नवीन बस्याल ##
Advertisement
युवाविद्यार्थीहरूले देश छोडे खेतबारी बगर भयो ।
सन्तान कोखमा नराख्न सक्ने सरकारको के कदर भयो ।१।
राष्ट्रको अवस्था के हुने हो अन्योल छ जनतामा चिन्ता छ ।
देखाइदियो विस्तारवादले चाकडी गर्दा के असर भयो ।२।
जडीबुटी जलस्रोतको धनी भनिने हाम्रो देश नेपाल ।
बेचुवाहरूले सुक्खा बनाए किन्नेहरूको नहर भयो ।३।
देशमा राजनीति व्यवस्था स्थिर भएन त्यसैले होला ।
सधैँ दलालको हातमा देश र गिद्देदृष्टिको नजर भयो ।४।
दिनहुँ परदेशमा अकाल मृत्यु भयो देशका छोराछोरी ।
हारगुहार गर्दा पनि परिवारले सरकार बेखबर भयो ।५।