• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

खपाङ्गीको ‘तरेलीका पिपिराहरू’ सार्वजनिक


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । बेलबारी साहित्य विकास समिति,मोरङले पूर्व प्रधानाध्यापकसमेत रहनुभएका साहित्यकार शेरबहादुर खपाङ्गीको ‘तरेलीका पिपिराहरू’ कविता सङ्ग्रह सार्वजनिक गरेको छ ।

    Advertisement

    २०८२ जेठ १७ गते शनिबार आयोजित एक औपचारिक कार्यक्रममाझ सो कृति सार्वजनिक गरिएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले कवि खपाङ्गी अहिले पनि गुरु भएर पाठकलाई राष्ट्रप्रेम, देशभक्ति सिकाइरहेको बताउनुभयो ।

    ‘विदेश मात्र जाने तथा आफू जन्मेको/हुर्किएको गाउँठाउँलाई छाडेर सुविधासम्पन्न सहरतिर बसाइँ सर्नुले हामीले जन्मथलोलाई माया गरेको ठहर्दैन’ उहाँले यसले गर्दा देशभक्ति भावना कमी हुँदै गइरहेको दाबीसमेत गर्नुभयो ।

    कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या सबैभन्दा धेरै रहेको अर्थात् खोटाङको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहनु खोटाङवासीका लागि अँध्यारो पाटो भएको उहाँको धारणा थियो ।

    आफ्नो जमिन हुनेहरूले त्यहाँ गएर केही न केही लगानी गर्न नगरप्रमुख राईले आग्रह गर्नुभयो ।

    कवि खपाङ्गीको पहिलो कवितासङ्ग्रहका कविताले जन्मेको माटो, ताते गरेको बाटो र संस्कार, संस्कृतिको पाटोलाई सरल भाषामा बोलेका, वैचारिक दृष्टिकोणले कविता प्रगतिशील रहेका तथा उमेरभन्दा पनि विचार र सक्रियताले व्यक्ति युवा हुने हुँदा ७६ वर्षीय कवि खपाङ्गी युवाकवि भएको समीक्षक ईरानराईले बताउनुभयो ।

    कार्यक्रममा बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले ‘तरेलीका पिपिराहरू’ भित्रकै ‘बिर्सिन सक्दिनँ’ कविता वाचन तथा सङ्गीतकर्मी शेखर थापामगरले कृतिभित्रकै ‘जूनकिरी नानी’ बालकवितालाई गीत बनाएर गाउनुभएको थियो ।

    कार्यक्रममा टेकराज एक्चाइमगरले कृतिभित्रका मगरभाषाका तीन कविताको टिप्पणी मगरभाषामै गरी मगरभाषाकै ‘कलाकारिता’ कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा आफू विद्यार्थी छँदैदेखि महाकवि देवकोटा र कविशिरोमणि पौड्यालका कविताबाट प्रभावित भएको, अलिक रउसे भएकाले साहित्य, सङ्गीतमा भाग लिइरहेको र पहाड खोटाङबाट बेलबारी, मोरङमा बसाइँ सरी आएपछि साहित्यिक वातावरण र सङ्गत पाएकोले कवितासङ्ग्रह प्रकाशन गर्न सकेको कवि खपाङ्गीले बताउनुभयो ।

    कार्यक्रमका अतिथिमा वरिष्ठ साहित्यकारहरू हर्कमान तामाङ, मधु गुरुङ, जेबी थुलुङ, छवि वैरागी, धनजित पराजुली, यज्ञ सुवेदी सुसेली, गायक सञ्जीव धिमाल तथा क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइराला र पूर्व शिक्षक बसन्त श्रेष्ठ हुनुहुन्थ्यो ।

    कार्यक्रमको अध्यक्षता अध्यक्ष रमेश निरौलाले, स्वागत मन्तव्य उपाध्यक्ष गोविन्दराज चोङबाङले र सञ्चालन सहसचिव विमला सुवेदीले गर्नुभएको थियो ।

    कवितासङ्ग्रह ‘तरेलीका पिपिराहरू’ मा ४२ ओटा कविता, आठओटा बालकविता र नेपालीमा अनुवादसहित तीनओटा मगर भाषामा कवित रहेका छन् ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.