• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बेपत्ता सांसदले तलब बुझ्ने देशमा शिक्षकले आर्थिक भार थपे भन्न मिल्दैन : कार्की (भिडियोसहित)


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीले विद्यालय शिक्षा ऐन ल्याउँदा देशलाई आर्थिक भार पर्ने तर्कलाई अस्वीकार गर्दै भन्नुभएको छ– ‘बेपत्ता सांसदले तलब बुझ्ने देशमा शिक्षकले आर्थिक भार थपे भन्न मिल्दैन ।’

    २०८२ वैशाख १५ गते सोमबार आन्दोलनरत स्थाल नयाँबानेश्वरमा युगदर्शनका प्रतिनिधिहरूसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘मैले थाहा पाएको छु, बेपत्ता सांसद लुकिछिपी गएर हाजिर लगाएर तलब बुझेका छन् अनि शिक्षा विधेयकले आर्थिक भार थप्छन् भन्ने ?’

    सरकारको यस्तो तर्कबारे उहाँको टिप्पणी थियो– ‘नदिने बराजुले बुधबार बार्छ भनेजस्तो यो एउटा बहाना हो ।’

    अध्यक्ष कार्कीले गास, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा सरकारले लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सरकारसित इच्छाशक्ति भए असम्भव केही नभएको बताउँदै उहाँले भन्नुभयो– ‘१९ खर्बको बजेट बन्ने देशमा १३ अर्ब शिक्षाका लागि छुट्याउन नसकिने भन्ने कुरा भएन ।’

    त्यस्तै, उहाँले कर्मचारीलाई प्रत्येक पाँच वर्षमा आन्तरिक बढुवा दिँदा आर्थिक भार नपर्ने अवस्थाको उदाहरण दिँदै शिक्षकको सन्दर्भमा यस्तो हुन नसक्ने बताउनुभयो ।

    सामुदायिक विद्यालय गुणस्तर दिन सकेन भन्ने आरोपलाई उहाँले खारेज गर्नुभयो ।

    ‘सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर दिन सकेन भन्ने आरोप होइन, ईर्ष्या हो’ उहाँले भन्नुभयो– ‘पाठ्यक्रम २०२८ सालको ऐनअनुसार हुने, शिक्षकलाई सरुवाबढुवा, कारबाही गरेर अस्थिर बनाउने, अनि कसरी आउँछ शैक्षिक गुणस्तर ?’

    यस्तो प्रवृत्तिबारे उहाँको टिप्पणी थियो– ‘यो अरूलाई भन्ने आफूले केही नगर्ने प्रवृत्ति हो । वातावरण बनाइदेऊ, नेपाली शिक्षक अनक्वालिफाइड छैनन् ।’

    शिक्षकहरू प्रफुल्ल भएर विद्यालय प्रवेश गर्ने वातावरण बन्यो भने भने शैक्षिक गुणस्तरमा वृद्धि हुने उहाँको धारणा थियो ।

    स्थानीय तहले शिक्षकलाई विद्यालय नआए कारबाहीका लागि तयार हुने निर्देशनको बारेमा अध्यक्ष कार्कीको टिप्पणी थियो– ‘नबुझेको बेला केटाकेटीले जस्तै जे पनि बोल्न पाइछ ।’

    देशमा सङ्घीय ऐन नै नबनेको अवस्थामा स्थानीय तहले गर्ने निर्णयबारे विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

    ‘सङ्घीय शिक्षा ऐनअनुसारमा नै प्रदेश र स्थानीय तहले आवश्यक निर्णय गर्न पाउँछ’ उहाँले भन्नुभयो– ‘स्पष्टै छ नि, सङ्घीय शिक्षा ऐन नबन्दै यस खालको निर्णय स्थानीय तहले गर्न पाउँदैनन् ।’

    शिक्षा ऐन शिक्षकले माग्ने विषय नभएको बताउँदै उहाँले भन्नुभयो–’शिक्षा ऐन आयो भने प्रदेश र स्थानीय तहलाई पनि काम गर्न सजिलो हुन्छ । यो कुरा स्थानीय तहले बुझ्नुपऱ्यो ।’

    अझैसम्म शिक्षकका मुद्दामा सरकार संवेदनशील बन्न नसकेको बताउँदै अध्यक्ष कार्कीले लोकतन्त्रमा जनताको आवाज सरकारले सुन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    शिक्षकहरूले सरकारसित सहमतिका लागि पहिले २४ बुँदा राखेको, त्यसपछि १६ बुँदा राखेको र अहिले नौ बुँदामा छलफल चलिरहेको जानकारी उहाँले दिनुभयो ।

    ‘ती विषयहरू तीन प्रकारका छन्’ उहाँले भन्नुभयो– ‘कतिपय विषय क्याबिनेटले निर्णय गर्नुपर्ने छन् । कतिपयलाई ऐनको रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपयलाई संसद्ले निर्णय गर्नुपर्ने हुन्छ ।’

    सरकारले ढिलोचाँडो आफ्ना आवाज सुन्नेतर्फ उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    ‘सरकारले हाम्रो आवाज नसुन्ने भन्ने कुरै छैन, एक दिन सुन्नैपर्दछ’ उहाँले भन्नुभयो– ‘संसद् चलेकै छ । क्याबिनेटले निर्णय गर्नमा समस्या छैन ।’

    पछिल्लो समयमा शिक्षक केही सकारात्मकजस्तो देखिएको बताउँदै उहाँले आफूहरू सहमतिको नजिक नजिक पुगेको धारणा व्यक्त गर्नुभयो ।

    (अध्यक्ष कार्कीसँगको कुराकानीको पूर्ण पाठ हेर्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ)

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.