वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको आक्रामक रूप देखिएको छ ।
यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको हो ।
शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो ।
विज्ञप्तिमा भनिएको छ– ८२ वर्षीय डेमोर्क्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्युल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।
पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकसँग उपचारको विकल्पको समीक्षा गरिरहेका छन् ।
लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई दुखी बनाएको बताउनुभयो ।
‘हामी जोको शीघ्र र सफल स्वास्थ्यलाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ’ ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भन्नुभयो ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो अमेरिकामा आठमध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।
यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।
हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्युमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्ण रूपमा निको पार्ने विधि होइन।
विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर रहेको पाइएको छ ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार धेरै असामान्य देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ ।
बाइडेनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ग्लेसन स्कोर १० सम्म पुग्छ । (रासस/एएफपी)