अर्घाखाँची । अखिल (छैठौं) ले अर्घाखाँचीको भूमिकास्थानस्थित विश्व माध्यमिक विद्यालयमा सांस्कृतिक सभा आयोजना गरेको छ।
जेठी पूर्णिमाको अवसरमा अखिल (छैठौं) विश्व माध्यमिक विद्यालय मूल इकाई समितिको आयोजनामा सांस्कृतिक सभा सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव तथा जनगायक हेमराज आश्रमले विभिन्न सांस्कृति प्रस्तुतीहरू दिनुभएको थियो । उहाँलाई रक्तिमका स्थानीय कलाकारहरूले जोशिलो नृत्यमा साथ दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्था नगरपालिकाका नगर प्रमुख झविलाल थापा, अखिल नेपाल महिला संघकी उपाध्यक्ष कमला बेलबासे, अखिल (छैठौं) का महासचिव पुरन पोख्रेल र केन्द्रीय सचिव जीवन नेपालीले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीसँगै स्थानीय अभिभावक र राजमोका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।
