• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ट्रम्पको धम्कीका बाबजुद अमेरिकामा विरोध प्रदर्शन फैलिँदै


  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • लस एन्जलस । कडा अध्यागमन रणनीतिका विरुद्ध अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै गएको छ । यस क्रममा लस एन्जलसमा दैनिक प्रदर्शनमा तीव्रता आएको हो ।

    Advertisement

    क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानुनी लडाइँको तयारी गरिरहेको छ ।

    अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो ।

    सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकलाई क्षति पुऱ्याउन अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रातको कर्फ्यु लगाइएको थियो ।

    ‘म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठिकै छ’ ६६ वर्षीय सेवानिवृत्त स्कुलशिक्षक एवम् प्रदर्शनकारी लिन स्टर्गिसले भन्नुभयो– ‘हाम्रो सहरमा आगो लागेको छैन । यो जलिरहेको छैन । जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।’

    देशमा अवैध रूपमा आप्रवासीलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शन भड्किएका थिए ।

    सेल्फ ड्राइभिङ ट्याक्सी जलाउने र प्रहरीमाथि ढुङ्गा फ्याँक्नेलगायतका हिंसाका घटना लस एन्जलस प्रहरी विभागका आठ हजार पाँच सय अधिकारीले पहिले सामना नगरेको केही पनि थिएन ।

    वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोली प्रहार गरेपछि रातिको कर्फ्यु घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताउनुभयो ।

    कागजातविहीन आप्रवासीको आक्रमण भएको दाबी गर्नेसँग लड्ने बाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जित्नुभएको थियो ।

    गभर्नर गेभिन न्युसमको आपत्तिका बाबजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पुँजी बनाउने अवसर कब्जा गरेको बताइएको छ । दशकौँमा पहिलोपटक अमेरिकी राष्ट्रपतिले लिएको पहिलो यस्तो कदम हो ।

    ‘हामीसँग सुरक्षित देश हुनेछ’ उहाँले वासिङ्टनमा लेस मिजरेबल्सको प्रदर्शनमा जाँदै गर्दा पत्रकारलाई भन्नुभयो– ‘लस एन्जलसमा के हुने थियो, त्यो हुन दिने छैनौँ । याद गर्नुहोस् यदि म त्यहाँ नभएको भए… लस एन्जलस जमिनमा जलिरहेको हुने थियो ।’

    ट्रम्पले तैनाथ गरेका चार हजार सात सय सैनिकमध्ये करिब एक हजार जना सक्रिय रूपमा सुविधाको सुरक्षा गरिरहेको र आइसिई एजेन्टसँग मिलेर काम गरिरहेको अपरेसनको नेतृत्व गरिरहेका आर्मी नर्थका डिप्टी कमान्डिङ जनरल स्कट सेरम्यानले बताउनुभयो ।

    बाँकी सात सय सक्रिय ड्युटी मरिनसहित भेला भएका वा नागरिक अशान्तिको सामना गर्न भेला भइरहेको वा प्रशिक्षण लिइरहेको उहाँले जानकारी दिनुभयो ।

    पेन्टागनले यो तैनाथीले करदातालाई १३ करोड ४० लाख डलर खर्च हुने बताएको छ ।

    सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि व्यापक रूपमा हेरिएका डेमोक्रेट गभर्नर न्युसमले ट्रम्पमाथि राजनीतिक लाभका लागि द्वन्द्व बढाउन खोजिरहेको आरोप लगाउनुभएको छ ।

    ‘लोकतन्त्र हाम्रो आँखामुनि आक्रमणमा परेको छ’ भन्दै उहाँले मङ्गलबार आफ्नो राज्यको सीमाभन्दा बाहिर अभूतपूर्व सैन्यीकरण सर्ने चेतावनी दिनुभयो ।

    क्यालिफोर्नियाका वकिलहरू बिहीबार अदालतमा सैनिकलाई अध्यागमन अधिकारीसँग आप्रवासीलाई गिरफ्तार गर्दा साथ दिनबाट रोक्न आदेश माग्ने अपेक्षा गरिएको थियो ।

    ट्रम्प प्रशासनका वकिलले यो आवेदनलाई कच्चा राजनीतिक नाटक भनेका छन् । (रासस/एएफपी)

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • २.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • ३.
      सुनसरी घटनाको सन्दर्भमा

    • ४.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ५.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ६.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ७.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ८.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.