• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने : प्रधानमन्त्री ट्रुडो


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • ओटावा । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताउनुभएको छ ।

    Advertisement

    दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उहाँले नाटकीय स्वरमा भन्नुभयो, ‘क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।’

    पहिलो चरणमा मङ्गलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरूमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरूमा थप भन्सार महसुल लगाइने छ ।

    “हामी निश्चित रूपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरू र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भन्नुभयो, “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरू’ मा भन्सार महसुल लागू हुनेछ ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गर्नुभएको थियो ।

    संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मङ्गलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरूमा १० प्रतिशत कम कर लाग्नेछ ।

    व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरू दुवैका लागि ‘वास्तविक परिणामहरू’ ल्याउने ट्रुडोले बताउनुभयो । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरू सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरू समावेश छन् ।

    हामीलाई विभाजित गर्ने –
    प्रधानमन्त्री ट्रुडोले क्यानाडाले इरान बन्धक सङ्कट र अफगानिस्तान युद्धदेखि हरिकेन क्याट्रिना र हालैका क्यालिफोर्निया डढेलो जस्ता घातक प्राकृतिक प्रकोपहरूसम्म अमेरिकाको ‘अँध्यारो समय’ मा साथ दिएको स्मरण गराउनुभयो ।

    “यदि राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाका लागि नयाँ स्वर्ण युगको सुरुआत गर्न चाहनुहुन्छ भने क्यानाडासँग साझेदारी गर्नु राम्रो बाटो हो, हामीलाई सजाय दिनु होइन । दुर्भाग्यवश आज ह्वाइट हाउसले लिएका कदमहरूले हामीलाई एकजुट गर्नुको साटो विभाजित गरेका छन् ।”

    यसअघि ट्रुडोले प्रान्तीय प्रिमियरहरूसँग परामर्श गर्नुभएको थियो । उनीहरूले प्रत्येकले पछि स्थानीय पसलहरूबाट अमेरिकी मदिरा हटाउने र आफ्ना व्यापारिक सम्बन्धलाई तुरुन्तै विविधीकरण गर्न खोज्ने जस्ता अतिरिक्त कदमहरू चाल्ने बताएका छन् ।

    अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले अमेरिकी भन्सार महसुललाई ‘पारस्परिक विनाशकारी नीति’ भन्दै यसले ‘हाम्रा दुई राष्ट्रबीचको महत्त्वपूर्ण सम्बन्ध र गठबन्धनमा तनाव’ ल्याउने बताउनुभयो ।

    ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अझ अगाडि बढेर अमेरिकी भन्सार महसुललाई ‘हाम्रा देशहरूबीचको ऐतिहासिक बन्धनको पूर्ण विश्वासघात’ भन्नुभयो ।

    ‘यो एक विश्वसनीय सहयोगी र मित्रविरुद्धको आर्थिक युद्धको घोषणा हो’, सम्बन्धमा पर्ने क्षति दीर्घकालीन हुने चेतावनी दिँदै उहाँले भन्नुभयो, “हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ ।”

    यसैबीच ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्डबीचको एनएचएल हकी खेलमा क्षमताभन्दा बढी दर्शकहरूले खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रिय गान गाउँदा विरोध जनाएका थिए ।

     

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.