• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

तयार भयो काठमाडौँकेन्द्रित आन्दोलनको कार्यतालिका


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित कार्यक्रमको कार्यतालिका तयार भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

    महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीद्वारा वितरित पत्रकार सम्मेलनमा मिति, कार्यक्रम स्थल र प्रमुख वक्ताको बारेमा जानकारी दिइएको छ ।

    पत्रकार भेटघाट कार्यक्रम दुर्गा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यतालिकाअनुसार पहिलो दिन चैत २४ गते शान्तिवाटिकामा दिउसो २ बजे उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ । यहाँको सभालाई राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुनेछ ।

    दोस्रो दिन चैत २५ गते दिउसो २ बजे चाबहिल चोकमा सभा सम्पन्न हुनेछ । सो सभालाई राजमो नेता बोमबहादुर खत्रीले सम्बोधन गर्नुहुनेछ ।

    तेस्रो दिन चैत २६ गते दिउसो २ बजेको कार्यक्रम माइतीघर मण्डलामा सम्पन्न हुनेछ । यहाँको सभालाई महासचिव मनोज भट्टले सम्बोधन गर्नुहुनेछ ।

    चौथो दिन चैत २७ गते गोङ्गबुचोकमा दिउसो २ बजे नै सम्पन्न हुने कोणसभालाई नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले सम्बोधन गर्नुहुने छ ।

    पाँचौँ दिन चैत २८ गतेको दिउसो २ बजेको कार्यक्रम न्यूरोड भूगोलपार्कमा सम्पन्न हुनेछ । सो सभालाई राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले सम्बोधन गर्नुहुनेछ ।

    छैटौँदिन चैत २९ गतेको कार्यक्रम दिउसो २ बजे भृकुटीमण्डपमा सम्पन्न हुनेछ । यहाँको सभालाई केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्नुहुनेछ ।

    सातौँ दिन अर्थात् अन्तिम दिनको कार्यक्रम चैत ३० गते शान्तिवाटिकामा नै सम्पन्न हुनेछ । यहाँको सभालाई राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुनेछ ।

    महासचिव मनोज भट्टका अनुसार मूल कार्यक्रमका अतिरिक्त जुलससहित विभिन्न स्थानमा कोणसभा सम्पन्न हुनेछन् । सभालाई प्रमुख वक्ताका अतिरिक्त अन्य वक्ताले पनि सम्बोधन गर्नुहुनेछ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

    सर्वप्रथम राष्ट्रिय जनमोर्चाले आज मिति २०८१ चैत २२ गते काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी सम्पूर्ण पत्रकारलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले यही चैत २४ देखि ३० गतेसम्म आह्वान गरेको सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनको विस्तृत कार्यक्रम सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ । मुलुकको तात्कालिक राजनीतिसम्बन्धी पार्टीको धारणा र राजधानीकेन्द्रित आन्दोलनको विस्तृत कार्यक्रम निम्नअनुसार रहेको छ :

    १. हाम्रो पार्टीले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीताको खारेजीका पक्षमा लगातार आन्दोलन र सङ्घर्ष गर्दै आएको छ । २०८१ असोज १ र २ गते बुटवलमा सम्पन्न भएको पार्टीको राष्ट्रिय परिषद्को बैठकले गणतन्त्र र राष्ट्रियताको रक्षाका पक्षमा सङ्घर्षलाई कायम राख्दै सङ्घीयताको खारेजीका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न मङ्सिरदेखि नै पार्टीले आन्तरिक र बाह्य तयारीका कैयौँ साङ्गठनिक तथा प्रचारात्मक कार्यक्रम सार्वजनिक गरेको थियो । ती कार्यक्रम भव्यताका साथ सफल भएका छन् । त्यसले राजधानीकेन्द्रित आन्दोलनको तयारीका लागि महत्त्वपूर्ण काम गरेको छ ।

    २. राष्ट्रिय परिषद्को बैठकले “सङ्घीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन सफल पारौँ” भन्ने नारा अगाडि सारेको थियो । फागुन ७ गते पूर्व राजाले गणतन्त्रलाई खतम गरेर राजतन्त्रलाई पुनर्स्थापना गर्ने कुनियतले जारी गरेको भिडियो सन्देश, फागुन २५ गते पूर्व राजाको पक्षमा आयोजना गरिएको कथित स्वागत कार्यक्रम तथा राजाको निर्देशन तथा योजनामा चैत १५ गते घटाइएको हिंसात्मक घटनालाई मध्यनजर गरी मुलुकमा प्रतिगमनको खतरा गम्भीर रूपमा देखा परेका कारण हाम्रो पार्टीले “गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” भन्ने मूल नाराअन्तर्गत राजधानीकेन्द्रित आन्दोलनलाई सञ्चालन गर्ने निर्णयमा पुगेका छौँ । त्यसैले गणतन्त्र तथा राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि आह्वान गरिएको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न सम्पूर्ण जनसमुदायसँग अपिल गर्दछौँ ।

    ३. गणतन्त्र स्थापनाको लागि नेपाली जनताको झन्डै झन्डै एक शताब्दी लामो सङ्घर्ष गरेको इतिहास रहेको छ । मुलुकमा कायम गणतन्त्रलाई खतम पार्न देशीविदेशी प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिले विभिन्न प्रकारका षड्यन्त्र गर्दै आएका छन् । राजावादीको चैत १५ गतेको हिंसात्मक क्रियाकलाप त्यसैको पछिल्लो कडी हो । राजतन्त्रको पुनर्स्थापनाका लागि विदेशी शक्तिको आडमा देखिएको राजावादी गतिविधि तथा षड्यन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि सम्पूर्ण गणतन्त्रवादी शक्तिका बिच प्रतिगमनका विरुद्ध सहकार्यको आवश्यकता हाम्रो पार्टीले जोड दिन्छ ।

    ४. सङ्घीयताका कारण गणतन्त्र तथा राष्ट्रियता माथिसमेत गम्भीर रूपले नकारात्मक असर पुगिरहेको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि सङ्घीयतालाई खारेज गर्नुपर्ने आवश्यक छ । सङ्घीयताका कारण केन्द्रसहित सातओटा प्रदेशमा खडा गरिएका सरकार र संसद्लाई सञ्चालन गर्न विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासहित आन्तरिक रूपमा ठुलो पैमानामा ऋण लिनु परिरहेको छ । सङ्घीयता धान्नकै लागि जनतामाथि अनावश्यक कर लादिएको छ, जसको परिणाम गणतन्त्रप्रति जनतामा वितृष्णा फैलिरहेको छ । नेपालजस्तो आर्थिक रूपले कमजोर मुलुक अझ त्यसमा सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार अचाक्ली बढेर गएको छ । देशले केन्द्रीय सरकार चलाउन नै आर्थिक रूपले सङ्कटको सामना गरिरहनुपरेको स्थिति छ । कमजोर आर्थिक अवस्थाका कारण प्रदेश सरकार पूर्णतयाः केन्द्रीय अनुदानमाथि आश्रित छन् । कुनै पनि प्रदेश आÇनै स्रोतसाधनको बलमा टिक्न सक्ने अवस्था छैन । त्यसैले प्रदेशको शासकीय स्वरूपलाई खारेज गर्नुपर्ने तथा जिल्ला र केन्द्रको बिचमा समन्वयका लागि प्रादेशिक स्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ । सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरूपलाई खारेज गरेर स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाएर लैजानुपर्दछ ।

    ५. राजावादी शक्तिले राजतन्त्रको पुनर्स्थापनाका लागि सङ्घीयताको खारेजीको विषय उठाइरहेका छन् । हामीले सुरुदेखि नै सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्दै आएका छौँ यद्यपि राजावादीले सङ्घीयताको खारेजीको नारा दिएतापनि त्यो नाराको आडमा उनीहरूले एकात्मक तथा सामन्ती केन्द्रीकृत राज्य कायम गर्ने र राजतन्त्रको पुनर्स्थापना गर्ने जनविरोधी उद्देश्यसँग जोडिएको छ । हाम्रो पार्टीले सङ्घीयताको खारेजीमा जोड दिनुको पछाडि गणतन्त्र तथा राष्ट्रियताको रक्षा केन्द्रीकृत एकात्मक सामन्ती राज्यको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियतामाथि आधारित एकात्मक प्रणाली कायम गर्ने प्रगतिशील उद्देश्यले काम गरेको छ ।

    ६. मुलुकको राष्ट्रियतामाथि झन्पछि झन् खतरा गम्भीर रूपले बढ्दै गइरहेको छ । विभिन्न साम्राज्यवादी मुलुकले नेपाललाई विदेशीको रणभूमिको रूपमा प्रयोग गर्न खोजिरहेका छन् । एकातर्फ भारतीय अर्कातर्फ अमेरिकनसहित पश्चिमा साम्राज्यवादी शक्तिले नेपालको राष्ट्रियताका विरुद्ध विभिन्न खाले षड्यन्त्र गरिरहेका छन् । ती षड्यन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्न सकिने हाम्रो दृढ मत छ ।

    ७. गणतन्त्र तथा राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजीका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनको दौरान हामीले शान्तिपूर्ण तबरले जनपरिचालनमा जोड दिनेछौँ । त्यही नीतिअन्तर्गत राजधानीका विभिन्न स्थानमा प्रत्येक दिन जुलुस प्रदर्शन, सभा, सांकृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिनेछ । राजधानीका प्रमुख स्थानमा गरिने सभा र उक्त सभालाई सम्बोधन गर्ने प्रमुख वक्तासहितको कार्यक्रमको विवरणसमेत यसै प्रेसवक्तव्य मार्फत सार्वजनिक गर्दछौँ ।
    उपर्युक्त कार्यक्रमलाई सफल पार्न पुनः हामीले एकपटक नेपाली जनतासँग हार्दिक अपिल गर्दछौँ ।

    सभा हुने स्थान, मिति, समय र प्रमुख वक्ता यस प्रकार छन् :

    सभा हुने स्थान              मिति                        समय                  प्रमुख वक्ता

    शान्तिवाटिका, रत्नपार्क     २०८१ चैत २४ गते     दिउसो २ बजे      चित्रबहादुर केसी, अध्यक्ष राजमो

    चाबहिल चौक                  २०८१ चैत २५ गते     दिउसो २ बजे       बोमबहादुर खत्री, राजमो नेता

    माइतीघर मण्डला            २०८१ चैत २६ गते     दिउसो २ बजे       मनोज भट्ट, महासचिव

    गोंगबु चौक                      २०८१ चैत २७ गते     दिउसो २ बजे       तिलक जिसी, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता

    न्यूरोड, भूगोलपार्क           २०८१ चैत २८ गते     दिउसो २ बजे       आनन्द शर्मा, सल्लाहकार राजमो

    भृकुटीमण्डप                   २०८१ चैत २९ गते     दिउसो २ बजे        दुर्गा पौडेल, उपाध्यक्ष राजमो

    शान्तिवािीका, रत्नपार्क      २०८१ चैत ३० गते     दिउसो २ बजे        चित्रबहादुर केसी, अध्यक्ष राजमो

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.