• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सहकारीपीडितलाई देखाइयो ‘महाभोज’ चलचित्र


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ॅमहाभोज’ सहकारीपीडितलाई देखाइएको छ ।

    Advertisement

    सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनीपछि सहकारीपीडितले कथामा आफैलाई पाएको प्रतिक्रिया दिएका छन् ।

    पहिलो रङ्गीन चलचित्र’कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वास्तविकता हेरेझैँ लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘चलचित्र हेरिरहदा वास्तविकता हेरेझैँ लाग्यो । म आफैँ पनि एक सहकारीबाट पीडित भएका कारण आवाज उठाउने, अनसन बस्ने गरेकी थिएँ । यो चलचित्रले हामीजस्ता पीडितको आवाजलाई उजागर गरेको आभास भएको छ । मैले चलचित्र हेरिरहँदा देखाइएको पात्र र कथामा आफूलाई महसुस गरेँ ।’

    अभिनेत्री सिंहझैँ अभिनेता तथा निर्देशक निश्चल बस्नेतले समसामयिक विषयलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिएकाले दर्शकले ॅमहाभोज’ हेर्दा मनोरञ्जन पनि पाउने बताउनुभयो ।

    ‘चलचित्रमा उठाइएको विषयवस्तुलाई न्यायपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र समसामयिक र गहन विषयमा भए पनि यो उत्तिकै रोचक छ । यसले आमदर्शकलाई कौतुहलता पैदा गराउँदै मनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु’ निर्देशक बस्नेतले भन्नुभयो ।

    सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनका क्रममा भोग्नुपरेको कठिनाइलाई चलचित्र ‘महाभोज’ मा प्रस्तुत गरिएको निर्देशक दिनेश राउतले बताउनुभयो ।

    ‘सहकारीमा भएको रकम अपचलन र त्यसले समाजमा परिरहेको प्रभावलाई बुझ्दै गएपछि यो विषयलाई चलचित्रमा उठान गर्नुपर्छ भन्ने लाग्यो र चलचित्र तयार गरेको छु । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ । त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । हामी चलचित्रकर्मीको यो दायित्व पनि हो किनकि हामीले बेथितीलाई कलाका माध्यमले उजागर गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

    चलचित्रमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उहाँले बताउनुभयो ।

    निर्देशक राउतका अनुसार उक्त प्रदर्शनीमा सहकारी पीडित ६० व्यक्तिले चलचित्र हेरेका थिए ।

    चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियसन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.