• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साल फेरियो तर देशको हालत फेरिएन


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • खगेन्द्रा विष्ट ##

    Advertisement

    पहिले पहिले
    बाह्रैमासे दशैको मेला लागेझैँ
    भरिलो हुने मेरो गाउँ
    आजभोलि
    कुहिरो र तुवाँलोले ढाकेझैँ
    अन्धाधुन्ध र सुनसान छ

    आवाजको नाममा
    सुनिन्छ त केवल
    चराचुरुङ्गीका चिर्बिर
    कोइलीको कुहुकुहु
    न्याउलीको विरहको भाका
    वृद्धवृद्धाका अशक्त आवाज अनि
    बालबच्चाका सहाराविहीन रोदन

    त्यही शून्य गाउँघर
    उजाडिलो भिरपाखा
    बाझो खेतबारी
    एकोहोरिँदै
    एक टकले
    नियाँल्दै थिए मेरो गाउँ
    अनि प्रश्न गर्दै थिएँ मैले
    म आफैसँग
    कता के गँर्दैछन् होला मेरा बाल्यकालका दौँतरी ?
    कसरी भत्किएछन् ?
    पिरको भारी बिसाउने बरपिपलका चौतारी ?
    यस्तै यस्तै कुरा मनमा खेलाउँदै
    त्यहीँ भत्केको चौतारालाई हेर्दै टोलाई पो रहेछु

    त्यही बेला
    मोबाइलको रिङटोन बजाउँदै
    उपल्लोघरे काका र खोलापारे मामा आएर
    ओहो ! को नयाँ मान्छे आ’का छन् ?
    हाम्रो गाउँमा भन्दै मलाई बोलाएपछि पो
    झसङ्ग भएँ
    अनि हतपत दुबै जनालाई अभिनन्दन गरे
    मेरो अभिनन्दनको फिर्ता दिन नपाउँदै
    फेरि पनि काकाको मोबाइँलमा फोन आउदै थियो
    एकछिन है भनेर
    मन नलागी नलागी हलो भन्दै फोन उठाउनुभो
    अनि मिनेट नपुग्दै
    हवस्…. हवस्… भन्दै फोन काटिहाल्नुभयो
    उदेकलाग्दो स्वरमा तर क्रोधित हुँदै
    ’कतिलाई केको पिर
    घरज्वाईलाई खानको पिर’ भन्दै बर्बर गर्नुभयो

    के भो र एक्कासि भन्दै
    मामा चाहिँ र मैले सोध्दा
    काकाको उत्तर थियो–
    ’भोलि नयाँ वर्ष रे !
    शुभकामना आदानप्रदान कार्यक्रम छ अरे
    अनिवार्य उपस्थित हुनुपर्ने हुकुम भा’को छ ।’

    मामाले काकालाई
    काकाले मलाई र मैले दुबैलाई हेर्दै थिएँ
    मेरो बसाइ
    मेरो पढाइ
    मेरो रोजगारीजस्ता धेरै प्रश्नोत्तर गर्दागर्दै
    एक्कासि शान्त बन्यो माहोल
    सुकेको पिपलमा एक छेउबाट पलाएको पालुवाले
    सिर्सिर हावा दिदैथ्यो

    एकछिनपछि फेरि उदेकलाग्दो आवाजमा
    काका बर्बराउन थाल्नुभो..
    हामि दिनभरि ज्यालादारी काम गरेर
    साझको छाक टार्ने दीनदुखीलाई केको नयाँ वर्ष ?
    सेकेन्ड, मिनेट, घण्टा हुँदै
    दिन, हप्ता, महिना र वर्ष बित्नु
    कुनै नौलो कुरा पनि त होइन नि
    हुन त यो पनि थाहा छ कि
    सुखदुःख जिन्दगीका सारथि हुन्
    तर दुखै भए पनि
    सुखको आशा र भरोसा गरी चित्त बुझाएर
    अगाडि बढ्ने
    कुनै न कुनै आधार हुनुपर्ने
    त्यो पनि छैन
    फेरि नयाँ सालको दिन मात्र
    आदानप्रदान गरिने शुभकामनाले
    हाम्लाई वर्षभरी खुसी दिनेवाला पनि हैन
    हाम्रा दुःख जति सबै लिनेवाला पनि छैन
    त्यही हो हुनेखानेका लागि
    खुसीको बहार बनेर आयो होला नयाँ साल
    तर हुँदा खानेको लागि
    नैराश्यताको लहर बनेर आउँछ

    धर्मनिरपेक्षता र धार्मिक सहिष्णुताले
    जातीय, भाषिक तथा सांस्कृतिक विविधताले र
    भौगोलिक बनोटले विश्वमै एक पहिचान बनाएको
    मेरो प्यारो देशमा आजभोलि
    हिन्दुराष्ट्र, मगरात
    लिम्बुवान र खम्बुवान राष्ट्रको माग गर्दै
    सडकमा नारा, जुलुस र ऱ्यालीमा भागदौड गरिरहेका छन्

    जता हेऱ्यो त्यतै
    अस्तव्यस्त, अलपत्र र अन्धाधुन्ध छ
    सामाजिक विभेद र राजनीतिक द्वन्द्व पनि उस्तै
    आर्थिक परनिर्भरताले देशको अर्थतन्त्र धरापमा
    मजबुत नीति र नियम भएर पनि नहुने रै’छ
    कार्यन्वयन पक्ष फितलो र लचिलो भएपछि

    प्रकृति, प्राकृतिक प्रकोप र बिपत्बाट जोगिन
    प्रकोपको पूर्वानुमान र बिपत व्यवस्थापनमा
    नयाँ समिति त पक्कै फेरिन्छन्
    तर हिउँदको चिसो र शीतलहरको सामना गर्ने
    कम्बल पुरानै
    बर्खाको बाढीले बगाउने टहरा खेतबारी
    पहिरोले पुरिदिने घर, गोठ, बुकुरो र छहारी पुरानै
    झरी पर्दा ओत लाग्ने छाता पुरानै
    खडेरीमा डढेलो र आगलागीको सामना गर्ने
    अग्निपीडितको कथा पुरानै
    तर पनि फेरियो नयाँ साल
    पुरानै छ देशको हाल

    गाउँदेखि सदरमुकाम
    सदरमुकामदेखि राजधानी जोड्ने
    सडक, मोटरबाटो
    हाइवेहरुले मर्मत सम्भार
    तथा निर्माणका कार्य परियोजनाको शीर्षकमा
    नयाँ नयाँ समिति र अर्बौं बजेट पनि पाए
    दिन, महिना र नयाँ वर्ष उदाए
    तर दामअनुसार काम
    अनि कामअनुसार परिणाम नहुँदा
    हात लाग्यो शून्यझैँ पुरानै नतिजा आए
    जसको परिणामस्वरूप
    हरेक वर्ष त्रिशुलीमा सवारी खसेको
    पीडा उस्तै छ
    उता गन्तव्यमै पुग्नको लागि
    नारायणगढ–मुग्लिन सडकखण्डमा
    दैनिकी एघार/बाह्र घण्टा जाममा
    बसेको पीडा उस्तै छ
    आम नागरिक र सर्वसाधारण जनताको
    गुनासो सुन्नुको साटो
    कानमा तेल हाली बहिरो हुन खोज्ने
    आँखामा पट्टी बाधेर अन्धो हुन
    अनि मुखमा सुपरग्लु जमाएर
    लठ्यौरो बन्न खोज्ने
    सरकार, शासकीय शक्ति र शासकको टेक्निक थरीथरीका
    त्यस्तै गर्दागर्दै
    साल फेरियो तर
    शासक र शोषकको जनता झुक्याउने चाल फेरिएन

    हिजो इतिहासदेखि नै
    धर्मनिरपेक्षता र धार्मिक सहिष्णुता
    बहुजाति, बहुभाषिक तथा बहुसांस्कृतिक विविधता र
    भौगोलिक बनोटले विश्वमै अलग पहिचान बनाएको
    हाम्रो प्यारो देशमा आजभोलि
    कोहीले हिन्दु राष्ट्र
    कोहीले मगरात राज्य
    कोही भने लिम्बुवान र खम्बुवान राज्यको माग गर्दै
    सडकमा नारा, जुलुस र र्यालीमा भागदौड गरिरहेका छन्
    यसरी जातिवाद र नातावादले निम्त्याएको
    आन्तरिक द्वन्द्व, सामाजिक विभेद र
    आसमानताको खाडल उस्तै छ
    विकृति, विसङ्गति, दुर्व्यसनीको ताल उस्तै
    चोरी, डकैती र लुटपाटको जञ्जाल उस्तै
    दिनानुदिन बढ्दै छन्
    हत्या, हिंसा र बलात्कारजस्ता
    जघन्य अपराधले सिमा नाघ्दैछ
    सायद यही भएर हो कि
    आफैभित्र गौतम बुद्धको देश भन्न पनि असहज लाग्दैछ
    तर पनि उहीँ हो हाम्रो देश
    फेरिएको मात्र परिवेश
    फेरि पनि साल फेरियो
    तर देशको अवस्था र हाहाकाल कहिल्यै फेरिएन

    घोकन्ते पढाइ पढ्ने
    कसरी अघि बढ्ने
    न त पढाइअनुकूल काम दिन्छ सरकार
    न त कामअनुसारको दाम नै
    योग्यता, दक्षता र क्षमताले मूल्य पाउथ्यो भने
    सत्ता र शक्तिमा आफ्नो मान्छे कोही छैन भन्दै
    भौतारिनुपर्ने नै थिएन
    आत्मनिर्भर बन्ने आँट लिदै
    फरक योग्यता बनाएकालाई
    सरकारले निराशाभन्दा अरू केही दिएन
    योग्यता नभएको नि हैन तर
    स्वरोजगार हुने वातावरण नै छैन
    त्यसैले यो देशमा माटोको सुगन्ध थाहा हुन नपाउँदै
    रोजगारीका साथै
    बैज्ञानिक, व्यावहारिक, आधुनिक
    र उच्च शिक्षाप्राप्तिको साथै रोजगारीका लागि
    सुन्दर भविष्यको मिठो सपना र दिगो लक्ष्य तय गरी
    आँखामा सजाइएका ती रङ्गीन आकाङ्क्षालाई पूरा गर्न
    हरेक दिन युवा पिँढी
    परदेशी भूमितर्फ उड्नुपर्ने
    यो कस्तो विडम्बना ?
    सङ्घर्ष र कडा परिश्रमले निर्माण गरिएका
    जिन्दगीका सुन्दर बगैँचामा फुल्न नपाउँदै
    बिरानो माटो अनि आधी बाटोमै
    कोपिलामै लुछिनु र चुडिनुपर्ने
    यो कस्तो विडम्बना?
    उस्तै छ देश
    कहालीलाग्दो परिवेश
    तर देशको शृङ्गार फेरिनुभन्दा पहिल्यै
    नयाँ साल फेरिएको छ

    जसरी विभिन्न उतारचढावको बाबजुद
    नयाँ पालुवा र नयाँ उमङ्ग
    नयाँ सोच र नयाँ जोससँग
    वर्ष फेरिएको छ
    साल फेरिएको छ
    त्यसरी नै २०८२ सालमा

    जनताले जनमुखी नेता पाओस्
    विकेन्द्रीकरण शासन आओस्
    जनसहभागितामूलक विकास होस्
    कुशल प्रशासन सञ्चालन गर्ने विधि
    उच्च अनुशासन कायम राख्ने नीतिका साथै
    मुलुकमा सुशासनको प्रत्याभूति दिलाउने
    नवसंयन्त्र र प्रविधि रहोस्

    दीनदुखी, निर्बल र निमुखाको दैनिकी फेरियोस्
    जनताको माग, आवश्यकता र समस्यालाई हेरियोस्
    निर्दोषलाई फसाद, अन्याय, सास्ती
    र बर्खास्त गर्ने प्रणाली फेरियोस्
    दोषीलाई संरक्षण, सहायता
    र प्रोत्साहित गरी दर्खास्त गर्ने
    हालीमुहाली फेरियोस्

    आँखाभरी आँसु, निधारमा टीका
    गलामा रङ्गिचङ्गी खादा र काँधमा नेपालको झन्डा बोकी
    विदेशिनुपर्ने बाध्यता नआउन् सकेसम्म
    स्वदेशमै बसी केही गर्छु भन्नेहरुले
    यही देशको माटोमै सुनौलो अवसर पाउन् सकेसम्म

    पिछडिएको क्षेत्र, लिङ्ग, जाति
    वर्ग र समुदायको उत्थान र विकास होस्
    ज्येष्ठ नागरिक, बालबालिकाका साथै
    महिलाको सशक्तीकरण र निकास होस्

    मजदुरलाई मुक्ति मिलोस्
    निर्बललाई आँट, हिम्मत र शक्ति मिलोस्
    उत्पीडितले न्याय अनि पीडकलाई सजाय होस्
    कृषकको मुहारमा कान्ति छाओस्
    निराशाजति आशमा परिवर्तन हुँदै जाउन्

    प्रत्येकको मनले सन्तुष्टि र शान्तिको अनुभुति पाओस्

    पीडित शिक्षक तथा कर्मचारीको माग
    सम्बोधन होस्
    अधिकारप्राप्तिका लागि लड्नेको
    कहिल्यै अपमान नहोस्
    पीडितको आँगनमा न्यायको बत्ती बलोस्
    शोषण र सबै खाले उत्पीडनको साम्राज्य नै ढलोस्
    महिला हिंसा, लैङ्गिक असमानता
    र सामाजिक विभेदको अन्त्य होस्
    जब सभ्य समाज, समृद्ध राष्ट्र
    र सामाजिक न्यायमा आधारित
    शासन प्रणालीको उदय हुनेछ
    तब मनाउँला
    खुसी र हर्षका दिन
    सालैपिच्छे फेरिने नयाँ वर्षको दिन

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.