• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विद्युत्कर्मी साहित्यिक समाजको आठौँ अधिवेशन सम्पन्न


  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टासम्मान, पत्रिका विमोचन तथा वसन्त काव्यगोष्ठीको कार्यक्रमसहित आफ्नो आठौँ अधिवेशन मिति २०८२ जेठ १० गते शनिबारका दिन सम्पन्न गऱ्यो ।

    Advertisement

    समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरणको प्रधान कार्यालय सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणबाट सेवानिवृत्त साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगद राशिसहित ‘अमरज्योति साहित्य सम्मान–२०८२’ समर्पण गरिनुका साथै अमरज्योति साहित्यिक त्रैमासिकको छ्यासट्ठिऔँ अङ्क (२०८२, जेठ) समेत लोकार्पण गरिएको थियो ।

    सो समारोहमा आयोजित वसन्तकाव्य गोष्ठीमा प्रमुख अतिथि प्रधान, विशेष अतिथिहरू विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मन्जुश्री प्रधानलगायतका स्रष्टाले रचना वाचन गर्नुभयो ।

    सम्मानित साहित्यकारद्वय प्रसाईं र दीपकप्रसाद दाहालले साहित्यिक समाजले योगदानको उचित मूल्याङ्कन गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै आआफ्नो सिर्जना सुनाउनुभयो ।

    कार्यक्रममा रचनावाचन गर्ने अन्य स्रष्टामा अच्युतप्रसाद पौडेल ‘चिन्तन’, रेणु अधिकारी ‘मौनता’, घनबहादुर थापा, थर्कबहादुर थापा, चिरन्तनविक्रम राणा, नारायणप्रसाद आचार्य, शारदाप्रसाद भट्टराई (वशिष्ठ बन्धु), कविता पोखरेल, सुभाष अधिकारी, शारदा भट्टराई पोखरेल, रिता चालिसे खनाल, आविष्कार कला, कृष्णदेव रिमाल ‘शब्दसेना’, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, बलराम पुडासैनी, अनिल पौडेल, मिमन पुलामी, कृष्णमोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना ‘सागर’, शारदा पराजुलीलगायत रहनुभएको थियो ।

    सोही अवसरमा सम्पन्न भएको विद्युत्कर्मी साहित्यिक समाजको आठौँ अधिवेशनले तीन वर्षको कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’ को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

    समितिको उपाध्यक्षमा शारदा पराजुली, सचिवमा युवराज शर्मा, सहसचिवमा भोलानाथ शर्मा र कोषाध्यक्षमा मुकुन्दप्रसाद प्रसाईं रहनुभएको छ भने कार्यसमिति सदस्यमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रिता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा रहनुभएको छ ।

    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि स्रष्टाका साथै साहित्य समाजका पूर्व अध्यक्ष एवम् निर्वाचक मण्डलका पदाधिकारीहरू विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट ॅमायाको चिनो’ प्रदान गरिएको थियो ।

    सो कार्यक्रमको सहजीकरण विद्युत्कर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ॅअतृप्त’ ले गर्नुभएको थियो भने समाजका सदस्य भोलानाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.