तार गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकामा रहेको एकमात्र क्याम्पस दिगाम आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई मासिक शुल्क गाउँपालिकाले बेहोर्ने कार्यक्रम पनि यथावत् राखिने भएको छ ।

    शैक्षिक विकासलाई प्राविधिकतर्फ समेत लैजाने योजनाअनुसार छत्रकोट गाउँपालिका वडानम्बर–४ मा अवस्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन सञ्चालन गर्न आवश्यक पहल थालिने भएको छ ।

    गाउँपालिकाले यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास लिएको छ ।

     

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.