• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेस कोशी प्रदेशको तेस्रो सम्मेलन सम्पन्न


  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • विराटनगर । प्रगतिशील लेखक सङ्घको तेस्रो कोशी प्रदेश सम्मेलन २०८१ चैत १६ गते मोरङको सलकपुरस्थित सुकुना बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयन गर्दै समापन भएको छ ।

    Advertisement

    प्रलेसका उपाध्यक्ष नमुना शर्माको प्रमुख आतिथ्यमा र तिला लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रलेसका महासचिव डा. देवी दुलाल क्षेत्री र क्यान्सरपीडित साहित्यकार झापाका ज्ञानु बुढाथोकीलाई सम्मान गरिएको थियो ।

    दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित दुवै स्रष्टा लामो समयदेखि प्रलेसमा आबद्ध भएर लेखनकार्यमा संलग्न हुनुहुन्थ्यो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष नमुना शर्माले प्रलेस नेपालका बिचमा अहिले चुनौती थपिएको र गणतन्त्रका विरुद्धमा गलत प्रचार गर्दै समाजलाई भाँड्ने, अनावश्यक प्रचार गर्ने विरुद्धमा प्रलेस मात्र होइन, सिङ्गो समाज नै र गणतन्त्रका पक्षधर एकजुट भएर लाग्नुका साथै कलम चलाएर भ्रमका विरुद्ध उभिनुपर्ने बताउनु भयो ।

    विशिष्ट अतिथि प्रलेसका महासचिव तथा सम्मानित स्रष्टा डा देवी क्षेत्री दुलालले प्रलेसले लेखनमा स्रष्टालाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

    प्रलेस कोशी प्रदेशका उपाध्यक्ष दिनेश थापाको स्वागत मन्तव्य र सहसचिव कविता केशरीको स्वागत गीतबाट सुरु भएको सो कार्यक्रममा प्रलेस केन्द्रीय सदस्यहरू राजेन्द्र सङ्ग्रौला, बोधकुमार घिमिरे, प्राज्ञ खेमराज खनाल, साहित्यकार ईरानराई, प्रलेस राष्ट्रिय परिषद सदस्य केशु कार्की, जनसांस्कृतिक महासङ्घ कोशी प्रदेशका अध्यक्ष जिबी थुलुङ, भरत गुरागाईं बर्बरिक, प्रलेसका पूर्व केन्द्रीय सदस्य हेमनाथ अधिकारी, पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ र राजकुमार ओझा सहभागी हुनुहुन्थ्यो ।

    कार्यक्रममा मोरङका स्रष्टा दीप मङ्ग्राती, प्रदेशसभा सदस्य विद्या चाम्लिङ, तेह्रथुमका स्रस्टा रोशन यात्री, सुनसरीका स्रष्टा मुक्ति पोखरेल, साजन भट्टराई र शेखर थापाले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र सर्वहाराले गर्नुभएको थियो ।

    सम्मेलनले झापाका विन्दु दाहाल मूकदर्शकको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा दिनेश थापा र शान्ति पाख्रिन, सचिवमा रविन कोर्काली, सहसचिवमा कमल भट्टराई र कोषाध्यक्षमा डिल्लीराम परदेशी सर्वसम्मत चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा मोरङका उर्मिला शर्मा रिजाल, हीरा खड्का अधिकारी र यज्ञ परिश्रमी, इलामका विवश बलिभद्र कोइराला, झापाका अमिर बासकोटा अदृश्य, ज्ञानु बुढाथोकी र दिलीप घिमिरे, सुनसरीका टीका मिलन र राजेन्द्र खत्री, धनबहादुर खड्का, उदयपुरका चन्द्रनारायण चौधरी, तेह्रथुमका रोशन यात्री, रामप्रसाद लम्साल, मनिषा आचार्य रहनुभएको छ ।

    (फित्कौली डट कम)

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • २.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ३.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ४.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ५.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ६.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.