• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाली र चिनियाँ भाषाका १३/१३ कृति एकदोस्रोमा अनुवाद हुँदै


  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली र चिनियाँ भाषाका १३/१३ कृति एकदोस्रो भाषामा अनुवाद हुने भएको छ ।

    Advertisement

    नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सो निर्णय भएको हो ।

    दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्रअनुरूप नेपाली साहित्यका १३ कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेसनबिच सम्झौता भएको थियो ।

    सम्झौताअनुसार लक्ष्मीप्रसाद देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह”, दौलतविक्रम विष्टको “चपाइएका अनुहार”, भीष्म उप्रेतीको “हिमाल, शेर्पा र यति”, बाबुराम आचार्यको “नेपालको सङ्क्षिप्त वृत्तान्त”, डा. हर्क गुरुङको “मैले देखेको नेपाल”, ध्रुवचन्द्र गौतमको “अलिखित”, डा. राजु अधिकारीको “यस्तो होस् जीवनशैली”, सरुभक्तको “चुली”, सुलोचना मानन्धरको “जीवनबाट जीवन सिकौँ”, सत्यमोहन जोशीको “कलाकार अरनिको”, मन्जुलको “जाने होइन दाइ आलापोट ?”, जनकलाल शर्माको “हाम्रो समाज : एक अध्ययन” र डोरबहादुर विष्टको “सबै जातको फूलबारी” छनोटमा परेको छ ।

    चिनियाँ भाषाका १३ कृति नेपालीमा अनुवाद हुने

    त्यसैगरी, चिनियाँ १३ ओटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ ।

    “रिडिङ गाइड फर सी चिनफिङ थट अन सोसलिज्म विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यू एरा”, “सेभेन्टी इयर्स अफ न्यू चाइना”, “द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन”, “द एनोटेटेड क्रिटिकल लाओजी”, “सेलेक्टेड स्टोरिज अफ जिया दसान”, “ह्वाई एन्ड हाउ द सिपिसी वर्क्स इन चाइना”, “ह्वाइट डिअर प्लेन”, “रेड सर्गम”, “ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी”, “द स्ट्र हाउस”, “द म्याजिक गर्ड”, “इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज” र “अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर” छनोट भएको प्रतिष्ठानले जनाएको छ ।

    पुस्तक अनुवाद गर्न नेपाल–चीन संयुक्त विज्ञ समिति पनि गठन भएको छ । त्यसको अध्यक्ष प्रतिष्ठानका कुलपति डा. भूपाल राई हुनुहुन्छ ।

    त्यसैगरी, सदस्यमा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी (प्रकाशनको काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी (प्राज्ञिक काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी (अनुवाद कार्यको संयोजन गर्ने गरी) र डा. सर्वोत्तम श्रेष्ठ (अनुवादक तथा चिनियाँ भाषाविज्ञ) हुनुहुन्छ ।

    त्यसैगरी, अनुवादको सचिवालय संयोजकमा डा. सुशील प्रजापति (चिनियाँ भाषा विज्ञ), सदस्यमा सबिना महर्जन (चिनियाँ अनुवादक) र प्रतिष्ठानका अधिकृत रवीन्द्र तिमसेना रहनुभएको छ ।

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.