• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • भीमदत्तनगर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन्, लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले ।

    Advertisement

    ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थाल्नुभएको छ । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उहाँले पढ्न थाल्नुभएको हो । चौधरी गाउँपालिका–४ को वडासदस्य हुनुहुन्छ । उहाँ पढ्नका लागि भर्ना हुनुभएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्छ ।

    ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’ उहाँले भन्नुभयो– ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।’

    पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उहाँले बताउनुभयो ।

    ‘विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यले आफूले यतिउति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ’ उहाँले भन्नुभयो– ‘मैले पनि पढेको भए अहिले फुइँ लगाउथे भनेर सोच्न थालेँ । बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलाया ।, त्यसपछि भर्ना भए । विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।’

    वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीबाट बाह्रखरी, दुनालगायत पढ्न र सिक्न थालेको उहाँले बताउनुभयो । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उहाँले बताउनुभयो ।

    धेरै वर्षपहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्रखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उहाँ बताउनुहुन्छ । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उहाँको भनाइ रहेको छ ।

    ‘बुबा किसान (जमिदार) को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो’ उहाँले भन्नुभयो– ॅसानै छँदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन । सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिनँ । १०/१२ वर्षको उमेर भएपछि गोठाला जान थालेँ । त्यसपछि विद्यालय जाने कुरा बिर्सिएँ ।’

    तेह्र वर्ष पुग्नै लाग्दा उनको विवाह भयो । घरधन्दा गर्नमै उहाँका दिन बित्न थाले ।

    ‘विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो’ उहाँले भन्नुभयो– ‘पूरै परिवारका लागि साँझबिहानको खाना पकाउनुपर्दथ्यो । खाना पकाउन, खुवाउन र भाँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो । बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।’

    चुलोचौकाबाट फुर्सद नै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उहाँ बताउनुहुन्छ । ‘विवाह भएको तीनचार वर्षमै बच्चाबच्ची जन्मिए । बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो’ उहाँले भन्नुभयो ।

    आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उहाँले सुनाउनुभयो । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सिपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उहाँ बताउनुहुन्छ ।
    छोरालाई इन्टरनेट जडानको कार्यको सिप सिकाएर आत्मनिर्भर बनाएको उहाँको भनाइ रहेको छ । उहाँले छोरीको विवाह भने गरी सक्नुभएको छ ।

    ‘वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ । अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतिथिती बसाल्ने कार्यसँगै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।’

    उहाँ थप भन्नुहुन्छ– ‘जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छ । केवल खाँचो छ पढ्नलेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।’
    उहाँका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् ।

    आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखि नै दबाब आउन थालेको उल्लेख गर्नुहुँदै उहाँले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मिहिनत गर्ने, ,त्यसैका लागि बढी समय दिन थालेको बताउनुभयो ।
    विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताउनुभयो ।

    ‘उहाँको पढ्ने प्रबल इच्छा रहेछ’ उहाँले भन्नुभयो– ‘उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ । उहाँलाई बाह्रखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्नपढ्न सिकाउने कार्य गर्छौँ ।’

    खरर किताब पढ्ने र चुस्तदुरुस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूण बनाउने उहाँले बताउनुभयो ।

    ‘वडासदस्यलाई पनि मिहिनेत गराउँछौँ’ उहाँले भन्नुभयो– ‘कक्षाशिक्षकलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ । भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ पढ्नका लागि आउनुहुन्छ ।’ (रासस)

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.