• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इजरायल–इरान द्वन्द्व : पछिल्लो घटनाक्रम


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • जेरुसेलम । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे तापनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै कट्टर शत्रुहरूले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो ।

    पछिल्ला घटनाक्रमहरू : –

    घातक इरानी आक्रमण– इजरायली आपत्कालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन् ।

    आइतबार बिहान जेरुसेलम र तेल अभिवमा हवाई आक्रमणको साइरन र धमाकाको आवाज सुनिएको थियो । इजरायली सेनाले लाखौँ इजरायली देशभरि दर्जनौँ सहर र समुदायहरूमा ॅसाइरनको आवाजले शरणका लागि भागिरहेको’ बताएको छ ।

    संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतका अनुसार इरानमा इजरायली हमलाको पहिलो लहरमा ७८ जनाको मृत्यु भएको र तीन सय २० जना घाइते भएका छन् । तर इरानी अधिकारीहरूले आइतबार बिहानसम्म अद्यावधिक संख्या प्रदान गरेका छैनन् । इरानले इजरायली लडाकू विमानहरूले इन्धन भर्न प्रयोग गर्ने स्थानहरूमा पनि आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले आइतबार बिहान जनाएको छ ।

    इजरायलले आफ्‌नो इलाकातर्फ छोडिएका सात ड्रोन रोकेको र इरानमा थप आक्रमण गर्दै आक्रमणहरू रोक्न काम गरिरहेको बताएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलमाथि धेरै मिसाइल प्रहार गरेको बताएका छन् ।

    इजरायलले लक्ष्य विस्तार गर्दै –

    इरानी सैन्य र आणविक सुविधाहरूलाई लक्षित गरेर शीर्ष अधिकारी र वैज्ञानिकहरूको हत्या गरेपछि इजरायलले हवाई प्रतिरक्षा र तेल पूर्वाधारमा लक्ष्य विस्तार गरेको छ । इजरायली आक्रमणले तेहरानमा दुईवटा इन्धन भण्डारमा प्रहार गरेको इरानी तेल मन्त्रालयले आइतबार जनाएको छ ।

    एएफपी पत्रकारहरूले इरानी राजधानीको उत्तरपश्चिम सहरानमा रहेका तेल भण्डारहरूमा आगो देखेको रिपोर्ट गरेका छन् । शनिबार इजरायली सेनाले तेहरान क्षेत्रमा हवाई प्रतिरक्षालाई लक्षित गरेको आक्रमणको लहर घोषणा गरेपछि इरानमा दर्जनौँ मिसाइल प्रक्षेपकहरूमाथि आक्रमण गरिरहेको बताएको थियो ।

    इरानी समाचार एजेन्सी तस्निमले आइतबार बिहान इजरायली आक्रमणले तेहरानमा रहेको देशको रक्षा मन्त्रालयको मुख्यालयलाई पनि लक्षित गरेको र यसको एउटा भवनलाई क्षति पुर्‍याएको बताएको छ । रक्षा मन्त्रालयले यसबारे टिप्पणी गरेको छैन ।

    असफल आणविक कूटनीति –

    तेहरानले शनिबार संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थासँगको आफ्‌नो सहयोग सीमित गर्ने वाचा गरेपछि इजरायली आक्रमणमाथि उसको मौनताको आलोचना गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताउनुभएको छ ।

    “यो पूर्ण रूपमा स्पष्ट छ कि इजरायली शासनले आणविक मुद्दामा कुनै सम्झौता चाहँदैन । यो वार्ता चाहँदैन र कूटनीति खोज्दैन”, अराघचीले विदेशी कूटनीतिज्ञहरूलाई भन्नुभयो । उहाँले शुक्रबार गरिएको आक्रमण ॅकूटनीतिलाई कमजोर पार्ने र वार्तालाई लिकबाट हटाउने प्रयास’ भएको बताउनुभयो ।

    इरानको आणविक कार्यक्रममा सम्झौतामा पुग्न तेहरान र वासिङ्टनबीच चलिरहेको वार्ताको बीचमा कट्टर शत्रुहरूबीच अहिलेसम्मकै सबैभन्दा भीषण गोलीबारी भएको छ । इजरायली आक्रमणअघि दुबै पक्षले आइतबार ओमानमा छैटौँ चरणको वार्ता गर्ने तयारी गरेका थिए ।

    इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार जबसम्म इजरायलले इरानमा आक्रमण जारी राख्छ तबसम्म तेहरानले अमेरिकासँग आणविक वार्तामा भाग नलिने बताउनुभयो । पश्चिमी सरकारहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ ।

    अन्तर्राष्ट्रिय चिन्ता–

    अन्य राष्ट्रहरूले संयम अपनाउन र ठूलो द्वन्द्वविरुद्ध चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार फोनवार्तामा इरान र इजरायलबीचको द्वन्द्व ‘अन्त्य हुनुपर्छ’ भन्ने कुरामा सहमत भएको बताउनुभएको छ । तर आइतबार बिहान ट्रम्पले इरानलाई तेहरानको आणविक र गुप्तचर सुविधाहरूमा इजरायलको आक्रमणसँग वासिङ्टनको ‘कुनै सम्बन्ध छैन’ भनेर दोहोर्‍याउँदै यदि इरानले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेमा उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ अनुभव गर्ने चेतावनी दिनुभयो ।

    तेहरानको नजिकको सहयोगी तर इरानको कट्टर शत्रु अमेरिकाको रणनीतिक साझेदार इराकले क्षेत्रीय तनावमा पर्नबाट रोक्नका लागि इरानी र अमेरिकी सरकारलाई सम्पर्क गरेको छ । –रासस

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.