काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच तीन दिनदेखि वार्ता जारी छ ।
यसअघि सोमबार र मंगलबार शिक्षा मन्त्रालय र महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो । ती वार्तामा ठोस सहमति हुन नसकेपछि आज पनि वार्ता हुँदै छ । शिक्षा मन्त्रालयमा बुधबार दिउँसो २ बजेदेखि वार्ता हुने बताइएको छ।
मंगलबार राति शिक्षक प्रतिनिधि र मन्त्रालयबीच करिब तीन घण्टा लामो छलफल भएको थियो । शिक्षक महासंघसँगको सहमतिमा मन्त्रालयले तयार पारेको ९ बुँदे प्रस्तावमा छलफल भए पनि ठोस सहमति भइनसकेको शिक्षक प्रतिनिधिहरुले बताएका छन्।
छलफलमा सहभागी शिक्षकहरुले मन्त्री परिषद्मा तत्काल ९ बुँदे माग पास गरे आन्दोनलको मोडालिटी परिर्वतन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने जनाएका थिए।
ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको पारिश्रमिक, राहतका शिक्षकको दुर्गभ भत्ता, सामाजिक सुरक्षा कोषमा सामावेश, निमावि प्रथम र मावि द्वितीयको तलब लगायतका विषय नौ बुँदे प्रस्तावमा समावेश गरेका छन्।