काठमाडौँ । रक्तिम सांस्कृति अभियानले आगामी चैत १० गतेदेखि २० सम्म काठमाडौँमा सडक सांस्कृतिक अभियान सञ्चालन गर्ने भएको छ ।
Advertisement
फागुन ७ गते चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैत २४ देखि हुन लागेको संघीयताविरुद्धको काठमाडौँ केन्द्रित आन्दोलनको प्रचार प्रसारका लागि सडक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाको आयोजनामा चैत २४ देखि ३० गतेसम्म संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन हुँदैछ ।
रक्तिम सांस्कृति अभियानका अध्यक्ष गिरिप्रसाद बुढाले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाको आह्वानमा यी चैत २४ देखि ३० सम्म काठमाडौँमा हुन थालेको राजधानी केन्द्रित संघीयता विरोधी आन्दोलनको समर्थनमा रक्तिम सांस्कृतिक अभियानले यो सडक सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।’

