• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या हो : बुढा (भिडियो अन्तर्वार्ता)


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले कम्युनिस्ट पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या भएको दाबी गर्नुभएको छ ।

    २०८१ चैत १७ गते आइतबार युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्मालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो  अभिव्यक्ति दिनुभएको हो ।

    युगदर्शनले राजनीतिक पार्टीहरूले कलाकारलाई शोषण गर्छन् भन्ने एकथरीको जिज्ञासाको जबाफमा उहाँले भन्नुभयो– ‘पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या हो ।’

    सही विचारको आधारमा कम्युनिस्ट पार्टीमा योगदान दिनकै लागि सयौँ कलाकर्मीहरू रक्तिममा क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    ‘हामीले प्राप्त गरेका छैनौँ, दिनका लागि आउने हो मैदानमा’ उहाँले भन्नुभयो–’देशको लागि, क्रान्तिको लागि, परिवर्तनको लागि दिने भनेर आउने साथीहरूले शोषणको महसुस गर्नुभएन ।’

    रक्तिम प्रगतिवादी सांस्कृतिक आन्दोलनको मातृ सङ्गठनजस्तो भए पनि कलाकारहरू किन टिकेनन् भन्ने हाम्रो प्र्रश्नको जवाफमा उहाँले भन्नुभयो–’पहिलो कुरा वैचारिक समस्या हो, रक्तिममा टिक्न नसक्नुका पछाडि । अर्को कुरा यहाँको सामाजिक परिस्थितिले पनि रक्तिमका कलाकारलाई टिक्न गाह्रो भइरहेको छ ।’

    युगदर्शन मिडियाले अध्यक्ष बुढासँग नेपालमा लागु गर्ने प्रयास भइरहेको सङ्घीयताबारे प्रश्न गर्दा उहाँको जबाफ थियो–’जनता सङ्घीयताप्रति असन्तुष्ट छन् ।’

    हामीले उहाँसँग सोधेका थियौँ, अरू राजनीतिक पार्टीले त सङ्घीयताबाट देशको राष्ट्रियता बलियो हुन्छ, आर्थिक रूपमा सबल हुन्छ, जातजातिमाझको सामाजिक एकता बलियो हुन्छ तर तपाईंहरूको सङ्घीयताप्रतिको विरोध किन ?

    उत्तरमा उहाँले भन्नुभयो–’सङ्घीयताबारे राजनीतिक शक्तिहरूले जुन कुरा बोलिरहेका छन्, त्यो उनीहरूको आफ्नो भनाइ होइन, शक्तिकेन्द्रले बोल्न लगाएको हो ।’

    उहाँले राष्ट्रिय जनमोर्चाले चैत २४ देखि काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेकोमा त्यो कार्यक्रममा रक्तिमले पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको बताउनुभयो ।

    उहाँको भनाइ थियो–’त्यो आन्दोलनमा ऊर्जा, उत्साह, सास वा प्राण भर्नका लागि रक्तिमले भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको छ ।’

    उहाँले ‘यो देशमा सङ्घीयता किन चाहियो जनतालाई लडाउने खालको’ भनेर नयाँ गीत हालै मात्र प्रकाशनमा ल्याएको जानकारी दिनुभयो ।

    अध्यक्ष बुढाको भनाइ थियो– ‘हामीले किन चाहियो सङ्घीयता जनता लडाउने, एउटै संसार काफी छ देश बनाउने भावको गीत प्रकाशन गरेका छौँ ।’

    सङ्घीयताअनुसार राज्यको पुनर्संरचना गर्दा बुढाको गृहजिल्ला रुकुमलाई टुक्राइएको विषयमा उहाँसित प्रश्न राख्दा उहाँले त्यसका पछाडि मुट्ठीभर नेताको स्वार्थका कारणले त्यसो गरिएको दाबी गर्नुभयो ।

    ‘रुकुमलाई जसरी टुक्राइयो, त्यो आवश्यकताको आधारमा होइन, केही मुट्ठीभर नेताहरूले आफ्नो स्वार्थपूर्ति गर्न नै टुक्राएका हुन्’ उहाँको भनाइ थियो ।

    अन्तर्वार्ताको क्रममा उहाँले रक्तिम नेपालको सन्दर्भमा छुट्टै पहिचान बोकेको सांस्कृतिक सङ्गठन भएको दाबी गर्नुभयो ।

    ‘रक्तिमले सङ्घीयता र अन्य विकृति–विसङ्गति विरुद्ध जनतालाई सुसूचित गर्ने हिसाबले गीतसङ्गीत निर्माण गर्दै आएको छ’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा हामीले नयाँ नयाँ गीत, नाटक सिर्जना गर्नेजस्ता कुरामा ध्यान दिनुपर्दछ भन्ने लागेको छ ।’

    अध्यक्ष बुढाले देशमा बढ्दै गइरहेको राजावादी खतरालाई हल्का रूपमा लिन नहुने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘कतिपयमा हामी देखिरहेका छौँ, राजावादी खतरालाई कमजोर आँकलन गर्ने, यसलाई उपेक्षा गर्ने तर त्यो गल्ती गर्नुहुन्न ।’

    चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे सोधिएको प्रश्नमा उहाँको जबाफ थियो– ‘जहाँसम्म चैत १५ गतेको राजावादीको आन्दोलनको स्वरूप थियो, त्यो घृणित प्रकारको थियो । अत्यन्त अशोभनीय प्रकारको, एकदम तल्लो स्तरको राजनीतिक कार्यक्रमजस्तो हामीलाई महसुस भइरहेको छ ।’

    अध्यक्ष बुढा आफूले रक्तिम सांस्कृतिक अभियानका गीतसङ्गीत सुन्दै गर्दा यो कुन राजनीतिक दलबाट प्रभावित गीतसङ्गीत हो भन्ने कुरा खोज्दै गएको र सोही क्रममा रक्तिम नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सम्बन्धित गीतसङ्गीत हो भन्ने थाहा भएपछि मसालको राजनीतिप्रति आकर्षित भएको खुलासा गर्नुभयो ।

    प्रगतिवादी साहित्यकारसमेत रहनुभएका बुढाले आफ्नो साहित्यिक यात्रा भने कविता, कथालेखनबाट नै सुरु भएको जानकारी दिनुभयो ।

    साहित्यको सम्बन्ध सांस्कृतिक क्षेत्रसँग रहेको र यसरी साहित्य र कला एकआपसमा सम्बन्धित रहेको धारणा उहाँको थियो ।

    रक्तिममा सक्रिय रहँदा आफ्नो लेखनयात्रामा केही प्रभाव परे पनि उहाँले त्यो कुनै ठुलो समस्या नभएको बताउनुभयो ।

    ‘इच्छाशक्ति भएमा यो कुनै ठुलो समस्या होइन । रक्तिमका गतिविधिबाट मलाई प्लस प्वाइन्ट नै मिलेको छ’ उहाँको भनाइ थियो ।

    (बुढासँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ)

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.