• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

शिक्षकको अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन भोलिदेखि, आन्दोलन सभ्य बनाउन परिपत्र


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घले भोलि चैत २० गतेदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    महासङ्घको राष्ट्रिय समितिले २०८१ चैत १९ गते मङ्गलबार जारी गरेको प्रेसविज्ञप्तिमार्फत् सो जानकारी दिइएको हो ।

    यस अवधिमा महासङ्घले ‘काठमाडौँ जाऔँ’ अभियान सञ्चालन गर्ने जानकारी पनि दिएको छ ।

    महासङ्घको राष्ट्रिय समितिले जारी गरेको परिपत्रअनुसार भोलिदेखि सुरु हुने तेस्रो चरणको आन्दोलनको पहिलो दिन चैत २० गतेको कार्यक्रम दिउसो १ बजेदेखि ४ बजेसम्म माइतीघर मण्डलादेखि बानेश्वर खण्डको एभरेस्ट होटेलसम्म धर्ना दिइनेछ भने त्यसपछि चैत २१ गतेयताका कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म सोही स्थानमा चल्नेछ ।

    धर्ना कार्यक्रममा उपस्थितिका लागि महासङ्घले प्रदेशगत हिसाबले स्थान तोकेको छ । त्यसअनुसार बागमती कोशी प्रदेशका शिक्षक माइतीघर मण्डलातिरबाट धर्नामा बस्नुहुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशका शिक्षक नयाँबानेश्वर एभरेस्ट होटेलतर्फबाट बस्नुहुनेछ ।

    त्यस्तै, बिच भागमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका शिक्षकहरू धर्नामा बस्नुहुनेछ ।

    आन्दोलनमा सहभागी शिक्षक–कर्मचारीका लागि तोकिएको पोसाक र विद्यालयको परिचयपत्र अनिवार्य गरिएको छ ।

    आन्दोलनलाई सभ्य बनाउन आन्दोलन परिसरमा बोटबिरुवा, दुबो, ट्राफिक डिभाइडर तथा अन्य भौतिक वस्तुको सुरक्षा आफैले गर्ने, आफूले खाएको पानीको बोटल, खाजा खाँदालगायतको फोहर डस्टबिनमा फाल्ने तथा कुनै पनि खालको कागज, प्लास्टिक वा अन्य प्रकारको फोहर नफाल्न परिपत्र नै जारी गरिएको छ ।

    प्रेसविज्ञप्ति र परिपत्रमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको हस्ताक्षर रहेको छ ।

    माघ २० गतेबाट आन्दोलनमा रहेको महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलन गरेको थियो भने फागुन २४ गते काठमाडौँमा जुलुस तथा विरोध सभा गरेको थियो ।

    त्यसैगरी, दोस्रो चरणको आन्दोलन फागुन २७ गतेबाट चैत ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना, चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन बसेको थियो ।

    “शिक्षक महासङ्घ र सरकारबिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो” महासङ्घको विज्ञप्तिमा भनिएको छ– “यो उद्देश्यप्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ ।”

    यो आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको नभएर यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको महासङ्घको दाबी छ ।

    आन्दोलनमा स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयलगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागिता रहने महासङ्घले जानकारी दिएको छ ।

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.