• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मृत्युस्मृतिमा रचनात्मक काम गर्नु उचित


  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    प्रिय कामरेड, हरिकृष्ण पाण्डेजी अभिवादन !

    तपाईंको बुबाको मृत्युको खबरले मलाई निकै दुखी तुल्याएको छ । त्यसका साथै बुबाको दाहसंस्कारमा सामेल हुन नपाउँदा थप दुःख महसुस भएको छ । दिवङ्गत बुबाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु । त्यसका साथै तपाईंको शोकसन्तप्त परिवारप्रति मेरो समवेदना छ ।

    आफन्तजनको मृत्युले सबैलाई शोकाकुल बनाउँछ । शोक अस्थायी भए पनि तपाईंको परिवारलाई बुबाको अभावको क्षतिपूर्ति वा भर्पाइ हुन सक्ने छैन । त्यो अभाव सधैँ खड्किरहनेछ ।

    विगतमा तपाईंले आमा, काका र बुबाको अन्त्यष्टि र त्यसपश्चात् अपनाइने संस्कार अर्थात् काजकिरिया, पिण्डदानलगायतका कुनै संस्कार नगरी भौतिकवाद वा विज्ञानप्रतिको आफ्नो दृढता व्यक्त गर्नुभएको छ । सांस्कृतिक सवालमा सुदूरपश्चिमको वाम आन्दोलनमा तपाईंको यो कदम सधैँभरि सम्झनायोग्य र प्रशंसनीय रहनेछ तर विद्यमान पिछडिएको अन्धविश्वासी र रूढ समाजले बुबाको काजकिरिया नगरेका कारण तपाईंलाई विभिन्न प्रकारले प्रताडित गरिरहनेछन् तैपनि पिछडिएको समाजले भौतिकवाद वा विज्ञानलाई आधार बनाई हामीले गर्ने आचारविचार र व्यवहारप्रति कुन प्रकारको दृष्टिकोण अपनाउँछन् ? त्यसले खासै कुनै अर्थ राख्दैन ।

    मैले यो चिठीमा मृत्युपरान्त संस्कारमा लगातार सुधार हुँदै गएको यद्यपि ती अर्थात् मृत्युपछि हिन्दु धर्मले निर्धारण गरेको पद्धति कति अव्यावहारिक, अन्धविश्वास, धार्मिक त्रास, आतङ्क र शोषणमाथि आधारित छ ? त्यसबारे चर्चा गर्ने प्रयत्न गरेको छु ।

    १. ढुङ्गेयुगलाई पाषाणकालीन समाज पनि भनिन्छ । ढुङ्गेयुग भन्नुको तात्पर्य त्यो बेलाको मानवजीवन ढुङ्गामाथि अत्यधिक आश्रित थियो । ढुङ्गाले सिकार गर्नु, ढुङ्गेओडारलाई बासस्थानको रूपमा प्रयोग गर्नु, ढुङ्गाको घर्षणबाट आगो निकालेर प्रयोग गरिन्थ्यो । पाषाणकालीन समाज मानव सभ्यताको सबैभन्दा प्राचीन र महत्त्वपूर्ण काल मानिन्छ ।

    ढुङ्गेयुग लगभग २० देखि २५ लाख वर्ष पहिलादेखि सुरु भएको कैयौँ तथ्यबाट स्पष्ट हुन्छ । त्यो बेलाको हाम्रो समाज अत्यन्तै पिछडिएको थियो । आखिर मान्छेको त त्यो बेला पनि मृत्यु हुन्थ्यो तर पिछडिएको चेतनाका कारण मरेको मान्छेलाई बिरामी भएर बेहोस भएको र कुनै दिन स्वस्थ भएर उठ्नेछ वा ब्युँझनेछ भन्ने विश्वासले काम गरेको थियो तर हजारौँ, लाखौँ वर्षको अभ्यास अनुभवबाट मान्छे मर्दछ भन्ने चेतनाको क्रमिक रूपले विकास हुँदै गयो । मान्छे मर्दछ भन्ने चेतनाको विकासको परिणाम नै मृतकलाई खाल्डो खनेर गाड्ने वा जलाउने कार्यको सुरुआत भएको होला भनेर कैयौँ समाजशास्त्री, पुरातत्त्वविद्, मानवशास्त्रीहरूले गरेको अनुमानलाई आधारहीन मान्न सकिँदैन ।

    २. कैयौँ अन्वेषकले नवपाषणकालीन चिहानको बारेमा व्यापक अनुसन्धान गरेको पाइन्छ । यदि त्यस प्रकारको अध्ययन–अनुसन्धान नभएको भए समाज विकासको प्रारम्भिक कालको मृत्युसम्बन्धी जानकारी अहिलेको समाजलाई प्राप्त हुँदैनथ्यो । कैयौँले त नवपाषणकालमा नै कैयौँ ठाउँका मानव समुदायमा लास जलाउने परम्परा सुरु भएको तथ्य अगाडि सारेका छन् ।

    मृत्युपछिको अवस्थाका बारेमा अध्ययन गर्ने एउटा शाखा पनि विकास भएको छ । उक्त शाखा विज्ञानमाथि आधारित छ, जसलाई अङ्ग्रेजीमा एस्क्याटोलोजी भनिन्छ । एस्क्याटोलोजीको अर्थ मृत्युपरान्तको आत्माको अवस्थाका सम्बन्धमा अध्ययन गर्ने विज्ञान भनिन्छ ।

    ३. पाण्डेजी मैले यो दुइटा बुँदा उल्लेख गरेको विषय खास अभिप्राय रहेको छ । पाषाणकालीन समाजमा मान्छेको मृत्यु हुन्छ भन्ने चेतनाको विकास त भयो, त्यसका साथै मरेको मान्छेको शरीरबाट महत्त्वपूर्ण वस्तु निस्केर गएको (चन्द्रप्रकाश बानियाँ, मृत्युसंस्कार मन्थन, पृ. ३४) अनुमान गर्न थालियो । त्यही वस्तुलाई आत्माको रूपमा प्रस्तुत गर्न थालियो । लाखौँ वर्षदेखि विकास गरिएका आत्माको काल्पनिक जलप अहिले पनि हाम्रो समाजमा कायम छ । मृतकको अन्त्यष्टि काल्पनिक र अदृष्य आत्माको प्रश्नसँग जोडिएर आउँछ । त्यही अदृष्य र काल्पनिक आत्मालाई समाज विकासको पछिल्लो चरणमा धर्मले संरक्षण गरेको पाइन्छ । धर्मको संरक्षण र आड पाएर हिजो कल्पना वा अनुमान गरिएको “मानव शरीरबाट कुनै महत्त्वपूर्ण वस्तु” कथित आत्माको जब्बर एवम् भयङ्कर स्वरूपमा खडा भएको छ । त्यसलाई पन्छाउन निकै ठुलो सङ्घर्षको आवश्यकता छ ।

    ४. भारतीय लेखक नरेन्द्र कुमारले आफ्नो पुस्तक “जाति, वर्ग और संस्कृति” मा लेखेका छन् कि १८०० ईसापूर्व आर्य सिन्धु घाँटीमा प्रवेश गरेका थिए । ईस्वी सम्बत्को लगभग ५००० वर्षपूर्व ऋग्वेदको रचना भइसकेको थियो । ऋग्वेद कालमा राजा र पुरोहित शासक वर्गको रूपमा स्थापित भइसकेका थिए यद्यपि ऋग्वेद कालमा पेसाको आधारमा समाजको विभाजन भइसकेको थिएन । ऋग्वेद हिन्दुको महत्त्वपूर्ण प्राचीन ग्रन्थ मानिन्छ । युनेस्कोले ऋग्वेदलाई विश्व सम्पदामा सूचीकृत गरेको छ (जगदीश घिमिरे, वेद र साहित्य, कान्तिपुर दैनिक, २०६७ पुस १३ गते) ।

    वेदका चार विभाग छन् । ती चार विभागमध्ये उपनिषद् पनि एउटा हो अर्थात् उपनिषद् वेदको एउटा अङ्गको रूपमा लिइन्छ । विभिन्न १०८ ओटा उपनिषद्को रचना भएको छ । १०८ ओटा उपनिषद्मध्ये १० ओटालाई मुख्य मानिन्छ । त्यसपछि पुराणको रचना भएको पाइन्छ । वेदले बताएका विषयवस्तुको सविस्तार व्याख्या पुराणमा गरिएको छ । सबै मिलाएर १८ ओटा प्रकारका पुराण छन् । ईस्वीको प्रथम शताब्दी वरपर रचना गरिएको मनुस्मृतिले वर्णव्यवस्था र जातिभेदलाई व्यवस्थित गर्ने काम गऱ्यो । पछिल्लो अवस्थामा ऋग्वेदलाई व्याख्या गर्न लेखिएका धर्मग्रन्थले विभिन्न संस्कारलाई सरलभन्दा धार्मिक रूप दिएर जटिल बनाउँदै लगेको पाइन्छ ।

    ५. उपनिषद्मा गरिएको पूर्वजन्मको कल्पनामाथि हाम्रो अन्त्यष्टिपछिको सम्पूर्ण संस्कारलाई खडा गरिएको छ । १० दिनसम्म आसौच बार्नुपर्ने, १२ दिनसम्म पिण्ड, जल दिनुपर्ने, मृतकको नाममा दिइने ९ दिनसम्मको पिण्डदानबाट प्रेतदेह बन्ने, मृत्युपछिको १२ दिनसम्म आत्माले पुरानो आवास नछोड्ने भएको हुँदा आत्मालाई तृप्त पार्न तथा बासस्थानलाई शुद्ध पार्न ब्राह्मणमार्फत् गरिनुपर्ने शुद्धि र दानदातव्यलगायतका कैयौँ धार्मिक विधिको व्यवस्था गरिएको छ ।

    ६. मृत्युसंस्कारभित्र अन्त्येष्टि संस्कार पनि पर्दछ । अन्त्येष्टि संस्कारका बारेमा पनि धार्मिक विधिविधानको धर्मशास्त्रमा व्यवस्था गरिएको पाइन्छ, जसमध्ये शवयात्रा, देहकिरिया र स्नान पनि एक हो । यी क्रियालाई सामाजिक तथा स्वास्थ्यका दृष्टिले उचित नै मान्नुपर्ने हुन्छ तर यो क्रियामा रहेको पिण्डदानलाई उचित मान्न सकिन्न । सामन्ती युगमा रहेको ब्राह्मण वर्गको सर्वोच्चता क्रमशः खतम हुँदै जानु तथा पेसेवर पुरोहित वर्गसमेत पुरोहित्याई पेसा त्याग्दै गएका कारण पनि विगतमा जस्तै यो संस्कारलाई पूर्णतया धार्मिक रूपमा सम्पादन गर्ने सवालमा केही सुधार हुँदै गइरहेको छ ।

    ७. अहिले हाम्रो समाजमा १३ दिने किरिया कायम छ तर विभिन्न धार्मिक स्मृतिग्रन्थ तथा पुराणमा १० ओटा पिण्डदान र ३ दिने आसौचको व्यवस्था पनि गरिएको पाइन्छ । त्यस आधारमा यो भन्न सकिन्छ कि पहिला तत्कालीन समाजमा मृतकको प्रेतदेहलाई १० ओटा पिण्ड र ३ दिन आसौच बारे पुग्थ्यो । धार्मिक ग्रन्थ श्रीमद्भाववतअनुसार धुन्धुकारीको मृत्युमा ७ दिनको किरिया भएको उल्लेख छ । सं. १९९८ जेठ महिनाभन्दा अगाडिसम्म १३ महिने काजकिरिया प्रचलनमा रहेको थियो । जुद्ध शमशेरले त्यो प्रचलनलाई रोकी १३ दिने काजकिरियाको प्रचलन सुरुआत गरेका हुन् । स्वयम् हिन्दु धर्मशास्त्रमा प्रेततत्त्वमा प्राप्त आत्मालाई पितृपङ्क्तिमा मिलाउन १ वर्षको समय लाग्ने कुरा उल्लेख भएता पनि त्यसो गर्न व्यावहारिक दृष्टिकोणले सम्भव नहुने भएको हुनाले बाह्रौँ दिनमा शव पिण्डीकरण किरिया गरेर प्रेततत्त्व प्राप्त आत्मालाई पितृगणमा मिलाउने गरी किरियाको समावधिको निर्धारणमा सुधार गरिएको हो ।

    उपर्युक्त विवरणबाट मृत्युसंस्कारस“ग जोडिएको काजकिरियाको अवधिमा लगातार सुधार भइरहेको पाइन्छ तर त्यससँग जोडिएको प्रेतदेहलाई सन्तुष्ट पार्न गरिने पिण्डदान, सैयादान, गौदानलगायतका विभिन्न दानदातव्य ब्राह्मणलाई दिएर आफन्तजनलाई स्वर्गमा पठाउने अन्धविश्वास कायम नै छ । त्यसको सुधारका लागि सबैतिरबाट प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

    ८. अहिले हाम्रो समाजमा विद्यमान काजकिरियाका दुईओटा पक्ष छन् : एउटा– भौतिक र अर्को– आत्मिक पक्ष । कुनै व्यक्तिको मृत्युपश्चात् उसको भौतिक शरीरलाई अग्निमा राखेर जलाउने वा गाड्ने कार्य भौतिक पक्षसँग जोडिएको छ भने भौतिक देह समाप्त भएपछि आत्मा जीवित रहन्छ; आत्माले समाप्त भएको शरीरबाट बाहिरिनुपर्दा त्यसले दुःख, पीडा पाउ“छ । त्यस्तो दुखित आत्मालाई प्रेत भनिन्छ । तड्पिएको दुखी र असन्तुष्ट आत्मालाई मृतकका छोराले पिण्ड र जलादीको दानप्रक्रियाबाट बासस्थान बनाउनुपर्ने वैदिक मन्त्रद्वारा प्रेतआत्मालाई बाह्रौँ दिनमा पितृपङ्क्तिमा मिलाउनुपर्ने कार्य तोकेको छ । यो कार्यमा बाहुनलाई जति बढी मात्रामा दान दिन सकियो, त्यति नै बढी मृतकको आत्मा सन्तुष्ट हुने, सबै प्रकारको पापबाट आत्मा मुक्त हुने र त्यस्तो आत्माले स्वर्गमा बास पाउने धार्मिक मान्यता कायम छ, जुन अन्धविश्वासमाथि आधारित छ ।

    ९. शरीरबाट पृथक आत्माको सिद्धान्त वा पुनर्जन्मको सिद्धान्त हिन्दुका प्रारम्भिक धर्मग्रन्थमा उल्लेख भएको पाइँदैन । वेदमा परलोकको सिद्धान्तमाथि कुनै चर्चा गरिएको छैन । त्यसमा मरणोपरान्त प्रतिफलको पनि कुनै चर्चा गरिएको छैन । वैदिक धर्म पूर्णतया इहलोकोन्मुख धर्म हो, न कि परलोकोन्मुख तर पाँचौँ शताब्दी ईसापूर्व रचना गरिएको मनुस्मृतिको बाह्रौँ अध्यायमा आएर आत्माको पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरिएको पाइन्छ ।

    जवाहरलाल नेहरूले ‘हिन्दुस्थान की खोज’ नामक आफ्नो पुस्तकमा पनि सुरुमा वैदिक आर्यमा आत्माको पुनर्जन्मको सिद्धान्त नरहेको चर्चा गरेका छन् । हिन्दुले यो अवधारणाा सिन्धु उपत्यकाका स्थानीय जनजाति (द्रविड तथा मुन्डा) मा तत्कालीन अवस्थामा कायम रहेको पुनर्जन्ममाथि विश्वाससम्बन्धी मान्यतालाई अनुकरण गरे र पछि त्यसलाई आफ्नो संस्कृतिको अङ्ग बनाएका हुन् भनेर उल्लेख गरेका छन् । पछि यो अवधारणालाई मनुस्मृतिले शास्त्रसम्मत बनाउने काम गऱ्यो । पुनर्जन्मको सिद्धान्तअनुसार मनुष्यको मृत्युपश्चात् उसको आत्मा नष्ट हुँदैन बरु अन्य कुनै भौतिक पिण्डमा प्रवेश गर्छ । त्यसले कुन रूप लिने हो ? त्यो उसको वर्तमान जीवनमा मनुष्यले गर्ने कर्ममाथि आधारित हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । यही मान्यताको आडमा हिन्दुका धर्मग्रन्थले ब्राह्मणलाई दानदातव्यद्वारा तृप्त पारेमा सम्बन्धित व्यक्तिको आत्मा प्रेतदेहबाट अलग भएर नयाँ जन्मेको चोलामा प्रवेश गर्छ भन्ने आशा देखाएर मृतकका परिवारलाई अत्यधिक खर्चमा पार्ने गरिएको छ ।

    १०. कुनै व्यक्तिको देहान्तपश्चात् उसको शवलाई गाड्ने, जलाउने वा आआफ्नो संस्कारअनुरूप त्यसलाई नष्ट गर्ने कुरा क्रियाको भौतिक पक्षसँग जोडिएको छ । त्यसलाई सम्पादन गर्नु नै पर्दछ तर जहा“सम्म आत्मिक पक्षको कुरा छ, कुनै व्यक्तिको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जीवित रहन्छ भन्ने विश्वासका आधारमा आत्माको मुक्तिका लागि गरिने धार्मिक कार्यका कुरा कहीँ कतै पनि वैज्ञानिक दृष्टिकोणले मेल खाँदैन । मान्छेको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जीवित नै रहिरहन्छ र त्यो आत्माले प्रेतको रुप लिएर भड्किरहन्छ । तड्पिएको र भड्किरहने आत्माको सुखशान्तिका लागि मलिन षोडसी (दशगात्र) को क्रिया गरेर आत्माको उद्धार गर्नुपर्छ भन्ने धार्मिक विचारसँग सहमत हुन सकिँदैन । आत्माको उपभोगका निम्ति पिण्ड, सैया र गौदान गर्नुपर्छ भन्ने धार्मिक मान्यता पनि गलत छ ।

    ११. कुनै व्यक्तिको मृत्युपश्चात उसको भौतिक देह नष्ट वा समाप्त हुन्छ । शरीर नष्ट वा समाप्त भइसकेपछि कथित जीवित रहेको आत्मालाई कसैले देख्न, सुन्न, स्पर्श वा अनुभूति गर्न सकिँदैन । त्यसको कुनै भौतिक अस्तित्व नभएर अलौकिक वा आत्मिक अस्तित्व हुने कुरालाई अहिलेको वैज्ञानिक युगमा विश्वास गर्न सकिन्न । अहिलेको वैज्ञानिक युगको कुरा मात्र किन गर्ने ? स्वयम् हिन्दुको जेठो अर्थात् पुरानो धर्मग्रन्थ वेदमा आत्माको कल्पना गरिएको छैन । त्यस्तो अवस्थामा निराकार आत्मामाथि विश्वास गरेर प्रेतआत्माको सन्तुष्टिका लागि काजकिरिया गर्ने कुरा जायज हुन सक्दैन यद्यपि समाजमा यो परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । त्यसकारण यो परम्परामाथि विश्वास गर्नुपर्छ भन्ने सोचाइका विपरीत तपाईंले धर्मले सृजना गरेको जटिल, खर्चिलो अन्धविश्वासमाथि आधारित संस्कारलाई अस्वीकार गर्नुभयो, जुन प्रशंसायोग्य छ ।

    १२. आफन्तको मृत्युपछि काजक्रिया नगर्नुको तात्पर्य उनीहरूप्रति सम्झना वा श्रद्धा गर्नुहुँदैन भन्ने होइन । आफन्त जीवित छन्जेल उनीहरूको हेरचाह र सम्मानमा हामीले कुनै पनि प्रकारको कमी आउन दिनुहुँदैन । अहोरात्र उहाँको सेवामा खटिनुभयो । तपाईंले बुबा जीवित छउन्जेलसम्म उहाँको हेरचाह, खानपिन, औषधोपचारमा कुनै कमी गर्नुभएन । बुबाको अस्वस्थताका कारण राजनीतिक काममा दिनुपर्ने समयलाई घटाएर उहाँको हेरचाहमा लाग्नुभयो । विगतमा आमा र काकाको मृत्युपश्चात् उहाँको सम्झनास्वरूप नजिकै सरकारी विद्यालयमा जेहेन्दार विद्यार्थीलाई मदत पुराउने उद्देश्यले कोषको व्यवस्था गर्नुभयो । अहिले पनि बुबाको मृत्युमा कुनै रचनात्मक काम तपाईंबाट हुने हामी सबैले अपेक्षा गरेका छौँ । हामीले पुरातन तथा रूढिवादी विचारलाई परित्याग गरेता पनि आफन्तको मृत्यु स्वाभाविक रूपले सबैलाई पीडादायी हुन्छ । सबैको आफन्तप्रति श्रद्धा र सम्मान हुन्छ । त्यो श्रद्धा र सम्मान प्रकट गर्न किरियाको सट्टा उहा“हरूको सम्झनामा अन्य कुनै रचनात्मक कार्य गरेमा त्यो समाजोपयोगी हुनेछ ।

    अन्तमा बुबाप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दछु ।

    तपाईंको
    मनोज भट्ट

    शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.