• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सरकारले संसद्को क्षेत्राधिकार कुण्ठित गऱ्यो : सांसद विश्वकर्मा


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले संसद्को क्षेत्राधिकार कुण्ठित गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    २०८१ चैत १० गते राष्ट्रियसभाको सत्रौँ अधिवेशनअन्तर्गत बैठक सङ्ख्या १६ मा प्रस्तुत “सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावबारे लिखित मन्तव्य राख्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

    माघ ७ गते संसद् अधिवेशन आह्वान गर्नुभन्दा सात दिनअघि पुस २९ गते भूमि अध्यादेश जारी गरेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    “जम्माजम्मी ७ दिनको अवधिमा सरकार वा मुलुकलाई त्यस्तो कुन सङ्कट आइपऱ्यो र सरकारले अध्यादेश जारी गर्नुपऱ्यो ?” लिखित मन्तव्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो– “त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ ।”

    प्रतिस्थापन विधेयकलाई स्वीकार गर्नुको अर्थ संसद्को क्षेत्राधिकारलाई कुण्ठित गर्नु हुने निष्कर्ष दिइएको सो मन्तव्यको पूर्ण पाठ यस्तो छ :
    १. सुशासन प्रबन्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकको मूल स्रोत जनप्रतिनिधि संस्था नभएर अध्यादेश हो । जनप्रतिनिधिको कानुन निर्माण गर्ने क्षेत्राधिकारलाई अतिक्रमण वा सङ्कुचित गर्ने उद्देश्यद्वारा अध्यादेश ल्याएको हुनाले त्यसबाट सृजित प्रतिस्थापन विधेयकउपरको सैद्धान्तिक छलफललाई अस्वीकार गरेर जानुपर्ने कुरामा हाम्रो दलले जोड दिन्छ ।

    २. सरकारले पुस २९ गते ५ ओटा अध्यादेश जारी गरेको थियो यद्यपि भूमिसम्बन्धी अध्यादेश माघ २ गते मात्र जारी भएको थियो ।

    सरकारले माघ १५ गतेका लागि माघ ७ गते अधिवेशन आह्वान गरेको थियो । जम्माजम्मी ७ दिनको अवधिमा सरकार वा मुलुकलाई त्यस्तो कुन सङ्कट आइपऱ्यो र सरकारले अध्यादेश जारी गर्नुपऱ्यो ? त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ तर सरकारले अध्यादेश जारी गर्नुको आवश्यकता र औचित्यलाई तार्किक ढङ्गबाट पुष्टि गर्न सक्ने अवस्था नै छैन र सकिरहेको पनि छैन । यसको स्वाभाविक तार्किक निष्कर्ष निस्किन्छ कि सरकारले जनप्रतिनिधिको संस्था संसद्लाई छलेर शासन गर्ने उद्देश्यले काम गरेको थियो ।

    ३. प्रतिस्थापन विधेयकउपरको सैद्धान्तिक छलफललाई स्वीकार गर्नुको अर्थ हुन्छ : जनप्रतिनिधि संस्था संसद्को क्षेत्राधिकारलाई कुण्ठित गर्न सरकारलाई प्रोत्साहित गर्नु । त्यसैले प्रतिस्थापन विधेयकउपरको छलफललाई यो राष्ट्रियसभाले अस्वीकार गरेर जानुपर्ने मत राख्दछ ।

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.