• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिक्षामन्त्रीको राजीनामा सरकारलाई थाह छैन– प्रवक्ता गुरुङ (मन्त्रिपरिषद्का १९ निर्णयसहित)


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सूचना, संचार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएको कुरा सरकारको जानकारीमा नरहेको बताएका छन्।

    Advertisement

    बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले राजीनामाबारे मन्त्रिपरिषद्को बैठकदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा नभएको उल्लेख गरे।

    ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन,’ गुरुङले भने, ‘प्रधानमन्त्री कार्यालयमा दिएको भए सरकारका प्रवक्तालाई थाहा हुन्छ। क्याबिनेटको बैठकमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो। आजका दिनसम्म उहाँले राजीनामा दिएको जानकारी छैन।’

    यस्ता छन् सोमवारको मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु :

    १. सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा पन्ध्र सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने ।

    २. २०८२ वैशाख १६ गतेदेखि २२ गतेसम्म भारतको नयाँ दिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटको लागि सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमलबहादुर शाह र प्रमुख सचिव डा। कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने ।

    ३. सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेण्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने र उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपान सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

    ४. २०८२ जेठ २४ गतेदेखि ३१ गतेसम्म जापानमा आयोजना हुने Counterpart Program मा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने ।

    ५. २०८२ वैशाख २४ गतेदेखि २६ गतेसम्म श्रीलंका सरकारले कोलम्बोमा आयोजना गर्न लागेको 17th RIMES Council meeting and 4th RIMES Ministerial Conference कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    ६. २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व। सविन महर्जन तथा स्व। सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने ।

    ७. २०८२ वैशाख १५ र १६ मा काठमाडौंमा आयोजना हुने 2nd Bilateral Talks Between Narcotics Control Authorities of Nepal and India मा गृह मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    ८. २०८२ वैशाख ८ गतेदेखि १२ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने United Nations Economic and Social Commission for Asia and the Pacific (UNESCAP) को ८१औं सभामा अध्यक्षता गर्ने गरी सहभागी हुन माननीय परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।

    ९. नेपाल सरकारको नाममा दर्ता स्रेस्ता रहेको कपिलवस्तु जिल्ला साविक बहादुरगंज गा. वि. स. वडा नं.८ ख को ८–१०–९ विघा सरकारी जग्गा प्रदेशस्तरीय बागवानी स्रोत केन्द्र निर्माण गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशलाई उपयोग गर्न स्वीकृति दिने ।

    १०. नेपाल सरकारको नाममा रहेको रुपन्देही जिल्ला साविक मोतिपुर गा. वि.स. वडा नं. ७ख को ०–८–० विघा सरकारी जग्गा बुटवल उपमहानगरपालिका वडा नं. १९ को वडा कार्यालय भवन निर्माण गर्नका लागि बुटवल उपमहानगरपालिका रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने ।

    ११. २०८२ वैशाख ३० र ३१ गते जर्मनीको वर्लिनमा आयोजना हुने UN Peacekeeping Ministerial 2025 मा रक्षामन्त्री माननीय मानवीर राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने ।

    १२. २०८२ साल वैशाख जेठ महिनामा Joint Indo–Nepal Mountaineering to Mount Kanchenjunga कार्यक्रमअन्तर्गत भारतीय सेनाको तर्फबाट १० जना र नेपाली सेनाको तर्फबाट १३ जना गरी कूल २३ जना आरोही समावेश आरोहण दललाई कञ्चनजङ्गा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर पूर्णरूपमा छुट दिने ।

    १३. नेपाल र हङकङबिच हस्ताक्षर हुनेःMoU on Cultural Cooperation Between the Ministry of Culture, Tourism and Civil Aviation of Nepal and the Culture, Sports and Tourism Bureau of the Government of the Hong Kong Special Administrative Region of the People”s Republic of China विषयक समझदारीपत्र स्वीकृत गर्ने र उल्लिखित समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

    १४. सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने ।

    १५. २०८२ जेठ ११ गतेदेखि जेठ १३ गतेसम्म क्यानडामा आयोजना हुने Global Conference For a Caste Free World कार्यक्रममा सहभागी हुन राष्ट्रिय दलित आयोगको अध्यक्ष माननीय देवराज विश्वकर्मालाई स्वीकृति प्रदान गर्ने ।

    १६. वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने ।

    १७. सार्वजनिक खरिद (चौधौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

    १८. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव श्री चन्द्रकला पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

    १९. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव श्री केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

     

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.