• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अखिल (छैठौं) केन्द्रीय कार्यालयद्वारा सहिद मित्रमणि स्मृतिदिवस सम्पन्न


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) केन्द्रीय कार्यालयले विद्यार्थी सहिद मित्रमणि आचार्य स्मृतिदिवस कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    केन्द्रीय कार्यालयको आयोजनामा २०८२ वैशाख १८ गते बिहीबार केन्द्रीय कार्यालय बागबजारमा सहिद मित्रमणिको चालिसौँ स्मृतिदिवस सम्पन्न भएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि महासचिव पुरन पोख्रेल तथा विशेष अतिथि अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र अखिल (छैठौं) केन्द्रीय कोषाध्यक्ष समष्टि बुढा हुनुहुन्थ्यो ।

    सहिद मित्रमणिको फोटोमा प्रमुख अतिथि पोख्रेलले द्वीप प्रज्ज्वलनसँगै माल्यार्पण गर्नुभएको थियो ।

    कार्यक्रममा उहाँले सहिद मित्रमणिको जीवनी र आन्दोलनकाबारे प्रकाश पार्दै नेपालको कम्युनिस्ट आन्दोलनमा साथै नेपालको विद्यार्थी आन्दोलनमा उहाँको आज पनि उत्तिकै महत्त्व रहेको बताउनुभयो ।

    त्यस्तै, उहाँले अखिल (छैठौं) ले सहिद मित्रमणिले लिनुभएको विचार, अनुशासन, नेपालको शिक्षाप्रणाली, राजनैतिक सामाजिक आन्दोलन र आदर्श व्यक्तित्वको अनुशरण गर्ने बताउनुभयो ।

    कार्यक्रमको सञ्चालन युनियनका केन्द्रीय सदस्य मदन भुसालले गर्नुभएको थियो ।

    विद्यार्थी सहिद मित्रमणि आचार्य को हन् ?

    सहिद मित्रमणि नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनका एक अमर योद्धा थिए, जसले जनतन्त्र, सामाजिक न्याय र शोषण विरोधी सङ्घर्षमा आफ्नो जीवन समर्पण गरे ।

    प्रारम्भिक जीवन र शिक्षा

    आचार्यको जन्म २०१९ असार ११ गते प्युठान जिल्लाको रम्दी गाउँपालिका–२ तिघ्रामा भएको थियो । उनका बुबा रेशमराज आचार्य र आमा पिताम्बरदेवी आचार्य थिए । प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा प्राप्त गरेपछि उनले २०३५ सालमा रातामाटा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि २०३६ सालमा भैरहवाको पक्लिहवा कृषि क्याम्पसमा कृषि विज्ञान विषयमा अध्ययन गर्न थाले । २०३९ सालमा चितवनको रामपुर कृषि क्याम्पसमा स्नातक तहको अध्ययनका लागि भर्ना भए ।

    राजनीतिक क्रियाशीलता

    विद्यार्थी जीवनदेखि नै मित्रमणि सामाजिक अन्याय र शोषण विरुद्ध सचेत थिए । पक्लिहवा क्याम्पसमा अध्ययन गर्दादेखि नै उनी अनेरास्ववियुमा सक्रिय भए । २०३८ सालमा अनेरास्ववियु रुपन्देही जिल्ला समितिको सचिव र क्याम्पस स्ववियु सभापति पदमा निर्वाचित भए । रामपुर क्याम्पसमा अध्ययन गर्दा पनि उनी अनेरास्ववियुका केन्द्रीय सदस्य र क्याम्पस स्ववियु सभापति पदमा निर्वाचित भए ।

    सहादत

    २०४२ वैशाख १८ गते चितवनको मेघौलीमा राजनीतिक विवादका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले उनलाई भाला, छुरी र साइकलको चेन प्रयोग गरी निर्ममतापूर्वक आक्रमण गरे । गम्भीर घाइते मित्रमणिको उपचारका क्रममा निधन भयो । उनको बलिदानलाई सम्झनाका लागि प्रत्येक वर्ष वैशाख १८ गते मित्रमणि स्मृतिदिवस मनाइन्छ । प्युठानको विजुवारमा उनको स्मृतिमा सहिद स्तम्भ पनि निर्माण गरिएको छ ।

    स्मरण

    मित्रमणि आचार्यको जीवन र बलिदानले नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको छ । उनको निष्ठा, साहस र नेतृत्व क्षमताले आज पनि युवालाई प्रेरित गरिरहेको छ ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.