• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हमासले थप चार इजरायली बन्धकलाई रिहा गर्ने


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • गाजा । गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ ।

    Advertisement

    इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।

    योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन।

    इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।

    कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।

    यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो।

    मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए ।

    महिनौंको निरर्थक वार्तापछि यसलाई सुरक्षित गरेको श्रेय राष्ट्रपति ट्रम्पले दाबी गर्दै आउनुभएको छ ।

    हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भन्नुभएको छ, “कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।”

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले मध्यस्थकर्तामार्फत् नाम प्राप्त भएको पुष्टि गरेको छ ।

    प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्।

    इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेष्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैङ्कमा फर्किनेछन् ।

    इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्यले १५ महिनाको पीडापछि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् ।

    बन्धक बनाइरोद कोहेनकी आमा विक्की कोहेनले छोरीलाई बन्धक बनाएपछिको पीडा व्यक्त गर्दै भन्नुभयो, “यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ ।”

    गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्थे, तर धेरैले आफ्ना घरहरू भएको स्थान भग्नावशेष मात्र भटिएको बताएका छन् ।

    विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भन्नुभयो, “हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन।”

    – तीन चरण –
    युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ ।

    गत आइतबारदेखि सुरु भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।

    बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन् ।

    बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो।

    अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ ।

    सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ ।

    इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो।

    इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.