• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

प्रलेस मोरङको अध्यक्षमा सुसेली


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • बेलबारी (मोरङ) । प्रगतिशील लेखक सङ्घ नेपाल मोरङको एघारौँ जिल्ला सम्मेलन २०८१ चैत २ गते शनिबार सम्पन्न गरिएको छ ।

    Advertisement

    प्रलेस कोशी प्रदेशकी अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यमा सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचाको सभाकक्षमा सो सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै लेकालीले सबै जना मिलेर खटियो भने मात्र प्रगतिशील लेखनको विकासलाई छिटो विकास गर्न सकिने दाबी गर्नुभयो ।

    सम्मेलनमा मन्तव्य राख्दै निर्वाचन समितिका अध्यक्ष ईरानराईले नेपालका वामपन्थी दलहरू कहिले मिल्ने त कहिले एकार्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै आइरहे तापनि प्रलेसले नेपाली प्रगतिवादी लेखकलाई सधैँ एकै ठाउँ उभ्याएको गर्विलो इतिहासलाई अझ दर्बिलो बनाउने जिम्मेवारी नयाँ समितिको काँधमा आएको बताउनुभयो ।

    कार्यक्रममा क्यान्सरको चौथो चरणको आक्रमणसँग सङ्घर्षरत झापाका प्रलेस ज्ञानु बुढाथोकीजस्ता हिम्मतिलो लेखकले पूर्वी पहाडी जनजीवनको रसिलो चित्रण गरेकाले उपन्यास ‘याङरूप’ पठनयोग्य भएको चर्चा डा. दीपक न्यौपानेले गरेका थिए ।

    सुन्दरहरैँचा, मोरङका निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को १० ओटा निबन्धको सङ्ग्रह ‘विश्वमानव’ प्रमुख अतिथिलगायतले सामूहिक लोकार्पण गर्नुभएको थियो ।

    उक्त कृतिको चर्चा साहित्यकार केशु विरहीले गर्नुभएको थियो ।

    सम्मेलनले निवर्तमान उपाध्यक्ष केराबारी गाउँपालिका निवासी लेखक यज्ञराज सुसेलीको अध्यक्षतामा पछि थप गर्नेगरी तेह्र सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरेको छ ।

    समितिको उपाध्यक्ष देवेन्द्र पौडेल, सचिव नानुमैया दाहाल, सहसचिवमा भवानीप्रसाद पोखरेल र कोषाध्यक्ष शैलेन घिमिरे शैलेन्द्र तथा सदस्यमा सञ्जीव तिम्सिना, भीम कोइराला, उमा गुरागाई, यज्ञ परिश्रमी, शारदा दाहाल भण्डारी, अञ्जली कठैत, दुर्गा खरेल र शान्ता कर्ण रहनुभएको छ ।

    कार्यक्रममा प्रलेस मोरङका पहिलो अध्यक्ष एकराज भट्टराई, पूर्व अध्यक्षहरू मोहन काफ्ले, भानु भण्डारी, आचार्य अ., वरिष्ठ साहित्यकारहरू हर्कमान तामाङ, मेदिनीप्रसाद बराल, हरिहर भण्डारी, मधु पोखरेल, गोपाल निर्भीक तथा साहित्यकारहरू राजेन्द्र सर्वहारा, ओम श्रमिक, शिवनारायण पण्डित सिङ्गल, कविता केसरी, राम खरेल, विमला पोख्रेल, खगिन्द्र खुसी, रमेश निरौला र दीप मङ्ग्रातीको आतिथ्य रहेको थियो ।

    उद्घाटन सत्रको अध्यक्षता तत्कालीन अध्यक्ष विदुर सुवेदी र सञ्चालन सचिव धनजित पराजुलीले गर्नुभएको थिए भने निर्वाचन र घोषणाको सञ्चालन जेबी थुलुङ र मायामितु न्यौपानेले गर्नुभएको थियो ।

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.