• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या हो : बुढा (भिडियो अन्तर्वार्ता)


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले कम्युनिस्ट पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या भएको दाबी गर्नुभएको छ ।

    २०८१ चैत १७ गते आइतबार युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्मालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो  अभिव्यक्ति दिनुभएको हो ।

    युगदर्शनले राजनीतिक पार्टीहरूले कलाकारलाई शोषण गर्छन् भन्ने एकथरीको जिज्ञासाको जबाफमा उहाँले भन्नुभयो– ‘पार्टीले कलाकारलाई शोषण गर्छ भन्नु वैचारिक समस्या हो ।’

    सही विचारको आधारमा कम्युनिस्ट पार्टीमा योगदान दिनकै लागि सयौँ कलाकर्मीहरू रक्तिममा क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    ‘हामीले प्राप्त गरेका छैनौँ, दिनका लागि आउने हो मैदानमा’ उहाँले भन्नुभयो–’देशको लागि, क्रान्तिको लागि, परिवर्तनको लागि दिने भनेर आउने साथीहरूले शोषणको महसुस गर्नुभएन ।’

    रक्तिम प्रगतिवादी सांस्कृतिक आन्दोलनको मातृ सङ्गठनजस्तो भए पनि कलाकारहरू किन टिकेनन् भन्ने हाम्रो प्र्रश्नको जवाफमा उहाँले भन्नुभयो–’पहिलो कुरा वैचारिक समस्या हो, रक्तिममा टिक्न नसक्नुका पछाडि । अर्को कुरा यहाँको सामाजिक परिस्थितिले पनि रक्तिमका कलाकारलाई टिक्न गाह्रो भइरहेको छ ।’

    युगदर्शन मिडियाले अध्यक्ष बुढासँग नेपालमा लागु गर्ने प्रयास भइरहेको सङ्घीयताबारे प्रश्न गर्दा उहाँको जबाफ थियो–’जनता सङ्घीयताप्रति असन्तुष्ट छन् ।’

    हामीले उहाँसँग सोधेका थियौँ, अरू राजनीतिक पार्टीले त सङ्घीयताबाट देशको राष्ट्रियता बलियो हुन्छ, आर्थिक रूपमा सबल हुन्छ, जातजातिमाझको सामाजिक एकता बलियो हुन्छ तर तपाईंहरूको सङ्घीयताप्रतिको विरोध किन ?

    उत्तरमा उहाँले भन्नुभयो–’सङ्घीयताबारे राजनीतिक शक्तिहरूले जुन कुरा बोलिरहेका छन्, त्यो उनीहरूको आफ्नो भनाइ होइन, शक्तिकेन्द्रले बोल्न लगाएको हो ।’

    उहाँले राष्ट्रिय जनमोर्चाले चैत २४ देखि काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेकोमा त्यो कार्यक्रममा रक्तिमले पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको बताउनुभयो ।

    उहाँको भनाइ थियो–’त्यो आन्दोलनमा ऊर्जा, उत्साह, सास वा प्राण भर्नका लागि रक्तिमले भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको छ ।’

    उहाँले ‘यो देशमा सङ्घीयता किन चाहियो जनतालाई लडाउने खालको’ भनेर नयाँ गीत हालै मात्र प्रकाशनमा ल्याएको जानकारी दिनुभयो ।

    अध्यक्ष बुढाको भनाइ थियो– ‘हामीले किन चाहियो सङ्घीयता जनता लडाउने, एउटै संसार काफी छ देश बनाउने भावको गीत प्रकाशन गरेका छौँ ।’

    सङ्घीयताअनुसार राज्यको पुनर्संरचना गर्दा बुढाको गृहजिल्ला रुकुमलाई टुक्राइएको विषयमा उहाँसित प्रश्न राख्दा उहाँले त्यसका पछाडि मुट्ठीभर नेताको स्वार्थका कारणले त्यसो गरिएको दाबी गर्नुभयो ।

    ‘रुकुमलाई जसरी टुक्राइयो, त्यो आवश्यकताको आधारमा होइन, केही मुट्ठीभर नेताहरूले आफ्नो स्वार्थपूर्ति गर्न नै टुक्राएका हुन्’ उहाँको भनाइ थियो ।

    अन्तर्वार्ताको क्रममा उहाँले रक्तिम नेपालको सन्दर्भमा छुट्टै पहिचान बोकेको सांस्कृतिक सङ्गठन भएको दाबी गर्नुभयो ।

    ‘रक्तिमले सङ्घीयता र अन्य विकृति–विसङ्गति विरुद्ध जनतालाई सुसूचित गर्ने हिसाबले गीतसङ्गीत निर्माण गर्दै आएको छ’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा हामीले नयाँ नयाँ गीत, नाटक सिर्जना गर्नेजस्ता कुरामा ध्यान दिनुपर्दछ भन्ने लागेको छ ।’

    अध्यक्ष बुढाले देशमा बढ्दै गइरहेको राजावादी खतरालाई हल्का रूपमा लिन नहुने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘कतिपयमा हामी देखिरहेका छौँ, राजावादी खतरालाई कमजोर आँकलन गर्ने, यसलाई उपेक्षा गर्ने तर त्यो गल्ती गर्नुहुन्न ।’

    चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे सोधिएको प्रश्नमा उहाँको जबाफ थियो– ‘जहाँसम्म चैत १५ गतेको राजावादीको आन्दोलनको स्वरूप थियो, त्यो घृणित प्रकारको थियो । अत्यन्त अशोभनीय प्रकारको, एकदम तल्लो स्तरको राजनीतिक कार्यक्रमजस्तो हामीलाई महसुस भइरहेको छ ।’

    अध्यक्ष बुढा आफूले रक्तिम सांस्कृतिक अभियानका गीतसङ्गीत सुन्दै गर्दा यो कुन राजनीतिक दलबाट प्रभावित गीतसङ्गीत हो भन्ने कुरा खोज्दै गएको र सोही क्रममा रक्तिम नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सम्बन्धित गीतसङ्गीत हो भन्ने थाहा भएपछि मसालको राजनीतिप्रति आकर्षित भएको खुलासा गर्नुभयो ।

    प्रगतिवादी साहित्यकारसमेत रहनुभएका बुढाले आफ्नो साहित्यिक यात्रा भने कविता, कथालेखनबाट नै सुरु भएको जानकारी दिनुभयो ।

    साहित्यको सम्बन्ध सांस्कृतिक क्षेत्रसँग रहेको र यसरी साहित्य र कला एकआपसमा सम्बन्धित रहेको धारणा उहाँको थियो ।

    रक्तिममा सक्रिय रहँदा आफ्नो लेखनयात्रामा केही प्रभाव परे पनि उहाँले त्यो कुनै ठुलो समस्या नभएको बताउनुभयो ।

    ‘इच्छाशक्ति भएमा यो कुनै ठुलो समस्या होइन । रक्तिमका गतिविधिबाट मलाई प्लस प्वाइन्ट नै मिलेको छ’ उहाँको भनाइ थियो ।

    (बुढासँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ)

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.